Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

निर्वाचन आयोगको काइते तर्क !

nepal_readers nepal_readers
माघ २९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    निर्वाचन आयोगका नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले यो साता नेकपाको विवादबारे निचोड निकाल्ने योजनासहित केही वकिलसँग सल्लाह गरिरहेको बुझिएको छ । सम्भवतः आजै एउटा टुंगोमा पुग्ने गरी आयोगले बोर्ड बैठक पनि बोलाएको छ । आयोगका उच्च अधिकारीले प्रष्ट नबताए पनि ‘हामीले जेसुकै निर्णय गरेपनि अदालतबाट भने हार्न नहुने’ काइते प्रतिक्रिया दिएका छन् ।

    आयोगमा तीनदेखि चारवटा विकल्पमाथि छलफल भएको स्रोतको दाबी छ । यसअघि गरिएका राजनीतिक दल,तिनका निर्वाचन चिन्ह र आधिकारिकता बारेको निर्णयलाई सुक्ष्म ढंगले अध्ययन गरिएको छ । त्यसैले सबैभन्दा पहिले दुवै पक्षलाई पुनः एक पटक मिलेर आउनुस् भनेर बोलाउने धारणा पनि बलियो देखिन्छ ।

    त्यसैगरी,विगतमा अन्य दलको विवादमा पनि दुवै पक्षलाई चुनाव चिन्ह नदिएको नजिर देखाउँदै नेकपा एउटै दल कायम रहेको भन्ने धारणा बनाएर सोहीबमोजिमको निर्णयलाई दोस्रो विकल्पमा राखिएको छ ।

    एकथरीले दाबीको म्याद गुज्रिरहेको बताएका छन् । त्यसतर्फ पनि आफूहरूले अध्ययन गरेको आयोगका अधिकारीहरुले बताएका छन् । तर,हालैको भेटघाटमा सबैजसो पूर्व प्रमुख आयुक्तले भने कानुनमा आयोगले विशेष निर्णय पनि गर्नसक्ने व्यवस्था उल्लेख गरेकाले सोहि दफा ठोकेर जानुपर्ने धारणा राखेका थिए । आयोगले केहि दिनदेखि त्यो दफालाई पनि दोहोर्याई तेहर्याई पढाउन लगाएको छ । त्यो मतसँग सहमतहरूको धारणा छ ‘अब निर्वाचनमा जानको लागि सबैभन्दा पहिले राजनीतिक दलको विवाद टुंग्याउनुपर्ने भएकाले विशेष निर्णय गरिदिने,बरु चित्त नबुझ्ने पक्ष अदालत जाउन् ।’

    निर्वाचन र कानुनविज्ञहरूले भने ‘आयोगको आदेश मान्नु राजनीतिक दलहरूको कर्तव्य हुनेछ’ भन्ने दफालाई टेकेर ठाडो निर्णय गर्ने हो भने राजनीतिक दुर्घटनाको शिकार आयोग पनि हुने चेतावनी दिएका छन् । उनीहरूको तर्क छ ‘प्रधानमन्त्री निकटहरूको उक्साहटमा आयोगले जबर्जस्ती पार्टी फुटाइदिने हो भने राजनीतिक दलहरूको निशाना बालुवाटारसँगै कान्तिपथ पनि पर्नेछ । त्यसो गर्दा सम्पूर्ण अपजसको भागिदार प्रमुख आयुक्त दिनेश थपलिया हुनेछन् ।’

    यता प्रधानमन्त्रीको आदेशको पालना गर्दै आयोगले आज वा भोलिसम्ममा निर्वाचनको तालिका सार्वजनिक गर्ने तयारी छ । आफैँ कुहिरोको काग बन्दै गएको बेला आयोगको भूमिका र निर्णयले राजनीतिक वातावरणलाई साम्य बनाउने वा अतिवादतर्फ पनि धकेल्न सक्ने अड्कल लगाइएको छ । स्रोत भन्छ ‘पछिल्लो सातादेखि आयोगमा अतिवादी सोचको विकास भइरहेको छ । सम्भवतः आज वा भोलिसम्म त्यसको छनक देख्न पाइनेछ ।’

    अब सरकारले तोकेको निर्वाचनको मितिका लागि ८० दिन मात्र बाँकी छ । विगतमा एकपटक ७० दिनको अवधिमा पनि निर्वाचन गरेको उदाहरण दिँदै उसले यसलाई पर्याप्त ठानेको हो । तर, भित्री चाहना भने अदालतको निर्णय नै देखिन्छ । पछिल्लो निर्वाचनमा ६४ प्रतिशत बहुमत ल्याएको सत्तारुढ दलको ठूलो हिस्सा नै निर्वाचनमा नजाने वातावरण भयो भने आयोगको भूमिका दुई दशकअघिको राजा ज्ञानेन्द्रको निर्देशनमा भएको स्थानीय निर्वाचनको भन्दा ठूलो नहुने स्पष्ट छ ।

    बालुवाटार निकटहरूले पछिल्लो उपनिर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरबाट उम्मेदवारको टिकट वितरण भएकाले यसपटक पनि त्यस्तै हुने हल्ला चलाएको सम्बन्धमा भने आयोगको उच्च स्रोतले त्यसमा कानुनी दम नभएको बताएको छ । उसले भनेको छ ‘त्यतिबेला नेकपाको सचिवालयले त्यही यौटा चुनावी प्रयोजनको लागि ओलीलाई हस्ताक्षरको अधिकार दिएकाले त्यो उहाँको आजीवन एकल अधिकार भन्ने कुरोमा आयोग कन्भिन्स छैन । सार्वजनिक खपतको लागि भनिएको कुरामा के प्रतिक्रिया दिनु र !’ -जनआस्था

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.