Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

हामीले कसैलाई गालीगलौज गर्नु हुँदैन। कसैले पनि आफ्नो तहभन्दा तल्लो वा निम्छरो कुरा गर्नु हुँदैन। रिसराग व्यक्त गर्नका लागि मुखले कसैलाई पिर्न आवश्यक छैन। हामी त राजनीति गर्ने मान्छे हौँ, राजनीतिक र वैचारिक प्रणालीमा मुखले गालीगलौज गरेर उँभो लाग्न सकिँदैन ।

दिनानाथ शर्मा दिनानाथ शर्मा
बैशाख २१, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राजनीतिबाट आफूलाई केही फाइदा हुन्छ भनेर होइन, बरु राष्ट्रलाई केही दिनुपर्छ भनेर हामी जनयुद्ध पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका हौँ। वि.सं. १९९७ का शहीदहरूले हामीलाई देखाएको बाटो पनि त्यही हो। सोही भावनाअनुसार हामीले कुर्बानीमार्फत गणतन्त्र ल्यायौँ। र, हामी माओवादी पनि देशलाई केही दिन सकिएला भन्दै संसदीय राजनीतिमा प्रवेश गरेका हौँ। तर संसदीय राजनीति चाहिँ ‘देशबाट केही लिनका लागि हो’ भन्ने संस्कार र संस्कृति हुने रहेछ। देशबाट लिने भन्ने कुरासँग हाम्रो सहमति छैन। देशका लागि बलिदान गर्नुपर्छ भन्ने मनस्थिति र संस्कृतिको अभ्यासबाट हामी आएको हुनाले संसदीय राजनीतितिर आउँदा अलिकति अप्ठ्यारो त लाग्ने नै भयो।

    युद्धकालको राजनीतिमा आदर्श र इमानदारिता हुन्थ्यो। जे भनिन्थ्यो, त्यही गरिन्थ्यो। तर संसदीय राजनीतिमा आइसकेपछि भनाई र गराईमा भने अन्तर हुने रहेछ। यस्तो राजनीतिमा लागिसकेपछि फाइदालाई केन्द्रमा राखेर जाने सोच बढी हुने रहेछ। शक्ति प्राप्तिका लागि सबै छलछाम, जालझेल र कुटनीतिहरू गर्ने चलन हुँदो रहेछ। हामी माओवादीलाई अप्ठ्यारो परेको पनि त्यहीँनिर हो। अहिलेसम्म पनि हामी जे भन्छौँ, त्यही गर्छौँ र सोही कारण हामीले समयसमयमा धोका पनि खाएका छौँ।

    जनताको स्वभाविक अपेक्षा

    सामाजिक संरचना र राजनीतिक प्रणाली जस्तो हुन्छ, मानिसको चेतना पनि त्यही प्रकारले विकास हुन्छ। जसलाई ‘पोलिटिक्स् इन कमाण्ड’ भन्छन्। आर्थिक संरचना अनुसारको समाजको बनोट, आर्थिक अवस्था, मान्छेको चेतना, सोच्ने तरिका र काइदा हुन्छ। त्योभन्दा फरक त राजनीति पनि हुँदैन। सामाजिक स्वरुप, संरचना, राजनीतिक प्रणाली र अर्थव्यवस्था लगायत सबै कुरा राजनीतिसँग जोडिएका विषय हुन्।

    हिजो माओवादी युद्धका दिनमा आफू शहीद हुनका लागि तयार हुनुपर्छ भन्ने खालको प्रशिक्षण थियो। युद्धमा जाँदाखेरी ‘एसल्ट ग्रुप’ अर्थात् सबैभन्दा अगाडि जाने समूहमा पर्न हानाथाप हुन्थ्यो। र, त्यसरी अगाडि जानु भनेको मर्न जानु जस्तै हो। तर त्यसकै लागि हानाथाप हुने गर्थ्यो। त्यही प्रशिक्षणबाट आएका कारण अहिले पनि हाम्रो पार्टी र पार्टीका नेताहरू बिग्रिएका छैनन्। हामीलाई आरोप लगाउने, लान्छना लगाउने र बद्नाम गर्ने प्रयत्न गर्ने काम भने निरन्तर हुन्छ। यो परिवर्तनसँग असहमत हुनेहरू हामै्रविरुद्ध खनिएरै लाग्ने स्थिति छ।

    र, संविधान बनाउने, राजतन्त्र हटाएर गणतन्त्र ल्याउने, संविधान कार्यान्वयन गर्ने, संविधान अनुसारका कानुन बनाउनेमा र संविधान तथा यो परिवर्तनको रक्षा गर्ने सन्दर्भमा सबैभन्दा अग्रगामी भूमिका त नेकपा माओवादीकै छ। हिजो संसद विघटन हुँदा या संविधानमाथि कुनै ठूलो संकट पर्दा दुई पटक प्रधानमन्त्री भएका अध्यक्ष प्रचण्ड सडकमा बसेर संविधानको रक्षाका लागि आन्दोलनको अगुवाई गर्ने काम गरेकै हुन्। २०५२ सालदेखि जनयुद्ध सुरु गरेको माओवादी आज पनि नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रुपमा रहेकै छ। र, नेपालमा हामीले जुन परिवर्तन गर्यौँ, त्यसअनुसार जनताले हामीबाट धेरै अपेक्षा गर्नु स्वभाविक नै हो।

    हामीले नेपालको उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगलाई नीति निर्माण गर्ने थलोमा र राष्ट्रिय राजनीतिको सबैभन्दा महत्वपूर्ण ठाउँहरूमा उपस्थिति जनाउने अवसर दिनका लागि लामो संघर्ष गर्यौँ र अन्तत: सफल पनि भयौँ। यो हामीले गौरव गर्ने विषय हो। जस्तै: स्थानीय तहको निर्वाचनको सन्दर्भमा करिब ४० प्रतिशत महिलाको उपस्थिति हुन्छ, त्यस्तै दलित, जनजाति, मधेशी र अपांगता भएका व्यक्तिहरूको पनि उपस्थिति हुन्छ। यी हामीले गरेका आन्दोलनका उपलब्धिहरू हुन्।

    समावेशी र समानुपातिक सिद्धान्तको आधारमा जनतालाई राजनीतिक अधिकार सम्पन्न बनाउने, राजनीतिक रूपमा जागरुक बनाउने र आवाज विहिनहरूमा आवाज भर्ने काम हामीले गर्यौँ। सोही कारण तिनै वर्ग, समूह, जाति र क्षेत्रले हामीबाट अझ बढी अपेक्षा गर्नु स्वभाविक हो। र, हामी जनताका अपेक्षा, निगरानी र खबरदारीको स्वागत र सम्मान गर्छौँ। ‘अरु पार्टी बिग्रिसकेका छन्, तर माओबादी नबिग्रे हुन्थ्यो’ भन्ने नै जनताको चाहना थियो। त्यो आकांक्षा राख्नु अन्यथा होइन। केबल हामीप्रतिको माया र सद्भाव हो। हामी यसको उच्च सम्मान गर्छाैँ।

    नीतिगत भ्रष्टाचार

    हामीले ठूलो राजनीतिक परिवर्तन गर्यौँ, त्यसै परिवर्तनबाट संविधान बन्यो। सोही अनुसार निर्वाचन पनि भयो। त्यसपछि हामीले जसरी जनताका समस्या सम्बोधन गर्ने स्पिरिटका साथ नेकपा बनाएर आएका थियौँ, तर त्यस नेकपाको एकतालाई हामीले कायम राख्न सकेनौँ। दोस्रो कुरा, नेपालमा राजनीतिक प्रणाली परिवर्तन भयो तर शासकीय प्रणालीमा परिवर्तन भएन। हामी नीति निर्माण गर्ने थलोमा पटक–पटक बस्यौँ, तर अहिले पनि २०२८ सालको शिक्षा ऐनलाई बोकेर हिँडेका छौँ, अनि कसरी शिक्षालाई सुधार गर्न सकिन्छ? जनताले चाहेको जस्तो शिक्षा प्रणाली कसरी लागु हुन सक्छ?

    पञ्चायतकालमा बनेको कानुनलाई नै बोकेर स्वास्थ्यमा सुधार गर्न सक्छौँ भनेर हामी आएका छौँ। त्यसकारण पनि हामीले राजनीतिक सुधार त गर्यौँ, प्रशासनिक सुधार भने गर्न सकेनौँ। प्रशासनिक सुधार गर्न नसकेका कारण अपारदर्शिता कायमै रह्यो र सुशासन हुन सकेन। माथि सत्तामा बस्नेले नै नीतिगत भ्रष्टाचार गर्ने गर्छन्, यसको अर्थ सत्ताको प्रयोग गरेर भ्रष्टाचार गर्ने गर्छन्। सत्तामा बस्नेले भ्रष्टाचारलाई समर्थन गर्ने खालको निर्णय गरेपछि अर्बौँको भ्रष्टाचार गरुन्जेल पनि उसलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने स्थिति हुन्छ। नीतिगत भ्रष्टाचार देखिन्छ, मिडियाले पनि बाहिर ल्याउँछ पनि, तर केही गर्न सक्ने अवस्था हुँदैन।

    नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकिकृत भएर नेकपा बनिसकेपछि पनि यो स्थिति भयो। प्रधानमन्त्रीय शासन प्रणाली भएकाले यसको अपजस पनि सबैभन्दा धेरै प्रधानमन्त्रीमा नै जान्छ। तर यसको अंशियारको रुपमा सरकारमा वा सत्तामा बसेका कारण हामी पनि दोषका भागीदारी हुनुपर्छ। त्यस्तै, प्रशासनिक रुपमा भ्रष्टाचार हुने गर्छ। जनतालाई सेवा दिने काम भन्दा पनि जनताबाट बढी भन्दा बढी कसरी फाइदा लिन सकिन्छ भनेर जाने प्रवृत्ति हिजैदेखिको हो। पञ्चायत कालदेखि नै प्रशासनको क्षेत्रमा मौलाएर आएको स्थिति परिवर्तन पछि पनि कम हुन सकेन।

    यसका लागि केही हदसम्म प्रणालीगत समस्या पनि हो। उदार पूँजीवादी प्रणालीमा भ्रष्टाचार र तस्करी जस्ता कार्य नभएको कहीँ पनि छैन। नेपालका म्याग्दी र बाग्लुङमा बन्ने चरेस अमेरिकासम्म लैजाने र बेचबिखन हुने गर्छ र त्यहाँ बनेका वस्तुहरू यहाँसम्म पनि आइपुग्छन्। तस्करीका यस्ता कथाहरू यो पूँजीवादी प्रणालीमा धेरै छन्।

    पूँजीवादी प्रणालीले धेरै भन्दा धेरै पूँजी संकलन गर्नुपर्छ भन्ने मानसिकतालाई प्रवद्र्धन गरेको छ। यस प्रणालीको मौलिकता भनेको समाज, सामाजिक संगठन, सामाजिक विकास र समुदायको हित भन्दा बढी भ्रष्टाचार हो। यो प्रणालीमै सुधार गरेर हामीले समाजवादी अर्थतन्त्र अर्थात् व्यक्तिलाई नभएर समाजलाई प्राथमिकता दिने अर्थतन्त्र अपनाउनु पर्छ। कुनै एउटा दल र व्यक्ति विशेषलाई प्रमुखता दिएर होइन, राष्ट्र र जनतालाई केन्द्रमा राखेर सामाजिक संरचनाको नयाँ किसिमले विकास गर्नुपर्छ, त्यो नै समाजवाद हो।

    हामीले यो संविधान मै ‘समाजवाद उन्मुख अर्थराजनीतिको विकास गर्ने’ कुरा उल्लेख गरेका छौँ। तर व्यवहारलाई भने उल्लेखित दिशातर्फ सोझ्याउन सकेका छैनौँ। यो सत्तालिप्सा किन हुन्छ भने सत्तामा बस्ने व्यक्ति, माथिल्लो तहमा पुगेपछि नीतिगत भ्रष्टाचार मौलाउँछ।

    जनतालाई अवसर

    हाम्रो पार्टीका अध्यक्ष दुई पटक प्रधानमन्त्री हुनुभयो। उहाँ पहिलो पटक प्रधानमन्त्री हुँदा राजनीतिक संक्रमणको अवस्था थियो। त्यसलाई निकास दिनुपर्ने अवस्था थियो। दोस्रोपटक प्रधानमन्त्री हुँदा संविधानको घोषणा गराउनुपर्ने थियो, जसका लागि सम्झौता गर्नुपर्ने थियो। यो संविधान सम्झौताको दस्तावेज हो, यसै गरी यो प्रणाली पनि सम्झौताको दस्तावेज हो। यसमा जनतालाई पर्याप्त अधिकार पुगेको छैन भन्ने हाम्रो असहमतिसँगै हामीले संविधानसभाबाट संविधान घोषणा गरेर आएका हौँ। यसमा केही संशोधन र परिमार्जन गर्नुपर्छ।

    मूल सङ्लो भयो भने कुलो सङलो हुन्छ। मूल धमिलो भयो भने कुलो सङलो बनाउँछु भनेर जति मेहेनत गरेपनि गाह्रो हुन्छ। यसको अर्थ, जोमाथि नेतृत्व गर्ने छ, सर्वोच्च स्थानमा बस्ने नेतृत्व वर्ग वा नेता, चाहे त्यो प्रशासन क्षेत्रको नेता होस्, सचिवहरू वा चाहे राजनीतिक पार्टीका शीर्षस्थानका नेताहरू हुन्, त्यो सङ्लो भयो भने नै तल्लो तह आफैं सङ्लो हुन्छ।

    त्यसकारण तल सङ्लो बनाउनका लागि जनताले नै आवाज उठाउनुपर्छ। मिडियाले खबरदारी गर्नुपर्छ। मिडियाले खबरदारी नै गर्ने हो, सम्झौता होइन। खबरदारी गर्न, निगरानी गर्न र सम्झौता गर्ने संस्कारलाई बदल्नका लागि हामीले अब आत्मकेन्द्रित भएर होइन, दलकेन्द्रित भएर होइन, जनता र राष्ट्र केन्द्रित भएर काम गर्नुपर्छ। यो संस्कार र संस्कृतिको विकास गर्न र नयाँ पुस्तालाई पनि जनताको हितमा काम गर्ने संस्कार सिकाउनका लागि प्रयत्न गर्नुपर्छ। हाम्रो शिक्षा प्रणालीलाई पनि त्यही दिशातिर अग्रसर गराउनुपर्छ र सबैभन्दा ठूलो काम अपारदर्शिताबाट फाइदा लिन खोज्ने शक्तिलाई दण्डित गर्नुपर्छ।

    ठूलाठूला राजनीतिक परिवर्तनहरू जनताले नै गरे। अहिले निर्वाचनको समय छ, यो निर्वाचनमा जनताले सक्षम र इमानदार प्रतिनिधि छानेर नै भ्रष्टाचारीलाई दण्डित गर्ने र मूल सङ्ल्याउने काम गर्नुपर्छ। आफ्नो दलको प्रतिनिधि भनेर मात्रै होइन, दलभित्र पनि राम्रो मान्छे उठेको छ/छैन भनेर विचार गरेर मत हाल्नुपर्छ। यदि आफूले जिताएको मान्छे गलत रहेछ भने भोलि समस्या हुन्छ भन्ने कुरामा जनताले पनि विवेक पुर्याउनुपर्छ।

    अहिले स्थानीय नेताले स्थानीय नीति निर्माण गर्ने काम गर्छ, व्यवस्थापन तथा प्रशासनिक काम पनि गर्छ, त्यसकारण हामीले सिंहदरबारको काम तलसम्म पुर्यायौँ भनेका छौँ। अब जनताले असल र खारिएको मान्छेलाई नै नीति निर्माण गर्ने ठाउँमा पठाउनुपर्छ। दललाई हेरेर होइन, व्यक्तिलाई हेरेर पठाउनुपर्छ। इमानदार मान्छेलाई नै ठाउँमा पठाउने संस्कारको विकास गरिनुपर्छ। हामीले टिकट छान्दा त योग्य मान्छे भनेर नै दिन्छौँ, योग्यमध्ये पनि योग्य मान्छे हुनुपर्छ। असल मान्छे नीति निर्माण गर्ने थलोमा पुग्यो भने मात्रै भ्रष्टाचारको न्युनिकरण र सुशासनको सम्भावना छ। त्यसैले यो अवसर जनतालाई छ। स्थानीय तहमा मात्रै होइन, प्रदेश र संघीय प्रतिनिधि सभाको निर्वाचनमा पनि जनताले विवेकपूर्ण ढंगले प्रतिनिधि पठाएमात्र यो सम्भव छ।

    निर्वाचन प्रणालीमा सुधार

    स्थानीय तहको निर्वाचनमा महिला र दलितको प्रतिनिधित्व अनिवार्य गरिएको छ। हामीले नीतिगत रूपमै यस खालको सुधार गरेका छौँ। यसरी हेर्दा अनिवार्य रूपमै उहाँहरूको उपस्थिति हुन्छ। हुनत निर्वाचनमा पैसाको खेल हुने भनिएपनि स्थानीय तहको स्तरमा हेर्दा सबै पार्टीका दलका महिला र दलित प्रतिनिधिहरूको लगभग समान हैसियत नै देखिन्छ। त्योभन्दा अलि माथि प्रदेश र केन्द्रतिर आउँदा पैसावाल, ठेकेदार र गुण्डागर्दी गराउने नेताहरूले नै जित्ने खतरा हुन्छ। निर्वाचन प्रणालीले यो संस्कारलाई केही कम गर्ने प्रयत्न त गरेको छ। तर माथिल्लो निर्वाचन सबैभन्दा खर्चिलो भएको कुरा हामीले पनि महशुस गरेका छौँ।

    त्यसैले हामीले पहिलेदेखि नै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने कुरामा जोड दिएका थियौँ। व्यक्ति–व्यक्तिलाई मत हाल्ने, व्यक्तिले मत खरिद गर्ने वा पैसाको बलमा जित्ने स्थितिको अन्त्य गर्नका लागि दललाई दिने पूर्ण समानुपातिक प्रणाली नै अहिलेको मिश्रित प्रणालीको एउटा विकल्प हुनसक्छ भनेर छलफल भइरहेको छ। यद्यपि निर्वाचन आयोगले पनि कानुन बनाएर यो मिश्रित प्रणालीमा हुने गरेका अपारदर्शितालाई केही हदसम्म नियन्त्रण गर्ने प्रयत्न गरेको छ।

    त्यसैले हामीले निर्वाचन प्रणालीमा सुधार गर्न जरुरी छ। दोस्रो कुरा, समावेशी समानुपातिक सिद्धान्तको आधारमा नीति निर्माण गर्ने ठाउँमा तल्लो वर्गबाट वा भूइँ मान्छेलाई माथि उठाउने वातावरण सहज बनाउने प्रकारले संविधानमा संशोधन गरेर जानुपर्छ। त्यसको माग मधेशले पनि गरिरहेको छ। त्यसकारण संविधान संशोधन गरेर समावेशी समानुपातिक सिद्धान्तलाई व्यवस्थित गर्न आवश्यक छ। यसैगरी निर्वाचन प्रणालीलाई पनि सुधार गरेर जानुपर्छ। हुन त संघियता लागु भएयता हामीले निर्वाचनको अनुभव मात्रै गरिरहेका छौँ, यही अनुभवकै आधारमा सुधार गरेर जानुपर्छ भन्ने कुरामा विमति छैन।

    कम्युनिष्टहरूको एकता

    हिजो पार्टी एकता गराउने सन्दर्भमा पनि एमाले र माओवादीसहित अरु कम्युनिष्ट पार्टीहरू एक ठाउँमा आउनुपर्छ भन्ने बारेमा दुई मत थियो। एकथरी साथीहरू एकता सम्भव छैन भन्थे। तर मचाहिँ पार्टी एकताको पक्षधर हो। हिजो पुष्पलालसँगको संगतबाट २०२३ सालमा कम्युनिष्ट पार्टीको सदस्य भएदेखि आजसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमा लाग्ने क्रममा कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्छ भन्नेमा नै मेरो जोड थियो।

    तर कुनै समय म आफैँ बसेको पार्टी नेकपा मसाल, जहाँ मोहनविक्रमजीको स्कुलिङ थियो, त्यो स्कुलिङबाट आएका साथीहरू आज २०/२२ वटा पार्टीमा विभाजन भइसके। यो संस्कार र संस्कृतिको बारेमा हामी वामपन्थीहरूले आत्मसमीक्षा गरेर जानुपर्छ भन्ने कुरा मैले पटक–पटक राख्दै आएको छु। हिजो पार्टी एकता गराउने कुरामा पनि मैले जोड दिएँ र पार्टी विभाजनसम्म आउँदा विभाजन हुन दिनु हुँदैन भन्ने कुरा राखेको हुँ। पार्टी विभाजनले राम्रो स्थिति ल्याउदैन, एकता कायम राख्नुपर्छ, बरु त्यहाँ भित्रका कमीकमजोरीहरूको मूल्यांकन गरौँ, तर नहतारिऔँ र पार्टी एकतालाई कायम गरौँ भन्ने हिसाबले मैले जोडदार आवाज बुलन्द गर्दै आएको थिएँ।

    जनताले पनि कम्युनिष्टहरू एक भए भनेपछि विश्वास गरेर दिएको जनमत थियो। दुईतिहाई नजिकको जनमत कम्युनिष्टहरू एक हुनुपर्छ भन्ने कुराको सन्देश हो। तर हामीले त्यसलाई कुठाराघात गरेका छौँ। अहिले नेताहरूका आकांक्षा, महत्वाकांक्षा, सत्तास्वार्थ र विशेषगरी गुटस्वार्थ माक्र्सवाद सम्मत छैन र यो कम्युनिष्ट सिद्धान्त र दर्शन अनुरुप पनि होइन। बरु यो पूँजीवादी संस्कार हो। यसखालको प्रतिस्पर्धा कम्युनिष्ट पार्टीभित्र भएका कारण हामीले दु:ख पाएको अवस्था छ।

    पार्टी एकताको सन्दर्भमा असम्भव केही पनि छैन। असम्भवलाई सम्भव बनाउने हो। म आशावादी छु कि नेताहरूको मनस्थिति सधैँ एउटै भइरहँदैन, परिवर्तन हुन्छ। अब यो निर्वाचन हुन्छ, यसले एकखालको परिणाम दिन्छ र भोलिका दिनहरूमा समग्र वामपन्थी शक्तिहरूलाई एकताबद्ध गरेर जानुपर्छ भन्ने जनताको चाहना र ढुकढुकीलाई मूर्तिकरण गर्नका लागि पनि कम्युनिष्टहरू एकठाउँमा आउने वातावरण सिर्जना गर्नुपर्छ।

    गालीगलौज नगरौँ

    जब कम्युनिष्टहरू तितरवितर हुन्छन्, त्यसपछि फेरि एक ठाउँ हुनुपर्छ र शक्ति संचय गर्नुपर्छ भन्नका लागि दुईवटा कारण हुनसक्छन्। एउटा बाहिरी र अर्को आन्तरिक कारण। कम्युनिष्टहरूलाई देख्नै नचाहने वा सहन नसक्ने कुनै शक्तिले नराम्रोसँग पेलेर जान थालेपछि एकताको मनस्थिति आउँछ, त्यो बाहिरी कारण हो। जसले कम्युनिष्टलाई एकठाउँमा आउन प्रेरित गर्छ। यसैगरी अर्को आन्तरिक वा संगठनात्मक कारण हुन्छ, जसले हिजोका अनुभवहरू, फुट, विभाजन विखण्डनबाट उत्पन्न भएका कठिनाई र त्यसले पारेका समस्या, असफलताहरू लगायत सबैको आत्मसमीक्षा गरेर फेरि नयाँ ढंगले अगाडि आउने र एकताबद्ध हुने परिस्थिति सिर्जना गर्छ।

    अहिले हामीले कसैप्रति आग्रह र दुराग्रह राख्नुहुँदैन। म सबै नेपाली जनता वा वामपन्थी आन्दोलनमा लागेका युवा साथीहरूलाई भन्ने गर्छु– हामीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो कसैलाई गालीगलौज गर्नु हुँदैन। कसैले पनि आफ्नो तहभन्दा तल्लो वा निम्छरो कुरा गर्नु हुँदैन। रिसराग व्यक्त गर्नका लागि मुखले कसैलाई पिर्न आवश्यक छैन। हामी त राजनीति गर्ने मान्छे हौँ, राजनीतिक र वैचारिक प्रणालीमा मुखले गालीगलौज गरेर उँभो लाग्न सकिँदैन । त्यसकारण हामीले कसैलाई गालीगलौज गरेर वातावरण बिगार्नु हुँदैन। सबै संयमित बनेर जस्तोसुकै परिस्थितिको सामना गर्दै गयौँ भने भोलि एकताबद्ध हुने परिस्थिति आउँछ।

    दूरदर्शीता

    हामीले अहिलेको समस्या र परिस्थितिको विश्लेषण गर्ने, इतिहासको समीक्षा गर्ने र भोलिका दिनलाई परसम्म देख्न सक्नेगरी विचार हुनुपर्छ। वामपन्थी आन्दोलनको अहिलेको संकट भनेको विचारको संकट हो। केही पनि नदेख्ने र तत्कालको स्वार्थ मात्रै देख्ने कम्युनिष्ट पार्टीहरूको समस्या हो। हामी अलि पर कहाँसम्म जाने हो, राष्ट्रलाई कहाँसम्म लैजाने हो, देशका सम्पूर्ण जनता र तल परेका जनताको आर्थिक अवस्था कसरी सुधार्ने हो, राष्ट्रलाई आर्थिक रुपमा आत्मनिर्भर र समृद्ध कसरी बनाउने भन्ने दिशातिर फर्किएर अलि परसम्म सोच्नुपर्छ।

    दूरदर्शी हुन नसक्ने, नजिकको मात्रै सोच्ने, गुटभित्रका साथीलाई फाइदा दिन मात्रै केन्द्रित हुने र यसबाट के फाइदा लिन सकिन्छ भनेर मात्रै सोच्ने समस्या हामीभित्र छ। यसबाट कुनै परिवर्तन हुने सम्भावना छैन। त्यो बाटो गलत हो। सबै वामपन्थी दलहरूभित्र यो गलत चिन्तनले समस्या दिइरहेको छ।

    तर हामीले सोच्ने र छलफल गर्ने काम अलि भिन्न तरिकाले गर्न सक्छौँ। हामीले देशलाई कसरी अगाडि बढाउन सक्छौँ, यसलाई परिवर्तन गर्न र भएका परिवर्तनलाई कसरी सदृढ गर्न सक्छौँ भनेर अघि सर्नुपर्छ। हामीले शिक्षामा सुधार, रोजगारीको ग्यारेन्टी, अर्थतन्त्रको विकास र देशलाई आर्थिक रुपले सम्पन्न र समृद्ध बनाउनुपर्ने छ। यसका लागि हाम्रा स्रोत साधनहरूलाई हामीले अधिकतम प्रयोग गर्नुपर्ने छ।
    यसैगरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नेगरी हामी अगाडि जानुपर्ने आवश्यकता छ। यी सबै विषयलाई केन्द्रमा राखेर सोच्ने एउटा सक्षम नेता, त्यो पनि नयाँ पुस्ताको नेता विकास गरेर जानुपर्ने छ। नयाँ पुस्ताबाट त्यस प्रकारको शक्ति र व्यक्ति निस्कियोस् वा हामीले त्यस प्रकारको व्यक्तिलाई निकाल्न सकियोस् भन्ने हाम्रो प्रयत्न हुनुपर्छ।

    माओवादी केन्द्रका नेता दीनानाथ शर्मासँग नेपाल रिडर्सका लागि मेनुका बस्नेतले गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      दिनानाथ शर्मा

      दिनानाथ शर्मा

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.