Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रधानमन्त्रीको बदनाम : अनलाईन चलाउन भन्दै बाणिज्य बैंकसँग ४/४ लाख दिन पत्राचार

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस २०, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै ठगी धन्दा सञ्चालन भएको देखिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सल्लाहकार समूहबाट उक्त ठगी धन्दा भएको हो।

    सो ठगी धन्दा नेपालकै २७ वटा वाणिज्य बैंकहरुमार्फत गर्न प्रधानमन्त्री निवासबाट नेपाल राष्ट्र बैंक हुँदै नेपाल बैंकर्स एसोसिएसनमा पत्र पुगेको छ। एसोसिएसनले उक्त पत्र सबै २७ वटै वाणिज्य बैंकहरुलाई पठाएको छ । पत्र प्राप्त गरेपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु त्रसित बनेका छन्।

    एसोसिएसनको तर्फबाट अनिल शर्माले वाणिज्य बैंकहरुलाई पत्र पठाउँदै एउटा समाचारमूलक अनलाइन सञ्चालन गर्दैै आएको ‘कथा नेपाल प्रालि’ नामको कम्पनीलाई प्रत्येक बैंकले चार लाख रुपैयाँको दरले उपलब्ध गराउन भनिएको छ। उक्त ‘कथा नेपाल प्रालि’ नामक कम्पनीले ‘देखापढी डटकम’ भन्ने अनलाइन चलाउँदै आएको छ। उक्त कम्पनीको अध्यक्ष मनोजराज पाण्डे हुन् । पाण्डे विवादास्पद छवि बनाएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका आफन्त हुन्।

    स्रोतका अनुसार खोलौं बैंक खाता भन्ने राष्ट्रिय अभियानका लागि कथा नेपालले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पठाएको र सो कथा नेपालले पठाएको प्रस्तावलाई प्रधानमन्त्रीका सल्लाहकार रिमालको निर्देशनमा प्रस्तावसहित नेपाल बैंकर्स एसोसिएसनमा पठाएको थियो। बैंकर्स एसोसिएसनले आफ्नो ३३औं वार्षिक साधारणसभामा प्रधानमन्त्री कार्यालयबाट आएको पत्रको बारेमा छलफल गरेको थियो । त्यसपछि एसोसिएसनले वाणिज्य बैंकहरुलाई उक्त कथा नेपाललाई प्रारम्भिक चरणमा चार लाख रुपैयाँको दरले चेक उपलब्ध गराइदिनको लागि पत्राचार गरेको छ।

    बैंकर्स एसोसिएसनले कथा नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)बापतको रकम उपलब्ध गराउन भनेपछि बैंकका सीईओहरु कसरी उक्त शीर्षकको रकम उपलब्ध गराउने भन्नेबारे अन्योलमा परेका हुन् । सीएसआरको रकम वाणिज्य बैंकहरुले विद्यालयलाई ब्याग, कम्प्युटर, ल्यापटप, चिसो, हिमपात र बाढी तथा पहिरो पीडितको लागि कपडा, त्रिपाल, खाद्यान्न, वृद्धाश्रमहरुलाई भौतिक सहयोगलगायतका काममा खर्च गर्नुपर्छ । तर, बैंकर्स एसोसिएसनले सोही सीएसआर शीर्षकको रकमबाट मिलाएर कथा नेपाललाई रकम दिन भनेपछि सीईओहरु समस्यामा परेका हुन्।

    वाणिज्य बैंकहरुले आफूले आर्जन गरेको खुद नाफाको रकममध्ये एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर०मा खर्च गर्नुपर्छ। नेपालमा अहिले रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये दुईरतीनवटाको दुई अर्ब रुपैयाँभन्दा माथि खुद नाफा भए पनि अरु बैंकहरुको डेढदेखि दुई अर्ब रुपैयाँ नाफा छ । समग्रमा वाणिज्य बैंकहरुले करिब ५० अर्ब नाफा कमाउँदै आएका छन्। सो रकमको एक प्रतिशत भनेको करिब ५० करोड रुपैयाँ सामाजिक काममा खर्च गर्नुपर्नेछ । बैंकहरुले विज्ञापन प्रकाशित गर्नका लागि उक्त शीर्षकको रकम खर्च गर्न मिल्दैन । कथा नेपाल पनि सञ्चार संस्था चलाउने कम्पनी भएको कारण उसलाई कसरी उक्त पैसा दिने भन्ने विषयमा अधिकांश बैंकका सीईओहरु समस्यामा परेका हुन्।

    केही समय अगाडिसम्म ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा पाण्डेले सिंहदरबारभित्रै चन्दा आतंक मच्चाएको आरोप लागेको थियो। पाण्डेको क्रियाकलापको सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री ओलीले उक्त कार्यक्रम नै बन्द गर्न निर्देशन दिएका थिए। त्यसपछि पाण्डेले आफू मुख्य व्यक्ति बनेर कथा नेपाल प्रालि नामको कम्पनी बनाएका थिए।

    सो कम्पनीले देखापढी डटकम नामको अनलाइन मिडिया सञ्चालन गर्दै आएको छ । त्यसका प्रकाशक पाण्डे आफैं हुन् । अहिले फेरि पाण्डेले आफ्नो पैसा माग्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयबाटै अगाडि बढाउन सफल भएका हुन् । यसले अझै पनि प्रधानमन्त्रीको वरिपरि पैसा उठाएको बलियो जमात क्रियाशील छ भन्ने पुष्टि गरेको छ । पाण्डेको कम्पनीलाई पैसा उठाइदिन प्रधानमन्त्री ओलीले नै पत्राचार गर्न निर्देशन दिएको भन्नेमा चाहिँ आशंका छ । तर, बैंकका सीईओहरुलाई पैसाको लागि ताकेता गर्दा प्रधानमन्त्रीले नै निर्देशन दिएको भनेर सल्लाहकारबाट फोन जाने गरेको बैंकका सीईओहरुले जानकारी दिएका छन्।

    ‘एउटा कम्पनीलाई प्रत्येक बैंकले चार लाख रुपैयाँको दरले प्रारम्भिक चरणमा चेक दिनु भन्नु सरासर ठगी धन्दा हो’, एक जना सीईओले भने, ‘प्रधानमन्त्री कार्यालयबाट एउटा कम्पनीलाई, अर्थमन्त्रीको कार्यालयबाट अर्को कम्पनीलाई, अन्य मन्त्रीको कार्यालयबाट अर्को कम्पनीलाई पैसा दिनु भनेर पत्र आयो भने के गर्ने रु’ पैसा उठाउनका लागि पत्र नै आउनु गलत भएको अर्को बैंकका सीईओले बताए । ‘यति पैसा एउटा कम्पनीलाई दिनैपर्छ भनेर पत्र पठाउनु भनेको ठगी धन्दा नै सञ्चालन गर्नुजस्तै हो’, ती सीईओले भने ।
    आर्थीक दैनिक र खबर डबलीबाट साभार।

    थप जानकारीका लागि तलको लिङ्कमा जानुहोस्
    सीएसआरको पैसा दुरुपयोग हुन लागेको भन्दै अख्तियारमा उजुरी, नीतिगत भ्रष्ट्राचारको अर्को श्रङखला बैंकिङ क्षेत्रमा – नेपालबहस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.