Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

खप्तडमा पर्यटक आगमनमा बृद्धि, खानेबस्नेको सुविधाको अभावमा भ्रमण छोट्याउन बाध्य

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ९, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज यतिबेला पर्यटकहरूको पहिलो रोजाई बन्ने गरेको छ । हिउद लागेदेखि दैनिक ५०र६० जना पर्यटकहरू खप्तड घुम्नका लागि पुग्ने गरेको पाइएको छ । वर्षायाम सकिएको र धेरै चिसो भइनसकेको अहिलेको मौसमलाई खप्तड भ्रमणको उत्तम समय मानिन्छ । खप्तड राष्ट्रिय निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले गत साउनदेखि मंगलबार ९कार्तिक ४ गते० सम्म तीन सय ९७ जना नेपाली र नौ जना विदेशी पर्यटक खप्तड घुम्न आएको बताए ।

    तर खप्तडमा खाना तथा बासका लागि राम्रो प्रबन्ध छैन । सहायक वार्डेन शाहले घुम्न आउने पर्यटकलाई बास्न र खानाको राम्रो व्यवस्था नभएका कारण बढी दिन राख्न कठिनाई हुने गरेको बताए ।

    ‘खप्तड पुगेपछिको सबैभन्दा पहिलो समस्या खानपिन र आवास आजका दिन पनि ज्यूका त्यू छ । खण्डहर बनेको घरमा एउटा मेट्रिसमाथि ओढ्ने बिना नै करिब माईनसको चिसोमा कुकरूक्क परेर कोल्टे फेर्दै रात बिताएको देख्दा नमिठो अनुभव भयो । चिया खान पनि लाईन बस्नु पर्ने र तातोपानि पिउन घण्टौ कुर्नुपर्ने १’ ३५ औं पटक खप्तड पुगेर यसै शुक्रबार धनगढी फर्किएका नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन प्रवद्र्धन समिति सुदूरपश्चिम प्रदेशका सदस्य किशोर खड्काले लामो फेसबुक स्टाटस लेखेका छन् ।

    उनले तीन दिन खप्तडमा बिताउने गरी आएका काठमाडौं अशोक शाक्य लगायत चार जनाको टोली सुत्नलाई ठाउ नपाएर खप्तड पुगेकै दिन फिर्ता भएको बताए । “खप्तड बाबा आश्रमबाट घोडा दाउने पाटन हिडेको एक टोली हिड्दा हिड्दा लोखाडा झर्ने ओरालो पुगेर फिर्ता भयो’ उनले सुदूरपश्चिमको अछाम, बझाङ, बैतडी र डोटी जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्जमा पुग्ने पर्यटकहरू दुःख भएको उल्लेख स्टाटस लेखेका छन्– कुनै सूचना सहितको जानकारी पाएनन् । डोटीको बगलेखबाट बिहान हिडेका एक जमातलाई राति १० बजे नेपाली सेनाले उद्दार गरेर ल्याउनु पर्‍यो ।

    पर्यटकहरूका लागि सुदूरपश्चिम भ्रमणमा खप्तड पहिलो रोजाईमा पर्ने गरेको भए पनि बस्ने र खाने सुविधा विकास हुन सकेको छैन । “खप्तड आउने पर्यटकहरूको पहिलो समस्या नै खान बस्ने समस्या हो’ पर्यटन व्यवसायी खड्काले भने– अहिले खप्तड आइरहेका पर्यटकहरूलाई राति टाउको लुकाउने ठाउँ पाउनु ठूलो कुरा हो ।

    तत्कालीन खप्तड क्षेत्र पर्यटन विकास समितिले बनाएको चार कोठे गेष्ट हाउस छ । त्यसको बाहेक एउटा पुरानो भत्किन लागेको घर छ । त्यसैमा पर्यटकहरूलाई बस्ने व्यवस्था गरिने गरेको सहायक वार्डेन शाहले बताए । उनले पर्यटकहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय र गोलघरहरूमा समेत पर्यटकहरूलाई राख्ने गरिएको बताए । उनले खप्तडमा रहेका सेनाको व्यारेकबाट मेट्रेस मागेर पर्यटकलाई सुत्न दिने गरेको बताए।

    खप्तड जानका लागि सडकको राम्रो व्यवस्था समेत नभएको बेला दुःख गरी त्यहाँ पुगेका पर्यटकलाई बस्न र खानको ठूलो समस्या हुने गरेकाले नै सुदूरपश्चिमको पर्यटन विकास कमजोर भएको छ । यातायात सुविधा नपुगेको खप्तड पुग्न डोटीको झिंरानाबाट ८ र बझाङको लोखडाबाट ५ घण्टा पैदल दुरीको कठिन बाटो छ । “पहाडमा हिंडिरहेका व्यक्तिहरू यो समयमा खप्तड पुग्छन्“ सहायक वार्डेन शाहले भने– हिंड्न नसक्नेलाई अझै धेरै समय लाग्छ । बाटो लामो र कठीन हुनुका साथै नयाँ जाने व्यक्तिहरूको लागि बाटो विर्सिने सम्भावना पनि उत्तिकै छ ।

    बाटोमा खप्तड जाने बाटोको संकेत समेत राखिएको छैन । बाटो हिंड्दा चाहिने पानी र खाजा समेत आफैले बोकेर जानुपर्ने बाध्यता छ । पर्यटन व्यवसायी खड्काले खप्तड जादा स्थानीय भुगोल र अवस्थाको राम्रो जानकार गाईड या सहयोगी अनिवार्य साथमा लिएर जान सुझाव दिन्छन् । ‘यसरी खप्तड आउने पर्यटकहरूले सधैं दुःख पाइरहे भने सुदूरपश्चिममा पर्यटन प्रबद्र्धन कहिल्यै हुन सक्दैन,’ खड्काले भने, ‘कि त हामीले खप्तडमा पर्यटकका लागि आवश्यक पुर्वाधार बनाउन सक्नुपर्छ कि त खप्तड आउन रोक नै लगाउनु पर्छ । हैन भने सुदूरपश्चिमको बद्नाम मात्रै हुन्छ ।

    खप्तडमा पर्यटक आवास गृह निर्माणको तयारी

    खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले यसै आर्थिक वर्षमा निर्माण हुने गरी खप्तडमा एक सय जनाको क्षमताको पर्यटक आवास गृह निर्माणको तयारी शुरु गरेको छ ।

    नेपाल पर्यटन विकास बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ विनियोजन गरी गरी गत असारमा राष्ट्रिय निकुञ्जको कार्यालयलाई निकासा दिएपछि राष्ट्रिय निकुञ्जको कार्यालयले आवास गृह निर्माण गरिरहेको हो । राष्ट्रिय निकुञ्जको कार्यालयले बीचपानीमा २५ बेडको विश्राम गृह र खप्तडमा एक सय बेडको आवास गृह बनाउन टेन्डर आव्हान गर्ने तयारी गरेको छ ।

    आवास गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन भने बनाइसकेको राष्ट्रिय निकुञ्ज कार्यालयका ईन्जिनियर सचिन न्यौपानेले बताए । उनले कात्तिक महिना भित्रै टेन्डर आह्वान गर्ने तयारी रहेको बताए । अनुमोदन खबरबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.