प्रेस स्वतन्त्रता हनन गर्नेमा बेलायत, जर्मनी र ईटालीसहित दजनौं मुलुक

चीन, रुस, भारत र संयुक्त राज्य जस्ता महाशक्ति देश होउन कि जर्मनी, बेलायत र इटली जस्ता प्रमुख युरोपेली प्रजातान्त्रिक मुलुकपनि कोरोना भाइरस संकटको बेला स्वतन्त्र प्रेसलाई उल्लंघन गर्नेमा परेका छन् । विश्वभरिको प्रेस स्वत्नत्रता अनुगमन र रक्षा गर्ने रिपोर्टर्स विद आउट बोडरर्सले ति देशले प्रेस स्वतन्त्रता उल्लंघन गरेका घटना दस्ताबेजिकरण गरेको हो ।

बोरडर्सका अनुसार संयुक्त राष्ट्र संघको सदस्य रहेका ४७ प्रतिशत देशहरुलेनै स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गरेका छन् ।कोरोना भाईरस संक्रमणबारे खोजि गर्दा, रिपोर्टिङमा जाँदा प्रेस स्वतन्त्रता उल्लंघन नभएको विश्वको कुनैपनि ठाउँ अछुतो नरहेकोपनि रिपोर्टमा उल्लेख छ । ३२ वटा देशहरु उल्लंघनमा अति प्रभावशिल देखिएका छन् जसमध्ये अफ्रिकामा सबैभन्दा बढि उल्लंघन भएको छ । कोरोना भाईरस संक्रमण शुरु भएलगत्तै एशिया महादेशमापनि प्रेस स्वतन्त्रता चर्कोसित उल्लंघन भएको उक्त संस्थाले जनाएको छ ।

युरोपका १४ देशमा कोरोना भाईरस बढि संक्रमित भएको र यि सबै देशमा प्रेस उल्लंघन भएको रिपोर्टमा उलेख छ । त्यसैगरि दक्षिण र मध्य अमेरिकाका १० मध्ये नौ देशमा प्रेस स्वतन्त्रता उल्लंघ भएको पाइएको छ ।मध्यपूर्वका देशहरुमध्ये पाँच देशमामात्रै प्रेस स्वतन्त्रता उल्लंघन भएको छ र ईरान त्यसमा प्रमुख छ । कोरोना भाईरस फैलिएसँगै ईरानमा स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप भएको छ । त्यहाँ कोरोना भाईरस फैलिएलगत्तै २८ जना पत्रकारहरुमाथि सोधपुछ, अनुसन्धान वा पक्राउ गरिएको छ ।

प्रेस स्वतन्त्रताको आदर गरिने भनेर चिनिएका युरोपेली देशहरुमापनि हाल प्रेस स्वतन्त्रता हनन भएको छ । युरोपेली एपरिषदका छ वटा देशमा त्यस्तो स्थिति देखिएको हो । जर्मनी र बेलायतमा सबैभन्दा बढि प्रेस स्वतन्त्रता हनन भएको रिपोटर्स विद आउट बोडर्सले जनाएको छ । प्रेस स्वतन्त्रता हनन गर्नेमा १८० देश मध्ये जर्मनी ११ औं र बेलायत ३५ औं स्थानमा परेका छन् । नेपाल प्लस

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here