Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुख शिवमायालाई देव गुरुङको सुझाव

by पत्रपत्रिकाबाट
January 13, 2020
- समाचार
पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुख शिवमायालाई देव गुरुङको सुझाव
Share on FacebookShare on TwitterEmail

सभामुखको उम्मेदवार बन्नलाई पनि शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिनुपर्ने नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताएका छन् । उनले संवैधानिक पदमा बसेर पार्टीसँग बार्गेनिङ नगर्न पनि उपसभामुखलाई सुझाव दिएका छन् ।नेकपा सचिवालय बैठकले शनिबार सभामुखमा पार्टीले उम्मेदवारी दिने भएकाले उपसभामुखलाई राजीनामा गर्न भनेको थियो। जसलाई तुम्बाहाङ्फेले मान्य नभएको भन्दै चुनौती दिएकी थिइन्।

गुरुङले सोमबार पार्टी कुनै व्यक्तिको इच्छाअनुसार नचल्ने भन्दै सचिवालयको निर्णयअनुसार राजीनामा दिनुपर्ने बताएका हुन्। उपसभामुख पदमा रहेर सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै उनले उम्मेद्वार बन्नका लागि पनि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताए। संवैधानिक संकटतर्फ मुलुकलाई नधकेल्न पनि उनले आग्रह गरेका थिए। संवैधानिक रूपमा सभामुखमा उम्मेद्वारी दिने बाटो खुला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको उनको तर्क थियो।

कसलाई उम्मेदवार बनाउने र कसलाई नबनाउने भन्ने कुरा तुम्बाहाङ्फेले गर्न नहुने र पार्टीको आग्रहअनुसार राजीनामा दिनुपर्ने गुरुङको भनाइ थियो। उनले भने, ‘पदमा बसेर कुनै कुराको बार्गेनिङ गर्ने, संवैधानिक संकट निम्त्याएर बार्गेनिङ गर्ने ‘फेयर पोलिटिक्स’भित्र परेन। कम्युनिस्टको नैतिकताले पनि त्यो दिँदैन।”सभामुखको उम्मेदवार हुनका लागि उपसभामुख पदमा बसेर त पाउँदैन। संवैधानिक रूपले उहाँको उम्मेदवारी सही ठहँर्दैन। उम्मेदवार हुनका लागि त सांसद मात्रै हुनुपर्‍यो नि!,’ उनले भने।

व्यक्तिगत इच्छा, आकांक्षा पुरा गर्नका लागि संसद अवरुद्ध नगर्न पनि उपसभामुखलाई उनको सुझाव थियो। ‘आफ्नो इच्छाअनुसार यो पाराले निर्णय गरोस्, यो किसिमले निर्णय गरोस् भनेर त हुँदैन नि! पार्टी त संस्थागत र सामूहिक रूपले चलाउने कुरा हुन्छ। कुनै व्यक्तिको इच्छा र आकांक्षाअनुसार पार्टी चल्नुपर्छ भन्ने त होइन नि,’ उनको भनाइ थियो।

उपसभामुख तुम्बाहाङ्फेले सभामुख चयनको विषयलाई महिला र पुरुषको विषय बनाएकोमा पनि गुरुङले असन्तुष्टि जनाए। उनले भने, ‘यो महिला र पुरुषको कुरा होइन। संवैधानिक अवरोध फुकाउने कुरा हो।’संसदमा बहुमत भएको नेकपाले सभामुख अर्को दललाई दिन नसक्ने गुरुङको भनाइ थियो। उनले नेकपाले सभामुखमा उम्मेदवार तय गर्ने वातावरण बनि नसकेको धारणा बताएका थिए। – कान्तिपुर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

4 months ago
इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.