Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

देउवाले गलत काम गरेका छन्, त्यसैले ओलीसँग मिल्न खोज्छन् : रामचन्द्र पौडेल

by सहयोगीबाट
January 10, 2021
- समाचार
देउवाले गलत काम गरेका छन्, त्यसैले ओलीसँग मिल्न खोज्छन् : रामचन्द्र पौडेल
Share on FacebookShare on TwitterEmail

‘४५ मा ३८ भयो, अब सात बाँकी छ, चैत्रमा साबित्री गुरुङको ठाउँ खालि भएपछि अख्तियारको त्यो सिट र प्रेम राईलाई हाजिर गराउँदा गणेश जोशीले बीचैमा राजीनामा दिए भने रिक्त हुने अर्को एक सिटमध्येबाट पनि भाग आउँछ । ती सबैमा बाँडौँ, तर आन्दोलनचाहिँ नगरौँ !’

अघिल्लो सोमबार, जब नेपाली कांग्रेसले विघटनविरुद्ध देशभरि प्रदर्शन र सभा गर्दै थियो, त्यसको अघिल्लो दिन (आइतबार) विहान बूढानीलकण्ठमा खाना खान बोलाइँदा सभापति शेरबहादुर देउवाले दिनुभएको अफर हो यो । पाहुना थिए, महामन्त्री डा.शशांक कोइराला, मीनेन्द्र रिजालसहित । अफर थियो, विभिन्न संवैधानिक आयोगका नियुक्तिबारे । यही सन्देश रामचन्द्र पौडेल र कृष्ण सिटौलाकहाँ पु-याउने जिम्मा थियो, मीनेन्द्र रिजाललाई । तर, सिटौलाबाट जवाफ आयो, ‘केपी ओलीको उधारोमा नपरौँ, आन्दोलन नै गरौँ !’

यसरी नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमै छ । तर, शीर्ष नेतृत्वमा अझै पनि मिल्न नसकेको कुरा हो ठूलाठालू, विदेशी, अदालत र भएभरका सरकारी संयन्त्रले सुन्ने गरी शहरका सडक तताउने कि गाउँ र वडा पसेर बूढाबूढीका सामु कालो झण्डा देखाउने ? यसैकारण देउवाको वर्चस्व रहेको नेविसंघ र तरुण दल सडकमा त्यति देखिएका छैनन् ।

खाना खान बोलाइएका नेतासँग देउवाले भन्नुभयो, ‘रामचन्द्रजीले कुरा बुझ्नुभएको छैन । खालि मलाई तल झार्न पपुलर कुरा समातेर बस्नुभएको छ । संसदको पुनस्र्थापना पपुलर इश्यु हो भन्ठान्नु भएको छ । तर, त्यसले नेपाली कांग्रेसलाई फाइदा गर्छ कि गर्दैन भन्ने कुरातिर जानुभएन । मैले ओलीको कदम ठीक कहिल्यै भनेको छैन । तर, संसद पुनस्र्थापनाको मुद्दालाई अभियानको पक्षमा लैजाने पक्षमा पनि छैन । किनभने, कांग्रेसलाई त्यसले फाइदा गर्दैन ।’ उहाँले दुई मुद्दामा ओलीले कांग्रेसलाई कर्नरमा पारेको सुनाउनुभयो– ‘एउटा राष्ट्रियताको र अर्को विकासको मुद्दा । त्यसमाथि जब प्रचण्डसँग केपीजी जोडिए, तब त्यो मित्रता धेरै वर्षसम्म कायम रहने भयो । अहिले पार्टी फुटेको बेला त्यो मित्रता बाँकी रहेन’, देउवाले भन्नुभयो, ‘यो बीचबाट नेपाली कांग्रेस अगाडि आउने मौका हो । रामचन्द्रजीलाई कांग्रेसको माया त लाग्छ, तर मेरो रिसले त्यो कुरा मान्नु हुन्न !’

अनि, यही टोली अलग्गै बस्यो, रामचन्द्रसँग । उहाँको कुरा थियो ‘संसदको पुनस्र्थापना हुनुपर्छ । नभए केपीले लोकतन्त्र खाइदिन्छन् । ओलीले संघीयता, संविधान सबै खत्तम बनाउँछन् ।’ उहाँले राष्ट्रपति र प्रधानमन्त्री एक ठाउँमा हुनुहुँदैन भन्ने कुरा पहिलादेखि आफूहरुले भन्दै आएको स्मरण गराउँदै अहिले ठीक विपरितको परिस्थिति हुनु खतराको विषय भएको औँल्याउनुभयो । ‘अब यी दुई (प्रधानमन्त्री र राष्ट्रपति) मिलेर संविधान र लोकतन्त्र नै खत्तम पार्छन्’ उहाँले भन्नुभयो, ‘ओलीसँग लड्न राजासँग भन्दा कठिन हुन्छ । किनभने, राजासँग पार्टी थिएन, योसँग पार्टी छ । शेरबहादुरले केही गलत काम गरेका कारण ओलीसँग मिल्न चाहेका हुन् । हामीले त के गलत ग-यौँ र ओलीको भुलभुलैयामा लाग्नलाई ?’ यो खबर जनआस्थाले लेखेको छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सहयोगीबाट

सहयोगीबाट

Connect with us

Recommended

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.