Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

क्रान्तिका उपलब्धी बचाउन काङ्ग्रेस र नेकपाबीच सहकार्य आवश्यक – घनश्याम भूसाल

by नेपाल रिडर्स
September 16, 2019
- समाचार
क्रान्तिका उपलब्धी बचाउन काङ्ग्रेस र नेकपाबीच सहकार्य आवश्यक – घनश्याम भूसाल
Share on FacebookShare on TwitterEmail

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भूसालले राजनीतिक दलको अकर्मन्यताका कारण प्रजातन्त्र गुम्ने खतरा रहेको बताए। उनले गणतन्त्र जोगाउन नेपाली काङ्ग्रेस र नेकपाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। भुसाालले देशको आर्थिक वृद्धि यो गतिले हासिल हुन नसक्ने भन्दै समाजवादबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको उल्लेख गरे। संविधानको मूलभूत मुद्दा सङ्घीयता, धर्म निरपेक्षता, समानता, समाजवादमाथि प्रहार भइरहेको भन्दै भूसालले जनताको आकाङ्क्षाअनुसारको उपलब्धि हासिल गर्न नसक्दा सङ्घीयता गुम्ने खतरा औँल्याए।

राजनीतिक नेता तथा विचारकहरूले दलकै व्यवहारका कारण गणतन्त्र गुम्मे खतरा भएको बताएका छन्। बिपी कोइरालाको १०६औँ जन्मजयन्तीका अवसरमा गान्धी अध्ययन तथा शान्ति केन्द्र, समता अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतन्त्रको चुनौती’ विषयको विचार गोष्ठीका वक्ताले उनीहरूले राजनीतिक नेताहरुमा नैतिक मूल्यमान्यता खडेरीमा परेको र सोच पुरानो नै भएकाले जनताले चाहेको आमूल परिवर्तन हुन नसकेकाले बताएका हुन् ।

गान्धी अध्ययन शान्ति केन्द्रका संस्थापक उपाध्यक्ष प्रदीप गिरीले जनयुद्ध, ओखलढुङ्गा, झापा काण्ड हुँदै नेपालको राजनीति यहाँ आइपुगेको बताए। नेपालको संविधानमा भएको प्रावधानप्रति देशमा गहिरो असन्तोष रहेको बताउँदै उनले संविधानका सबै अंशीयार तथा लोकतन्त्रका संस्थाको न्यूनतम् सहमतिविना संविधान घोषणा भएकाले लोकतन्त्र खतरामा रहेको धारणा राखे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले पछिल्लो समय नेपालमा लोकतन्त्र खतरामा परिरहेको चिन्ता व्यक्त गरेका छन्। गिरिले नेपालमा लोकतन्त्र साँच्चै नै खतरामा परिरहेको बताए। संसदभित्र विभिन्न विषयमा विवाद हुने गरेको र सर्वोच्च अदालतले समेत त्यस्ता विषयलाई टुङ्ग्याउन नसकेको भन्दै उनले संसदप्रति जनताको विश्वास घटेर जाने खतरा बढेको बताए।

कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ डा कञ्चन झा, केन्द्रका अध्यक्ष दीपकुमार उपाध्याय, महासचिव शेखर गिरी तथा पूर्व राजदूत लोकराज बराल, डा उद्धव प्याकुरेललले अहिलेको सरकारले देश चलाएको तरिकाले जनतामा असन्तुष्टि बढेको बताए। उनीहरूले धेरैजसो व्यवस्था आफ्नै कारणले ढलेको बताउँदै यो व्यवस्था पनि आफ्नै कारणले ढल्ने दाबी गरे।

 

 

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.