Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सहज छैन प्रधानमन्त्रीलाई संसद् विघटन र मध्यावधि

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार १८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टीभित्रैबाट घेराबन्दीमा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित बहुसंख्यक स्थायी समिति सदस्यहरू ओलीविरुद्ध खडा भएका छन् ।

    मंगलबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई ‘तपाईंको राजीनामा मैले मागेको’ भन्दै सीधासीधा दाहालले ‘फायर ओपन’ गरेपछि ओली र ओली इतरसमूह आमनेसामनेको अवस्थामा पुगेका छन् ।

    झम्सीखेलस्थित एक रेस्टुरेन्टमा बुधबार बेलुका ओली इतर समूहका नेताहरूको छुट्टै भेला बस्यो । भेलाले ओलीविरुद्ध मोर्चा कस्दै लैजाने निष्कर्ष निकालेको छ । बैठकपछि ओलीका चर्का आलोचक नेकपा स्थायी समिति सदस्य भीम रावलले बैठकले ओलीले पार्टी निर्णय नमानेको निष्कर्ष निकालेको बताए ।

    उनले भने, “कतिपय जिम्मेवार नेताहरूले पार्टीको निर्णय मान्नुपर्ने अवस्था आए, विधिअनुरूप चल्नुपर्ने अवस्था आए, पार्टीको निर्णय कार्यान्वयन गर्नुपरे त्यसको सट्टा बरू पार्टी नै फुटाउने हो भन्नेजस्ता अभिव्यक्ति आएका छन् । पार्टीको निर्णय सबैले मानेर जानुपर्छ । बैठकमै छलफल गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।”
    उनको भनाइ प्रधानमन्त्री ओलीतर्फ लक्षित छ ।

    ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउनुपर्छ भन्ने मत नेकपाभित्र बलियो बन्दै गएको छ । ओलीले प्रधानमन्त्रीसँगै पार्टी अध्यक्षबाट पनि हटाउनुपर्ने कतिपय स्थायी समिति सदस्यको मत थियो ।चौतर्फी घेराबन्दी भएपछि अब ओलीले के गर्न सक्छन् भन्नेबारे पनि चर्चा सुरु भएको छ ।

    संसद् विघटन र मध्यावधि सम्भव छ ?
    प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी भए पनि सहजै राजीनामा दिने देखिँदैन । पार्टीभित्र असहज अवस्था आए पनि संसदीय दलमा संकट नपरेसम्म ओली टसमस गर्ने अवस्था नरहेको उनी इतर समूहको विश्लेषण छ । तर, संसदभित्र अप्ठ्यारो अवस्था आए ओली संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको बाटोमा जान सक्ने चर्चा पनि सुरु भएको छ ।

    तर, कानुनका जानकारहरू अहिले संविधानको व्यवस्थाअनुसार पनि प्रधानमन्त्रीलाई संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको अधिकार नभएको बताउँछन् ।

    संविधानविद् भीमार्जुन आचार्य प्रधानमन्त्री वा सरकारले चाहँदैमा संसद विघटन र मध्यावधि निर्वाचन हुन नसक्ने जिकिर गर्छन् । नेपालको संविधानमा संसद विघटनको व्यवस्था छैन । संविधान संसद् विघटन र मध्यावधि निर्वाचनको विषय मौन रहेको उनी बताउँछन् । अर्का संविधानविद् विपिन अधिकारी संविधानअनुसार मध्यावधि निर्वाचन गराउन संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँछन् ।

    प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे त्यो अदालतको विषय नबन्ने अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन् । “संसद विघटन अहिलेको अवस्थामा धेरै परको कुरा हो । राष्ट्रपति र प्रधानमन्त्रीको कुरा मिल्ने भएको हुनाले संविधान देखाजायगा, राष्ट्रपतिले स्वीकृत गरिहाल्नुहुन्छ नि भन्ने अर्थमा कतिपयले हेरेका छन् । त्यो कुरा सम्भव छैन । त्यसो भए पनि अदालतले रोक्छ,” उनले भने ।

    संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकालबारे व्यवस्था छ । जसमा ‘यस संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ ।’यसको अर्थ संविधानको धारा ८५ ले संसद विघटन हुन सक्ने सम्भावनालाई नकारेको भने छैन ।तर विघटन कुन अवस्थामा कसरी हुन्छ भन्नेबारे संविधान मौन छ ।

    संविधानविद् आचार्यले सो व्यवस्थाबारे प्रस्ट पार्दै भने, “त्यो विघटन सरकार निर्माणको प्रक्रियामा मात्रै सम्भव छ । जस्तो कि अहिलेकै सरकारलाई हेर्नुभयो र पार्टीहरू फुटे अनि विश्वासको मत लिनुपर्ने अवस्था आएको खण्डमा र विश्वासको मत प्राप्त गर्न नसकी अर्को सरकार गठन हुन सकेन भने मात्रै संसद विघटन हुनसक्छ । त्योबाहेक अन्य अवस्थामा संसद विघटन हुनसक्ने अवस्था छैन ।”

    ओलीमाथिको संकट संवैधानिक कि राजनीतिक ?
    ओलीमाथि पार्टीभित्र दुई अवस्थामा साँच्चैको गहिरो संकट पर्न सक्छ । पहिलो, संसदीय दलको नेताबाट हटाएमा । दोस्रो, साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेमा ।

    दोस्रो अवस्थामा पार्टीले कारबाही गरे स्वतः सांसद पद जाने र संसद नभएको व्यक्ति प्रधानमन्त्री नहुने भएकाले ओलीको बहिर्गमन हुनेछ । यो अवस्था अहिले नै कल्पना गर्न नसकिने नेकपाका धेरै नेताको बुझाइ छ । तर, विवाद र इगो बढ्दै गए त्यहाँसम्म नपुग्ला भने भन्न नसकिने नेकपाका एक स्थायी समिति सदस्य बताउँछन् । ओलीलाई पार्टीबाट हटाएमा भने उनीमाथि संवैधानिक संकट सुरु हुनेछ ।

    पहिलो अवस्था संसदीय दलको नेताबाट हटाउने । तर, पछिल्लो आन्तरिक समीकरण हेर्दा संसदीय दलमा भने ओली नै बलियो रहेको उनी पक्षको दाबी छ । समीकरणमा परिवर्तन आए र संसदीय दलको नेताबाट ओली हटाइए भने नयाँ डिस्कोर्स सुरु हुनसक्छ ।

    संविधानले प्रधानमन्त्री हुन संसदीय दलको नेता हुनुपर्ने व्यवस्था गरेको छ ।

    संसदीय दलले हटाए पनि प्रधानमन्त्री निर्वाचित हुँदा दलको नेता रहेको र प्रधानमन्त्री कायम रहिरन दलको नेता भइरहनुपर्ने व्यवस्था संविधानमा नभएको भन्दै ओलीले अडान भने लिन सक्ने अधिवक्ता अर्याल बताउँछन् । “प्रधानमन्त्री कायम रहन पनि संसदीय दलको नेता भइरहनुपर्छ भन्ने मेरो बुझाइ हो । दलको नेताबाट हटेमा स्वतः राजीनामा दिनुपर्छ,” उनले भने ।

    ओलीमाथि राजनीतिक वैधताको संकट !
    संसदीय व्यवस्थामा राजनीतिक दलले सरकार बनाउँछ । सरकारमा पार्टीले नै प्रधानमन्त्री, मन्त्री बनाउँछ । पार्टीभित्रैबाट अविश्वास सिर्जना भए पनि त्यस्तो अवस्थामा प्रधानमन्त्री वा मन्त्रीमाथि नैतिक संकट आइपर्छ । अहिले प्रधानमन्त्री ओलीमाथि त्यस्तै संकट छ ।

    “पार्टीकै अविश्वास भएपछि राजीनामा दिनुपर्छ । कानुनी वैधताभन्दा पनि राजनीतिक वैधता सकियो । प्रधानमन्त्री ओलीको राजनीतिक वैधताको संकट सुरु भइसक्यो,” उनले भने, “कानुनतः प्रधानमन्त्रीका रूपमा अस्तित्वमा रहे पनि पार्टीभित्रैबाट अविश्वास हुँदा पनि जनताको विश्वास रहँदैन । ओलीको नेतृत्वमा राजनीतिक वैधताको संकट आइसक्यो । राजीनामा दिएर निकास दिनु उपयुक्त हुन्छ ।” – बाह्रखरी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.