विभिन्न दल राजनीतिक दलले कालापानी अतिक्रमण तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलनको घोषणा गरेका छन्।
नेकपा मसाल, क्रान्तिकारी (माओवादी), नेकपा मालेलगायत ९ दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रसहितका भूमि अतिक्रमण गरेको तथा अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत एमसिसी सम्झौता अगाडि बढाएको निष्कर्ष निकाल्दै माघ २४ बाट संयुक्त संघर्षको घोषणा गरेका हुन्।
मसालका महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षता बसेको बैठकले काठमाडौँ उपत्यका, विराटनगर, जनकपुर, पोखरा, बुटवल सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।