Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

अमेरिकाका ४० बढी ठूला सहरमा कर्फ्यु, राष्ट्रपति डोनल्ड ट्रम्पलाई भूमिगत बंकरमा लगियो

by पत्रपत्रिकाबाट
June 1, 2020
- समाचार
अमेरिकाका ४० बढी ठूला सहरमा कर्फ्यु, राष्ट्रपति डोनल्ड ट्रम्पलाई भूमिगत बंकरमा लगियो
Share on FacebookShare on TwitterEmail

कोरोना भाइरसको संकटका बीच वासिङटन, लस एन्जलस र ह्युस्टनसहित अमेरिकाका कम्तीमा ४० ठूला सहरमा हिंसा भडकिएपछि कर्फ्यु लगाइएको छ। ६ दिनदेखि जारी नश्लभेद विरोधी प्रदर्शन हुँदै गर्दा हिंसा भड्किएको हो।

मिनेपोलिसमा एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लायड नामका अश्वेत व्यक्तिको गर्धन घुँडाले थिचेको भिडियो भाइरल भएपछि अमेरिकीहरु आक्रोशित भएका हुन्। घटनाको केही मिनेटमै जर्ज फ्लायडको मृत्यु भएको थियो।यसपछि लगातार हिंसा, आगजनी र लूटपाटका खबरहरु आइरहेका छन्। ह्वाइट हाउसबाहिर भएका प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि अश्रुग्यास प्रहार गरिएको छ। न्यूयोर्क टाइम्सका अनुसार सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही समयका लागि भूमिगत बंकरमा लगिएको थियो।

ह्वाइट हाउस नजिकको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीद्वारा आगजनी

उता, ट्रम्प प्रशासनले सडकमा उत्रेका मानिसहरुलाई घरेलु आतंकवादी भनिरहेको छ।भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पेपर बुलेट्स प्रहार गरेको छ। कैयौं सहरमा प्रहरीका गाडीमा आगो लगाइएको छ र पसलहरुमा लुटपाट भएको छ।

आपतकालीन अवस्था नियन्त्रणमा लिन सरकारले रिजर्भ मिलिटरी द नेसनल गार्डका पाँच हजार जवान वासिङटनसहित १५ राज्यमा परिचालन गरेको छ।अहिले अमेरिकी अर्थव्यवस्था कोरोनाका कारण संकटमा छ। यसैबीच जर्ज फ्लायडको मृत्युले अमेरिकामा नश्लीय अशान्ति फैलिएको छ। मानिस त्रासमा छन्। अनिश्चितता र आक्रोश छ।

घटना कसरी भयो?

२५ मेमा एउटा ग्रोसरी स्टोरमा जर्ज फ्लायडले २० डलरको नक्कली नोट दिएको खबर पायो। प्रहरीले फ्लायडलाई पक्राउ गरेर जब गाडीमा राख्दै थियो, त्यसबेला उनी जमिनमा खस्न पुगे।प्रहरीका अनुसार फ्लायडले प्रहरीलाई रोक्न प्रयास गरेकाले उनलाई हथकडी लगाउन परेको थियो। तर, भिडियोमा उनको प्रहरीसँग कसरी झडप भयो भन्ने देखिँदैन।

प्रहरी अधिकारी डेरेक चौविनको घुँडाले उनको गर्धनमा थिचेको र फ्लायडले ‘मैले सास फेर्न सकेको छैन, प्लिज मलाई नमार’ भनेको सुनिन्छ।लगत्तै फ्लायडलाई अस्पताल पुर्याइयो र उनलाई मृत घोषित गरियो। फ्लायडका परिवार र एक वकिलले उनको हत्या जानाजान गरिएको आरोप लगाएका छन्।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

5 months ago
बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.