सम्पादकीय टिप्पणीः पश्चिमाहरुका र त्यहाँ निर्मित मष्तिष्कहरुको रुस तथा चीनलाई हेर्ने र बुझ्नने दृष्टि कहिल्यै सकारात्मक रहेन। यस्तो मष्तिष्क पूर्वी मुलुक र त्यहाँका निवासीहरुका लागि समेत निम्नस्तरको रुपमा सोच्दछ। यस्ता अनेकन ऐेतिहासिक लेखन, कथन र मामलाहरु छन्। यसै मध्ये हालै अमेरिकामा हुने राष्ट्रपतिको प्रत्यासी उमेद्वार स्याण्डर्सका विरुद्ध गरिएका मिडियाका प्रचार र डेमोक्रयाटिक पार्टीकै संस्थापन पक्षले अपनाएको व्यवहार नै काफी छ। यसलाई अझ राम्ररी दृष्टान्त दिनका लागि यहाँ यो एक छोटाे आलेख प्रसार गरिएकोछ।
लोकप्रिय डेमोक्र्याट सिनेटर स्यान्डर्सले वास्तवमा नै सन् १९८८ मा विवाह गरे लगत्तै सोभियत संघमा भ्रमण गरेका थिए र त्यस भ्रमणलाई उनको “आश्चर्मय हनीमून” पनि भनियो। बर्नी स्यान्डर्स “कम्युनिज्मलाई यत्ति धेरै मन पराउँथे कि उनले सोभियत संघमा हनीमून गरे, ” न्यू योर्कका पूर्व मेयर रुडी जियुलियानीले डेमोक्र्याटको राष्ट्रपति पदको एक अग्रणी अप्रत्यासीका बारेमा हालै एक ट्वीट गरे।
Warren lecturing Bloomberg on not telling the truth is maybe the most ridiculous moment in this “debate”.
At least Bernie is honest about who he is: a Socialist who liked Communism so much he honeymooned in the brutal Soviet Union!
— Rudy W. Giuliani (@RudyGiuliani) February 26, 2020
र, यो सत्य हो। सन् १९८८ मा सिनेटर स्यान्डर्सले विवाह गरे सोभियत संघको भ्रमण गरेका थिए र यो पनि साँचो हो कि उनका साथ नयाँ श्रीमती जेन स्यान्डर्स पनि थिइन्।उनको भ्रमणका बेलामा उनी भेष्टमात्र लगाएको, केहि रूसीहरुसँग खाना सँगै लिइरहेको र धोद्रो श्वर भएपनि जोशिएर गाइरहेको भिडियो क्लीप पनि प्रसारमा आएकोछ।
तर, के यो वास्तवमै स्यान्डर्सको हनीमून थियो त? कोही कोही पत्याउछन् र भन्छन् मामला गम्भीर छ। उदाहरणको लागि, विस्कॉन्सिनका पूर्व गभर्नर स्कट वाकरले व्यावहारिक रूपमा स्यान्डर्सलाई रूससँग साँठगाँठ भएको आरोप समेत लगाए।वास्तवमा, सेनेटर स्यान्डर्सले आफ्नी श्रीमतिसँग “आश्चर्मय हनीमून” भएको भन्दै भ्रमणबारे शुरुमा मजाक गरेका थिए।
बर्लिंग्टन, भर्मोन्टको मेयरको हैसियतमा भ्रमणमा निस्कँदा स्यान्डर्सले आफ्नो समाजवादी राजनैतिक दृष्टिकोण खुल्लमखुल्ला घोषणा गरेका थिए। उनको सोभियत संघको भ्रमण भने अमेरिकाको बर्लिंग्टन र रुसको यारोस्लाभ बीच भगिनी शहरको सम्बन्ध स्थापना गर्नका लागि थियो। उनकी श्रीमती त्यस समयमा मेयरको युवा कार्यालयको निर्देशकको रूपमा कार्यरत थिइन् र त्यस भ्रमणमा उनी मेयरको कार्यालयका अन्य अधिकारीहरूसहित सामेल थिइन्।
Does this shock anyone?
Bernie Sanders went on his honeymoon to the Soviet Union. As James Carville said, Bernie Sanders is a communist. pic.twitter.com/O5tAMa5jbI
— Scott Walker (@ScottWalker) February 22, 2020
ती शीतयुद्धका अन्तिम दिनहरु थिए। अमेरिका र सोभियत संघ बीच त्यति तनाव तीव्र थिएन। तथापी ती बीच वैश्वीक वैचारिक मुठभेड उच्च भएपनि यी मुलुकहरूको सम्बन्धमा एक प्रकारको संशय भने थियो। यद्यपि स्यान्डर्सको सोभियत संघको भ्रमणले शीतयुद्धको अवसथमा कुनै उल्लेखनीय परिवर्तनहरू गर्न सकेन, जे होस्, यो दुई वैश्विक शक्तिहरू बीचको द्विपक्षीय सम्बन्धलाई सामान्यीकरण गर्ने मार्गमा भने एक कदम थियो।
स्यान्डर्सको भ्रमणको परिणाम स्वरूप, १९८८मा बर्लिंगटन र यारोस्लाभेलको बीचमा भगिनी सम्बन्ध स्थापित भयो। फलस्वरूप, दुई शहरहरूमा राजनीतिज्ञहरू, व्यवसायिक प्रतिनिधिहरू, संगीतकारहरू, दमकलकर्मीहरू, विद्यार्थीहरू, पुस्तकालयहरू इत्यादि बीच असंख्य आदानप्रदान हुनसक्यो। केही रूसी विद्यार्थीहरूले चम्प्लेन कलेजमा पढ्न पुगे जसको परिणाम अंग्रेजी बोलाई कक्षा यारोस्लाभ शहरको पुस्तकालयमा संचलान हुनसक्यो।
उक्त भ्रमण पछि आयोजित प्रेस सम्मेलनमा स्यान्डर्सले मस्को मेट्रो प्रणाली र विभिन्न सोभियत कला सम्बन्धी कार्यक्रमहरूको प्रशंसा गरे। हनीमून हो कि होइन, तथापी स्यान्डर्स र उनकी पत्नी भ्रमणपछि प्रशन्न थिए तर हालसम्म पनि उनका केही आलोचकहरूले “बोल्सेभिक बर्नी” उपनाम दिएका छन्।
स्रोतः रसियन वियोण्डमा मार्च ६, २०२० मा प्रसारित।