Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

निर्वाचन आयोगको काइते तर्क !

by nepal_readers
February 11, 2021
- समाचार
निर्वाचन आयोगको काइते तर्क !
Share on FacebookShare on TwitterEmail

निर्वाचन आयोगका नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले यो साता नेकपाको विवादबारे निचोड निकाल्ने योजनासहित केही वकिलसँग सल्लाह गरिरहेको बुझिएको छ । सम्भवतः आजै एउटा टुंगोमा पुग्ने गरी आयोगले बोर्ड बैठक पनि बोलाएको छ । आयोगका उच्च अधिकारीले प्रष्ट नबताए पनि ‘हामीले जेसुकै निर्णय गरेपनि अदालतबाट भने हार्न नहुने’ काइते प्रतिक्रिया दिएका छन् ।

आयोगमा तीनदेखि चारवटा विकल्पमाथि छलफल भएको स्रोतको दाबी छ । यसअघि गरिएका राजनीतिक दल,तिनका निर्वाचन चिन्ह र आधिकारिकता बारेको निर्णयलाई सुक्ष्म ढंगले अध्ययन गरिएको छ । त्यसैले सबैभन्दा पहिले दुवै पक्षलाई पुनः एक पटक मिलेर आउनुस् भनेर बोलाउने धारणा पनि बलियो देखिन्छ ।

त्यसैगरी,विगतमा अन्य दलको विवादमा पनि दुवै पक्षलाई चुनाव चिन्ह नदिएको नजिर देखाउँदै नेकपा एउटै दल कायम रहेको भन्ने धारणा बनाएर सोहीबमोजिमको निर्णयलाई दोस्रो विकल्पमा राखिएको छ ।

एकथरीले दाबीको म्याद गुज्रिरहेको बताएका छन् । त्यसतर्फ पनि आफूहरूले अध्ययन गरेको आयोगका अधिकारीहरुले बताएका छन् । तर,हालैको भेटघाटमा सबैजसो पूर्व प्रमुख आयुक्तले भने कानुनमा आयोगले विशेष निर्णय पनि गर्नसक्ने व्यवस्था उल्लेख गरेकाले सोहि दफा ठोकेर जानुपर्ने धारणा राखेका थिए । आयोगले केहि दिनदेखि त्यो दफालाई पनि दोहोर्याई तेहर्याई पढाउन लगाएको छ । त्यो मतसँग सहमतहरूको धारणा छ ‘अब निर्वाचनमा जानको लागि सबैभन्दा पहिले राजनीतिक दलको विवाद टुंग्याउनुपर्ने भएकाले विशेष निर्णय गरिदिने,बरु चित्त नबुझ्ने पक्ष अदालत जाउन् ।’

निर्वाचन र कानुनविज्ञहरूले भने ‘आयोगको आदेश मान्नु राजनीतिक दलहरूको कर्तव्य हुनेछ’ भन्ने दफालाई टेकेर ठाडो निर्णय गर्ने हो भने राजनीतिक दुर्घटनाको शिकार आयोग पनि हुने चेतावनी दिएका छन् । उनीहरूको तर्क छ ‘प्रधानमन्त्री निकटहरूको उक्साहटमा आयोगले जबर्जस्ती पार्टी फुटाइदिने हो भने राजनीतिक दलहरूको निशाना बालुवाटारसँगै कान्तिपथ पनि पर्नेछ । त्यसो गर्दा सम्पूर्ण अपजसको भागिदार प्रमुख आयुक्त दिनेश थपलिया हुनेछन् ।’

यता प्रधानमन्त्रीको आदेशको पालना गर्दै आयोगले आज वा भोलिसम्ममा निर्वाचनको तालिका सार्वजनिक गर्ने तयारी छ । आफैँ कुहिरोको काग बन्दै गएको बेला आयोगको भूमिका र निर्णयले राजनीतिक वातावरणलाई साम्य बनाउने वा अतिवादतर्फ पनि धकेल्न सक्ने अड्कल लगाइएको छ । स्रोत भन्छ ‘पछिल्लो सातादेखि आयोगमा अतिवादी सोचको विकास भइरहेको छ । सम्भवतः आज वा भोलिसम्म त्यसको छनक देख्न पाइनेछ ।’

अब सरकारले तोकेको निर्वाचनको मितिका लागि ८० दिन मात्र बाँकी छ । विगतमा एकपटक ७० दिनको अवधिमा पनि निर्वाचन गरेको उदाहरण दिँदै उसले यसलाई पर्याप्त ठानेको हो । तर, भित्री चाहना भने अदालतको निर्णय नै देखिन्छ । पछिल्लो निर्वाचनमा ६४ प्रतिशत बहुमत ल्याएको सत्तारुढ दलको ठूलो हिस्सा नै निर्वाचनमा नजाने वातावरण भयो भने आयोगको भूमिका दुई दशकअघिको राजा ज्ञानेन्द्रको निर्देशनमा भएको स्थानीय निर्वाचनको भन्दा ठूलो नहुने स्पष्ट छ ।

बालुवाटार निकटहरूले पछिल्लो उपनिर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरबाट उम्मेदवारको टिकट वितरण भएकाले यसपटक पनि त्यस्तै हुने हल्ला चलाएको सम्बन्धमा भने आयोगको उच्च स्रोतले त्यसमा कानुनी दम नभएको बताएको छ । उसले भनेको छ ‘त्यतिबेला नेकपाको सचिवालयले त्यही यौटा चुनावी प्रयोजनको लागि ओलीलाई हस्ताक्षरको अधिकार दिएकाले त्यो उहाँको आजीवन एकल अधिकार भन्ने कुरोमा आयोग कन्भिन्स छैन । सार्वजनिक खपतको लागि भनिएको कुरामा के प्रतिक्रिया दिनु र !’ -जनआस्था

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.