सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले दशैं, तिहार, नेपाल सम्बत् र छठको अवसरमा असोज २९ गते वृहत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
पार्टी एकता अघि तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले छुट्टाछुट्टै रूपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए। हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो।