Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

देउवाले गलत काम गरेका छन्, त्यसैले ओलीसँग मिल्न खोज्छन् : रामचन्द्र पौडेल

सहयोगीबाट सहयोगीबाट
पुस २६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘४५ मा ३८ भयो, अब सात बाँकी छ, चैत्रमा साबित्री गुरुङको ठाउँ खालि भएपछि अख्तियारको त्यो सिट र प्रेम राईलाई हाजिर गराउँदा गणेश जोशीले बीचैमा राजीनामा दिए भने रिक्त हुने अर्को एक सिटमध्येबाट पनि भाग आउँछ । ती सबैमा बाँडौँ, तर आन्दोलनचाहिँ नगरौँ !’

    अघिल्लो सोमबार, जब नेपाली कांग्रेसले विघटनविरुद्ध देशभरि प्रदर्शन र सभा गर्दै थियो, त्यसको अघिल्लो दिन (आइतबार) विहान बूढानीलकण्ठमा खाना खान बोलाइँदा सभापति शेरबहादुर देउवाले दिनुभएको अफर हो यो । पाहुना थिए, महामन्त्री डा.शशांक कोइराला, मीनेन्द्र रिजालसहित । अफर थियो, विभिन्न संवैधानिक आयोगका नियुक्तिबारे । यही सन्देश रामचन्द्र पौडेल र कृष्ण सिटौलाकहाँ पु-याउने जिम्मा थियो, मीनेन्द्र रिजाललाई । तर, सिटौलाबाट जवाफ आयो, ‘केपी ओलीको उधारोमा नपरौँ, आन्दोलन नै गरौँ !’

    यसरी नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमै छ । तर, शीर्ष नेतृत्वमा अझै पनि मिल्न नसकेको कुरा हो ठूलाठालू, विदेशी, अदालत र भएभरका सरकारी संयन्त्रले सुन्ने गरी शहरका सडक तताउने कि गाउँ र वडा पसेर बूढाबूढीका सामु कालो झण्डा देखाउने ? यसैकारण देउवाको वर्चस्व रहेको नेविसंघ र तरुण दल सडकमा त्यति देखिएका छैनन् ।

    खाना खान बोलाइएका नेतासँग देउवाले भन्नुभयो, ‘रामचन्द्रजीले कुरा बुझ्नुभएको छैन । खालि मलाई तल झार्न पपुलर कुरा समातेर बस्नुभएको छ । संसदको पुनस्र्थापना पपुलर इश्यु हो भन्ठान्नु भएको छ । तर, त्यसले नेपाली कांग्रेसलाई फाइदा गर्छ कि गर्दैन भन्ने कुरातिर जानुभएन । मैले ओलीको कदम ठीक कहिल्यै भनेको छैन । तर, संसद पुनस्र्थापनाको मुद्दालाई अभियानको पक्षमा लैजाने पक्षमा पनि छैन । किनभने, कांग्रेसलाई त्यसले फाइदा गर्दैन ।’ उहाँले दुई मुद्दामा ओलीले कांग्रेसलाई कर्नरमा पारेको सुनाउनुभयो– ‘एउटा राष्ट्रियताको र अर्को विकासको मुद्दा । त्यसमाथि जब प्रचण्डसँग केपीजी जोडिए, तब त्यो मित्रता धेरै वर्षसम्म कायम रहने भयो । अहिले पार्टी फुटेको बेला त्यो मित्रता बाँकी रहेन’, देउवाले भन्नुभयो, ‘यो बीचबाट नेपाली कांग्रेस अगाडि आउने मौका हो । रामचन्द्रजीलाई कांग्रेसको माया त लाग्छ, तर मेरो रिसले त्यो कुरा मान्नु हुन्न !’

    अनि, यही टोली अलग्गै बस्यो, रामचन्द्रसँग । उहाँको कुरा थियो ‘संसदको पुनस्र्थापना हुनुपर्छ । नभए केपीले लोकतन्त्र खाइदिन्छन् । ओलीले संघीयता, संविधान सबै खत्तम बनाउँछन् ।’ उहाँले राष्ट्रपति र प्रधानमन्त्री एक ठाउँमा हुनुहुँदैन भन्ने कुरा पहिलादेखि आफूहरुले भन्दै आएको स्मरण गराउँदै अहिले ठीक विपरितको परिस्थिति हुनु खतराको विषय भएको औँल्याउनुभयो । ‘अब यी दुई (प्रधानमन्त्री र राष्ट्रपति) मिलेर संविधान र लोकतन्त्र नै खत्तम पार्छन्’ उहाँले भन्नुभयो, ‘ओलीसँग लड्न राजासँग भन्दा कठिन हुन्छ । किनभने, राजासँग पार्टी थिएन, योसँग पार्टी छ । शेरबहादुरले केही गलत काम गरेका कारण ओलीसँग मिल्न चाहेका हुन् । हामीले त के गलत ग-यौँ र ओलीको भुलभुलैयामा लाग्नलाई ?’ यो खबर जनआस्थाले लेखेको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.