आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा धरान नगरपालिकाको मेयर पदका नेकपा पत्यासी प्रकाश राइको प्रस्तावक पूर्व मेयर पत्नी इन्दु सुब्बा बसेकी छन्।स्वतन्त्र उम्मेदवारी दिने चर्चा भएकी सुब्बाले बुधबार भएको मनोनयनमा नेकपा उमेदवार राईको प्रस्तावक बनेकी हुन्। सुब्बा हङकङ बाट केही दिन अगाडि मात्रै धरान आएकी थिइन्।

२०७५ साउन १ मा उपचारका क्रममा मृत्यु भएका नेकपाकै पूर्व मेयर तारा सुब्बाको स्थानमा उनकी पत्नी उठ्नुपर्ने केहीले तर्क गर्दै आएका थिए।बुधबार नेकपाका प्रकाश राईसँगै नेपाली कांग्रेसबाट तिलक राईको उमेदवारी दर्ता गराएका छन्।

यस्तैगरी, संघीय समाजवादी पार्टीबाट गजेन्द्र इस्बो, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदबाट अमर इजमको मनोनयन परेको छ। धरानमा मेयर पदका लागि ११ दलीय र ११ स्वतन्त्र उमेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यसैगरी धरान ७ को वडा अध्यक्षका लागि नेकपाबाट जीवन कुमार सुवेदी र नेपाली कांग्रेसबाट सुवर्णमान पालिखेको मनोनयन भएको छ। वडा अध्यक्षमा दलीय र स्वतन्त्र गरेर दर्जन उमेदवारको मनोनयन भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया