जनप्रतिनिधिहरुले र नगरपालिकाले आफुसँग भएको स्रोत साधन प्रयाेग गरेर जम्बु बाढीपहिराे पिडित हरुकाे व्यवस्थापन गरिरकाे बाह्रबिसे नगरपालिका काे उपमेयर सुसिला पाख्रिनले बताएकी छन् ।
सिन्धुपाल्चोक बाह्रबिसे जम्बुमा असार २४ मा गएकाे बाढीमा बेपत्ता भएकाहरुकाे खाेजि भइरहेकाे पनि बताएकि हुन् । र जनप्रतिनिधिले भएको सबै स्रोत साधन प्रयाेग गरि बेपत्ताको खाेजी कार्य र पिडितहरुलाई व्यवस्थापन गरिरहेकाे पनि उपमेयर पाख्रिनले जानकारी हाम्रोकान्तिपुर लाई बताएकि छन् ।
पिडितहरुलाई बिशेष गरि गाँस र वासकाे कमि नहाेस भनी स्थानीयहरुलाई व्यवस्थापनकाे लागि खटाई उपमेयर पाख्रिन स्वयं पनि फिल्डमै उद्वार र व्यवस्थापनकाे लागि खटिरहेकि छन् । पिडितहरुकाे समस्या समाधान हुने समाधान गर्नका लागि आवश्यक कदम चालिरहेकाे उनकाे भनाइ छ । याे दुखत र आपतकालिन अवस्था भएकोले सबै मिलि समस्या समाधान गर्न सकिने भन्दै नगरवासिलाई नआत्तिन उपमेयर पाख्रिनकाे आग्रह छ ।
बुधबार राति जम्बु स्थित याल्माे खाेलामा ठुलाे बाढि र माथि खाेलाबाट पहिराे समेत आउदा जम्बु बजारकाे बस्तिनै बगाएको थियो बस्तिकाे २१ भन्दामाथि घर तथा अन्य टहराहरु, पक्कि पुल समेत बगाएको थियाे । उक्त दिनकाे बाढीले बाह्रबिसे नगरपालिकाकाे अन्य वडा हरुमा पनि क्षति पुर्याएकाे थियाे । – हाम्रो कान्तिपुर