संसद विघटन प्रतिगमनको औजार, देउवाको ढुलमुले चरित्र थप चिन्ताको विषय – देवेन्द्रराज पाण्डे र कृष्ण पहाडी

0
102

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद विघटन प्रतिगमनको औजार भएको टिप्पणी गरेका छन् ।पाण्डे र पहाडीले संसद प्रधानमन्त्रीबबाट हालै भएको प्रतिनिधिसभा विघटन कार्य अलोकतान्त्रिक र निन्दनीय भएको बताएका हुन् ।

पाण्डे र पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको बताएका छन् । उनीहरूले भनेका छन्, ‘आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ ।’

विज्ञप्तिमा नागरिकमा बढ्दै गएको वितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरूले विगतमा गरेका गल्तिहरूप्रति क्षमायाचना गर्नुपर्नेमा जोड दिएका छन् । अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंबैधानिक, जनआकांक्षा बिरोधी र मुलुकको हित बिपरीत भएको बताए ।

प्रधानमन्त्री ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको बताउँदै पाण्डे र पहाडीले भने ‘आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ ।’

नागरिकमा बढ्दै गएको बितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरुले बिगतमा गरेका गल्तिहरु प्रति क्षमा याचना गर्न जोड दिएका छन् । साथै उनिहरुले भबिष्यमा त्यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्धता सहित सुशासनको प्रत्याभूति गर्न र सक्षम, सवल लोकतान्त्रिक प्रणालीको विकास र मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधिसभा भित्र र बाहिरका राजनीतिक शक्तिहरु एकजुट हुन विज्ञप्तीमार्फत आह्वान गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया