Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

पत्रपत्रिकाबाट by पत्रपत्रिकाबाट
January 2, 2020
in इतिहास, यो हप्ता, समाचार, समाज राजनीति
A A
1.3k
VIEWS
Share on FacebookShare on Twitter

 

लाजमर्दो भो !अफ्रिकाका काला मानिसहरूले आफु र आफ्ना विचारहरूप्रति यति विश्वास गुमाइसकेका छन् कि उनीहरू अफ्रिकालाई केवल गोराका विचारहरूले मात्र बचाउन सक्छ भन्ने ठान्छन्। यस्तै खास सोचले अफ्रिकालाई दशकौंदेखि पछाडि धकेल्यो र दशकौंसम्म अन्धकारमा राख्यो।

जसले तपाईंका पुर्खाहरूलाई मारेका छन् र तपाईंका संसाधनहरू चोरेर लगेका छन्, तीबाट तपाईंको भलो हुन्छ भनेर कसरी सोच्नु भएको? तिनीहरुले कङ्गाल बनाएका कारण तपाईंको देशमा अझै पनि मृत्यु, भोकमरी र गरिबी विकराल छ, तीबाट तपाईंले कसरी आशा गर्नुहुन्छ? यस्तो हुन सक्दैन। यस्तो हुनेवाला छैन।

यदि अफ्रिका खरानीबाट उठ्नुपर्दछ भने हामीले हाम्रो राजनीति, शासन, सामाजिक र सांस्कृतिक विचारधारामा पार्ने पश्चिमा प्रभावलाई घटाउनै पर्छ। हामीले उनीहरूको सल्लाह खासगरी, हाम्रा बिभिन्न जनजातिहरूबिचका सवालबारेमा तिनीहरुको ब्ल्याकमेललाई महत्व दिनै हुँदैन। यो महत्त्वपूर्ण छ किनभने अफ्रिकाको राजनीति र नीतिहरू प्रायजसो हाम्रो बिभिन्न जनजाति र जातीय राष्ट्रियताका आधारमा हुन्छन्।

आज नाइजेरियाको समस्या भनेको जनजातिको समस्या हो। प्रत्येक जनजाति सिंहासनमा बस्न चाहन्छ। र जब तिनीहरुले सत्ता हासिल गर्दछन्, तिनीहरूले सबै पदहरूमा आफ्ना जातका मानिसहरूलाई भर्ति गर्न चाहन्छन् र त्यसपछि अङ्ग्रेज वा अन्य विदेशी सल्लाहकारहरू र जासूसहरूको सहयोगमा अन्य जनजातिहरूलाई अधिनमा राख्छन्।

यदि अफ्रिकी जनजातिले आफ्ना भिन्नताहरु समाधान गर्नमा पश्चिमामाथिको आफ्नो निर्भरता कम गरे भनेमात्रै पनि हामी प्रत्येक जातीय राष्ट्रियताले एकअर्कालाई सम्मान गर्ने एक सर्वोत्कृष्ट महाद्वीप हुनेछौं।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

May 29, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023
सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

May 12, 2023
अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

April 24, 2023

मानव जीवनका विभिन्न पक्षहरू छन्। तथापी युरोपियन र अमेरिकी आदर्शहरू अफ्रिकीहरूले आयात गर्न सक्दैनन्। खासगरी विगत र वर्तमानमा अफ्रिकालाई नराम्रो असर पुर्‍याउने केही पक्षहरू जस्तै राजनीति (प्रजातन्त्र), धर्म र नागरिक सम्बन्ध लगायतका हुन्। तल हामी यी पक्षहरूमा छलफल गर्नेछौं र कसरी अफ्रिकालाई पूर्ण अराजकताको किनारबाट बचाउने भनेर प्रस्ताव गर्दछौं ।

राजनीति

अफ्रिकीहरूका लागि, युरोपेली प्रजातन्त्र “सही र उत्तम” शासन प्रणाली हो भन्ने धारणा गलत छ। सही यो हो कि प्रजातन्त्रले अफ्रिकालाई असफल बनायो, हाम्रो पछिल्ला १०० बर्षको अनुभवले यस्तै देखायो। र प्रमाणका रुपमा कसरी युरोपेलीहरूले विभिन्न अफ्रिकी देशहरूलाई बिभिन्न सीमाहरूमा सीमांकन गरे, र कसरी सम्बन्धित जातिहरू बीच वार्ता र सम्झौता नगरी उनीहरूले जातिहरूलाई देशहरूमा विलय गरे भन्ने कुरा नै काफी छ। त्यसैले जे भए पनि युरोपेलीहरुका लागि प्रजातन्त्र जति नै सुन्दर छ भनिए पनि, हाल अफ्रिकाका राष्ट्रहरु गठन गरिएअनुसार प्रजातन्त्रले अफ्रिकामा कहिले पनि काम गर्ने छैन।

यदि कसैले युरोपतिर दृष्टि दिन्छ भने, प्रष्टरुपमा त्यहाँका धेरैजसो देशहरूमा एकल जातीय राष्ट्र रहेको देख्न सक्छ। आयरल्यान्ड केवल आयरिशका लागि हो। इङ्ग्ल्यान्ड केवल अंग्रेजको अधिनस्थमा पर्छ। स्कटल्याण्ड स्कटको लागि एक देश हो। केहि अपवाद बाहेक सम्पूर्ण युरोपभरि तपाईले यस्तै देख्नु हुनेछ। तर अफ्रिकातिर ध्यान दिनु भयो भने एकै राष्ट्रको रुपमा धेरै संख्यामा जनजातिहरु भएको देख्नुहुनेछ। त्यसोभए एकै जाति भएका युरोपको शासन प्रणाली बहु-जातीय अफ्रिकी देशका लागि पनि एकमात्र विकल्प कसरी हुन सक्छ?

यस्तो विकल्प देखिनुमा अफ्रिकाका शिक्षित कुलीन वर्गको मूर्खताको कारण हो। तिनीहरूका शिक्षाले वर्तमानमा गठीत अफ्रिकालाई भिन्नप्रकारको सरकार संचालन प्रणालीको आवश्यक भएको कुरा बुझ्न तिनीहरूलाई बुध्दि प्रदान गरेन। चिनियाँहरूको आफ्नै सरकार प्रणाली छ जुन तिनीहरूका लागि कामयावी छ। साउदी अरबीहरूको सरकार प्रणाली उनीहरूका लागि कामयावी छ। र यी राष्ट्रहरू आफ्ना क्षेत्रमा विश्व–शक्ति हुन्।

हामीले देख्न सकेनौं कि अमेरिका र बेलायतले आफ्नो अपूर्ण लोकतन्त्रलाई एशियाली र अरब मुलुकहरूलाई घाँटी ङ्याकेर अपनाउन जबरजस्ती गरिरहेका छन्।  दिनहुँ युरोप र अमेरिकाले अफ्रिकामा कुन प्रणाली अति उपयुक्त हुन्छ भनेर अफ्रिकी राष्ट्रहरूलाई आदेश दिइरहेकाछन्।

तर हामी मध्ये धेरैले तिनीहरूको झूट, छल, ब्ल्याकमेल र अपूर्ण प्रणालीलाई एक माध्यम देख्दैछौं। त्यो के भने ती सबै अब पनि अफ्रिका तिनीहरूमा निर्भर रहोस् ताकि तिनीहरू अन्ततः उनीहरूको अन्त्यहीन सेवाहरूको लागि हामीहरुलाई चुसीरहन सकुन्।

अफ्रिकाको शासन प्रणाली अनुपम हुनुपर्दछ र प्रत्येकको राष्ट्र बनाउने बिभिन्न जातीय राष्ट्रहरुद्वारा सहमति गरिएको हुनुपर्दछ। अफ्रिकी सम्भ्रान्त र नेताहरूले हाम्रा हितमा गरिने निर्णयलाई प्रभाव पार्ने युरोपेली सरकारहरूसँगको कूटनीतिक सम्बन्धलाई कम गर्नुपर्दछ। हामी अफ्रिकीहरू हौं, र हामीले हाम्रा राष्ट्रहरू र शासनलाई अफ्रिकी तरिकामा समन्वय गर्नुपर्दछ।

धर्म

हामीले अत्यन्तै हिम्मतका साथ भन्न सक्नु पर्छ  “यदि युरोपियन र अरब धर्महरू अफ्रिकामा प्रवेश गरेका थिएनन् भने काला मानिसहरूमा जीवनका बारेमा बेग्लै तथा राम्रो समझदारी र आफ्ना सवालहरुको समाधान गर्ने तरिका हुन्थ्यो।”

आज अफ्रिकामा, आफूँलाई तारण गर्छन् कि भनेर युरोपियन देवताहरू वा “गोरा प्रभू र गोरा जीसस” को प्रार्थना र प्रतिक्षा गर्ने लाखौं मानिसहरु छन्। तिनीहरु आफूँलाई दमन गर्नेको प्रभूलाई रक्षा गर्न आउ भनेर प्रार्थना गर्छन्।

अफ्रिकीहरूले हजारौं बर्षसम्म,आफ्नै आध्यात्मिक र व्यक्तिगत समस्याहरू आफ्नै धर्मबाट समाधान गर्दै आएका थिए। तर त्यसबेला पनि, प्रत्येक सवाल आत्मिक थिएन। कैयन सवालहरु अन्य उपायहरूद्वारा पनि समाधान गरिन्थ्यो। तर आज हामीसँग यस्ता अफ्रिकीहरू छन् जो आफ्ना सवाल वा समस्याहरू समाधान गर्ने एक मात्र तरीका हो भन्दै युरोपी प्रभू र देवीदेवताहरूको प्रार्थना गर्दछन्।

अफ्रिकीहरूको यति धेरै दिमाग भुटिएको छ कि हामी युरोपेली र अरब देवताहरूलाई पनि हाम्रो सामाजिक पक्षका सवालहरुको समाधान गर्न प्रार्थना गर्दछौं। राजनीतिज्ञहरूसमेत कुनै जटिल जनसवालको निप्ट्याराका लागि प्रभूको नाम लिने गर्छन् ।

अफ्रिकाको विभिन्न कुनामा प्रत्येक दिन हामी नयाँ चर्चहरू खुलिरहेका देख्छौं। हरेक दिन तिनीहरू कराउँछन् र युरोपी प्रभू तथा देवी देवताहरूलाई पुकार्छन्। तर केहि परिवर्तन हुँदैन। धेरै व्यक्तिहरू भोका छन्। धेरै व्यक्तिहरू गरिबीमा छन्। धेरैभन्दा धेरै अफ्रिकी युवाहरुले आफ्नो भविष्यको बारेमा चिन्ता गरिरहेकाछन्।

यदि अफ्रिकाका सवालहरूको समाधानका लागि युरोपियन देवीदेवताहरूलाई प्रार्थना गर्नु पर्याप्त थियो भने, पछिल्ला १०० बर्षमा गरिएका लाखौं प्रार्थना र आराधनाले अफ्रिकालाई स्वर्ग बनाइसकेको हुन्थ्यो। तर हामी अफ्रिकामा दुखद अवस्थामा छौं र सबैभन्दा दुःखलाग्दो कुरा के छ भने अफ्रिकी पास्टरहरूले जनताको हृदयमा ‘सवैलाई बुझ्ने र सबैलाई पालन गर्ने युरोपियन प्रभूको’ गलत चित्र बसाइदिएका छन्।

अफ्रिका अब युरोपियनहरूले तिनीहरुका प्रभूसम्बन्धी छरेका भ्रमहरुबाट मुक्त हुनुपर्दछ। अफ्रिकाका समस्याहरू अफ्रिकी उपायहरूबाट नै समाधान गर्नुपर्दछ। ककेशियन मानिस र उसका देवताहरूले अफ्रिकाको सवालहरूलाई कहिल्यै पनि समाधान गर्न सक्दैनन्। बरु, तिनीहरूले जनतामा कष्टहरू थपिदिए र अझ थपिदिनेछन्। जुन दिन अफ्रिकाले युरोपेली धर्मलाई त्याग्छ, त्यो दिन अफ्रिका आफ्नो लामो निन्द्राबाट उठ्नेछ।

निष्कर्ष

कुनै विदेशी विचार वा सिद्धान्तले अफ्रिकाको सवालहरू समाधान गर्न सक्दैन। हामी एक महान र प्राचिन जात हौं, र यस कठिन घडिमा केवल हाम्रा तरिकालेमात्र हामीलाई मद्दत गर्न सक्छ। ए हाम्रा राजनीतिक, धार्मिक, शैक्षिक र सामाजिक अभिजात वर्गहरु हो ! हाम्रा प्राचिन सिद्धान्त र जनताका बुध्दिमा बढी ध्यान दिन दिनुहोस्। केवल अफ्रिकाले मात्र अफ्रिकालाई बचाउन सक्छ।

June 18, 201 Liberty Writers Africa मा प्रकाशित Dear Africans; European & American Ideas Can’t Save Us – Only Ours Can को भावानुवाद।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

नश्लीयताले अमेरिकी न्यायमा पारेको ऐँठन

by nepal_readers
May 29, 2023

मे, २०२० मा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरीले यातनापूर्वक हत्या गरे। प्रहरीले आफ्नो घुँडाले थिचेर फ्लोएडको हत्या...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

by याङ नान
May 12, 2023

१७ अप्रिल, १९६१ को सबेरै  १४०० भन्दा बढी सशस्त्र समूह (क्युवाबाट निर्वासितहरूको समूह) क्युवाको दक्षिणी क्षेत्रमा पर्ने बे अफ पिगको...

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

अमेरिकाको ‘जासूसी गरिरहेको अक्टोपस’

by रुकिया अन्वर
April 24, 2023

संयुक्त राज्य अमेरिकाको जासुसी संयन्त्रले लामो समयदेखि संयुक्त राष्ट्र संघ (यूएन) भित्रका हरेक गतिविधिलाई सुन्न लोभी र दुष्ट अक्टोपस जस्तै...

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

के अमेरिका हार्ने युक्रेन लडाइँबाट भाग्दै छ?

by पत्रपत्रिकाबाट
April 18, 2023

गत साता इन्टरनेटमा झन्डै एक सय वटा गोप्य अमेरिकी दस्तावेज चुहियो । अमेरिकी सरकारले ती दस्तावेजहरू नक्कली नभई आधिकारिक दस्तावेज...

‘मेक्सिको अमेरिकाको उपनिवेश होइन’

‘मेक्सिको अमेरिकाको उपनिवेश होइन’

by बेन नोर्टन
April 7, 2023

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडरले १८ मार्चमा राजधानी मेक्सिको सिटीमा भएको एउटा विशाल र्‍यालीमा सहभागी भए। तेल भण्डारको राष्ट्रियकरण...

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist