सहकर्मी महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महरा प्रकरण माइतीघर मण्डलामा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै विरोध प्रदर्शन भएको छ ।
शान्त रुपमा गरिएको विरोध प्रदर्शनमा ‘नो मिन्स नो’ ‘बलात्कार आरोपको सत्यतथ्य छानबिन गर…’ ‘बलात्कार आरोपीलाई हिरासतमा लेउ’ लेखिएका पम्पप्लेट समातेर विरोध गरिएको थियो । राजनीतिज्ञ, विद्यार्थी, अधिकारकर्मी लयातले प्रदर्शनमा गरेका थिए ।
सहकर्मी महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि राजीनामा दिएका हुन् ।महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताएका छन् । उनले भने, ‘ममाथि झुटो आरोप लगाइएको छ यसको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको हुँ ।’