Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस १७, २०७६
- इतिहास, यो हप्ता, राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     

    लाजमर्दो भो !अफ्रिकाका काला मानिसहरूले आफु र आफ्ना विचारहरूप्रति यति विश्वास गुमाइसकेका छन् कि उनीहरू अफ्रिकालाई केवल गोराका विचारहरूले मात्र बचाउन सक्छ भन्ने ठान्छन्। यस्तै खास सोचले अफ्रिकालाई दशकौंदेखि पछाडि धकेल्यो र दशकौंसम्म अन्धकारमा राख्यो।

    जसले तपाईंका पुर्खाहरूलाई मारेका छन् र तपाईंका संसाधनहरू चोरेर लगेका छन्, तीबाट तपाईंको भलो हुन्छ भनेर कसरी सोच्नु भएको? तिनीहरुले कङ्गाल बनाएका कारण तपाईंको देशमा अझै पनि मृत्यु, भोकमरी र गरिबी विकराल छ, तीबाट तपाईंले कसरी आशा गर्नुहुन्छ? यस्तो हुन सक्दैन। यस्तो हुनेवाला छैन।

    यदि अफ्रिका खरानीबाट उठ्नुपर्दछ भने हामीले हाम्रो राजनीति, शासन, सामाजिक र सांस्कृतिक विचारधारामा पार्ने पश्चिमा प्रभावलाई घटाउनै पर्छ। हामीले उनीहरूको सल्लाह खासगरी, हाम्रा बिभिन्न जनजातिहरूबिचका सवालबारेमा तिनीहरुको ब्ल्याकमेललाई महत्व दिनै हुँदैन। यो महत्त्वपूर्ण छ किनभने अफ्रिकाको राजनीति र नीतिहरू प्रायजसो हाम्रो बिभिन्न जनजाति र जातीय राष्ट्रियताका आधारमा हुन्छन्।

    आज नाइजेरियाको समस्या भनेको जनजातिको समस्या हो। प्रत्येक जनजाति सिंहासनमा बस्न चाहन्छ। र जब तिनीहरुले सत्ता हासिल गर्दछन्, तिनीहरूले सबै पदहरूमा आफ्ना जातका मानिसहरूलाई भर्ति गर्न चाहन्छन् र त्यसपछि अङ्ग्रेज वा अन्य विदेशी सल्लाहकारहरू र जासूसहरूको सहयोगमा अन्य जनजातिहरूलाई अधिनमा राख्छन्।

    यदि अफ्रिकी जनजातिले आफ्ना भिन्नताहरु समाधान गर्नमा पश्चिमामाथिको आफ्नो निर्भरता कम गरे भनेमात्रै पनि हामी प्रत्येक जातीय राष्ट्रियताले एकअर्कालाई सम्मान गर्ने एक सर्वोत्कृष्ट महाद्वीप हुनेछौं।

    मानव जीवनका विभिन्न पक्षहरू छन्। तथापी युरोपियन र अमेरिकी आदर्शहरू अफ्रिकीहरूले आयात गर्न सक्दैनन्। खासगरी विगत र वर्तमानमा अफ्रिकालाई नराम्रो असर पुर्‍याउने केही पक्षहरू जस्तै राजनीति (प्रजातन्त्र), धर्म र नागरिक सम्बन्ध लगायतका हुन्। तल हामी यी पक्षहरूमा छलफल गर्नेछौं र कसरी अफ्रिकालाई पूर्ण अराजकताको किनारबाट बचाउने भनेर प्रस्ताव गर्दछौं ।

    राजनीति

    अफ्रिकीहरूका लागि, युरोपेली प्रजातन्त्र “सही र उत्तम” शासन प्रणाली हो भन्ने धारणा गलत छ। सही यो हो कि प्रजातन्त्रले अफ्रिकालाई असफल बनायो, हाम्रो पछिल्ला १०० बर्षको अनुभवले यस्तै देखायो। र प्रमाणका रुपमा कसरी युरोपेलीहरूले विभिन्न अफ्रिकी देशहरूलाई बिभिन्न सीमाहरूमा सीमांकन गरे, र कसरी सम्बन्धित जातिहरू बीच वार्ता र सम्झौता नगरी उनीहरूले जातिहरूलाई देशहरूमा विलय गरे भन्ने कुरा नै काफी छ। त्यसैले जे भए पनि युरोपेलीहरुका लागि प्रजातन्त्र जति नै सुन्दर छ भनिए पनि, हाल अफ्रिकाका राष्ट्रहरु गठन गरिएअनुसार प्रजातन्त्रले अफ्रिकामा कहिले पनि काम गर्ने छैन।

    यदि कसैले युरोपतिर दृष्टि दिन्छ भने, प्रष्टरुपमा त्यहाँका धेरैजसो देशहरूमा एकल जातीय राष्ट्र रहेको देख्न सक्छ। आयरल्यान्ड केवल आयरिशका लागि हो। इङ्ग्ल्यान्ड केवल अंग्रेजको अधिनस्थमा पर्छ। स्कटल्याण्ड स्कटको लागि एक देश हो। केहि अपवाद बाहेक सम्पूर्ण युरोपभरि तपाईले यस्तै देख्नु हुनेछ। तर अफ्रिकातिर ध्यान दिनु भयो भने एकै राष्ट्रको रुपमा धेरै संख्यामा जनजातिहरु भएको देख्नुहुनेछ। त्यसोभए एकै जाति भएका युरोपको शासन प्रणाली बहु-जातीय अफ्रिकी देशका लागि पनि एकमात्र विकल्प कसरी हुन सक्छ?

    यस्तो विकल्प देखिनुमा अफ्रिकाका शिक्षित कुलीन वर्गको मूर्खताको कारण हो। तिनीहरूका शिक्षाले वर्तमानमा गठीत अफ्रिकालाई भिन्नप्रकारको सरकार संचालन प्रणालीको आवश्यक भएको कुरा बुझ्न तिनीहरूलाई बुध्दि प्रदान गरेन। चिनियाँहरूको आफ्नै सरकार प्रणाली छ जुन तिनीहरूका लागि कामयावी छ। साउदी अरबीहरूको सरकार प्रणाली उनीहरूका लागि कामयावी छ। र यी राष्ट्रहरू आफ्ना क्षेत्रमा विश्व–शक्ति हुन्।

    हामीले देख्न सकेनौं कि अमेरिका र बेलायतले आफ्नो अपूर्ण लोकतन्त्रलाई एशियाली र अरब मुलुकहरूलाई घाँटी ङ्याकेर अपनाउन जबरजस्ती गरिरहेका छन्।  दिनहुँ युरोप र अमेरिकाले अफ्रिकामा कुन प्रणाली अति उपयुक्त हुन्छ भनेर अफ्रिकी राष्ट्रहरूलाई आदेश दिइरहेकाछन्।

    तर हामी मध्ये धेरैले तिनीहरूको झूट, छल, ब्ल्याकमेल र अपूर्ण प्रणालीलाई एक माध्यम देख्दैछौं। त्यो के भने ती सबै अब पनि अफ्रिका तिनीहरूमा निर्भर रहोस् ताकि तिनीहरू अन्ततः उनीहरूको अन्त्यहीन सेवाहरूको लागि हामीहरुलाई चुसीरहन सकुन्।

    अफ्रिकाको शासन प्रणाली अनुपम हुनुपर्दछ र प्रत्येकको राष्ट्र बनाउने बिभिन्न जातीय राष्ट्रहरुद्वारा सहमति गरिएको हुनुपर्दछ। अफ्रिकी सम्भ्रान्त र नेताहरूले हाम्रा हितमा गरिने निर्णयलाई प्रभाव पार्ने युरोपेली सरकारहरूसँगको कूटनीतिक सम्बन्धलाई कम गर्नुपर्दछ। हामी अफ्रिकीहरू हौं, र हामीले हाम्रा राष्ट्रहरू र शासनलाई अफ्रिकी तरिकामा समन्वय गर्नुपर्दछ।

    धर्म

    हामीले अत्यन्तै हिम्मतका साथ भन्न सक्नु पर्छ  “यदि युरोपियन र अरब धर्महरू अफ्रिकामा प्रवेश गरेका थिएनन् भने काला मानिसहरूमा जीवनका बारेमा बेग्लै तथा राम्रो समझदारी र आफ्ना सवालहरुको समाधान गर्ने तरिका हुन्थ्यो।”

    आज अफ्रिकामा, आफूँलाई तारण गर्छन् कि भनेर युरोपियन देवताहरू वा “गोरा प्रभू र गोरा जीसस” को प्रार्थना र प्रतिक्षा गर्ने लाखौं मानिसहरु छन्। तिनीहरु आफूँलाई दमन गर्नेको प्रभूलाई रक्षा गर्न आउ भनेर प्रार्थना गर्छन्।

    अफ्रिकीहरूले हजारौं बर्षसम्म,आफ्नै आध्यात्मिक र व्यक्तिगत समस्याहरू आफ्नै धर्मबाट समाधान गर्दै आएका थिए। तर त्यसबेला पनि, प्रत्येक सवाल आत्मिक थिएन। कैयन सवालहरु अन्य उपायहरूद्वारा पनि समाधान गरिन्थ्यो। तर आज हामीसँग यस्ता अफ्रिकीहरू छन् जो आफ्ना सवाल वा समस्याहरू समाधान गर्ने एक मात्र तरीका हो भन्दै युरोपी प्रभू र देवीदेवताहरूको प्रार्थना गर्दछन्।

    अफ्रिकीहरूको यति धेरै दिमाग भुटिएको छ कि हामी युरोपेली र अरब देवताहरूलाई पनि हाम्रो सामाजिक पक्षका सवालहरुको समाधान गर्न प्रार्थना गर्दछौं। राजनीतिज्ञहरूसमेत कुनै जटिल जनसवालको निप्ट्याराका लागि प्रभूको नाम लिने गर्छन् ।

    अफ्रिकाको विभिन्न कुनामा प्रत्येक दिन हामी नयाँ चर्चहरू खुलिरहेका देख्छौं। हरेक दिन तिनीहरू कराउँछन् र युरोपी प्रभू तथा देवी देवताहरूलाई पुकार्छन्। तर केहि परिवर्तन हुँदैन। धेरै व्यक्तिहरू भोका छन्। धेरै व्यक्तिहरू गरिबीमा छन्। धेरैभन्दा धेरै अफ्रिकी युवाहरुले आफ्नो भविष्यको बारेमा चिन्ता गरिरहेकाछन्।

    यदि अफ्रिकाका सवालहरूको समाधानका लागि युरोपियन देवीदेवताहरूलाई प्रार्थना गर्नु पर्याप्त थियो भने, पछिल्ला १०० बर्षमा गरिएका लाखौं प्रार्थना र आराधनाले अफ्रिकालाई स्वर्ग बनाइसकेको हुन्थ्यो। तर हामी अफ्रिकामा दुखद अवस्थामा छौं र सबैभन्दा दुःखलाग्दो कुरा के छ भने अफ्रिकी पास्टरहरूले जनताको हृदयमा ‘सवैलाई बुझ्ने र सबैलाई पालन गर्ने युरोपियन प्रभूको’ गलत चित्र बसाइदिएका छन्।

    अफ्रिका अब युरोपियनहरूले तिनीहरुका प्रभूसम्बन्धी छरेका भ्रमहरुबाट मुक्त हुनुपर्दछ। अफ्रिकाका समस्याहरू अफ्रिकी उपायहरूबाट नै समाधान गर्नुपर्दछ। ककेशियन मानिस र उसका देवताहरूले अफ्रिकाको सवालहरूलाई कहिल्यै पनि समाधान गर्न सक्दैनन्। बरु, तिनीहरूले जनतामा कष्टहरू थपिदिए र अझ थपिदिनेछन्। जुन दिन अफ्रिकाले युरोपेली धर्मलाई त्याग्छ, त्यो दिन अफ्रिका आफ्नो लामो निन्द्राबाट उठ्नेछ।

    निष्कर्ष

    कुनै विदेशी विचार वा सिद्धान्तले अफ्रिकाको सवालहरू समाधान गर्न सक्दैन। हामी एक महान र प्राचिन जात हौं, र यस कठिन घडिमा केवल हाम्रा तरिकालेमात्र हामीलाई मद्दत गर्न सक्छ। ए हाम्रा राजनीतिक, धार्मिक, शैक्षिक र सामाजिक अभिजात वर्गहरु हो ! हाम्रा प्राचिन सिद्धान्त र जनताका बुध्दिमा बढी ध्यान दिन दिनुहोस्। केवल अफ्रिकाले मात्र अफ्रिकालाई बचाउन सक्छ।

    June 18, 201 Liberty Writers Africa मा प्रकाशित Dear Africans; European & American Ideas Can’t Save Us – Only Ours Can को भावानुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.