Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

१५ दिन कर्फ़्यू लगाउन सुझाव दिने काठमाडौंका मेयर र उपमेयरको तलब भत्ता बन्द गर्न व्यवसायीहरुको सुझाव

by पत्रपत्रिकाबाट
September 2, 2020
- समाचार
१५ दिन कर्फ़्यू लगाउन सुझाव दिने काठमाडौंका मेयर र उपमेयरको तलब भत्ता बन्द गर्न व्यवसायीहरुको सुझाव
Share on FacebookShare on TwitterEmail

व्यवसायीहरुले १५ दिन कर्फ़्यू लगाउन सुझाव दिने काठमाडौंका मेयर उपमेयरहरुको तलब भत्ता बन्द गर्न सुझाव दिएका छन् । चैतदेखिको तीन महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले अर्थतन्त्र थिलोथिलो भएको अवस्थामा फेरि १५ दिन कर्फ़्यू लगाउन उपत्यका नगरपापालिका फोरमले सुझाव दिएपछि व्यवसायी रुष्ट भएका हुन् ।

व्यवसायी प्रवलजंग पाण्डेले फोरमको सुझावप्रति आलोचना जनाउँदै सामाजिक सञ्जालमा लेखेको प्रतिक्रियामा अर्का व्यवसायी विप्लवमान सिंहले कर्फ़्यू लगाउन सुझाव दिने काठमाडौंका मेयरहरुको तलब भत्ता बन्द गर्नुपर्ने जनाएका हुन् ।

सिंह लेख्छन्, ‘यिनीहरू पागल हुन् । यिनीहरूको तलब भत्तापनि रोक्नु पर्छ । अनि थाहा हुन्छ लकडाउन के हो रु भनेर । अर्का व्यवसायी प्रवलजंग पाण्डेले १५ दिन कर्फ़्यू लगाउन सुझाव दिने नगरपालिका फ़ोरमले अधिल्लो १४ दिनको सटडाउनमा कोभिड नियन्त्रणमा के गर्यो? भनी प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘१५ दिन कर्फ़्यू लगाउदा के गर्ने भनेर योजना जनता समक्ष प्रस्तुत गरेको भए हुने थियो । दायित्व पुरा गर्न नपरेपछि जे बोले पनि भयो नि ।’फोरमको बुधबारको बैठकले कोरोना महामारी नियन्त्रणमा आउनुको सट्टा बढ्ने क्रम जारी रहेको भन्दै १५ दिन कफ्र्यु लगाउन सरकारलाई सुझाव दिएको थियो । काठमाडौं उपत्यकाभित्रका मेयरहरुको संस्थाको बैठकमा मेयरहरु उपस्थित नहुँदा उपमेयरहरुले प्रतिनिधित्व गर्छन् ।

फोरमले निषेधाज्ञा थप कडा बनाउन कर्फ़्यू लगाउनुपर्ने निष्कर्ष निकाल्दै फोरमको बैठकले त्यसो गरेमात्रै कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने बताएको छ । निषेधाज्ञामा मानिसहरु बाहिर निस्किन नछोडेकाले कर्फ़्यू नै उत्तम हुने फोरमको तर्क छ । –  कर्पोरेट नेपाल

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

जनवादी केन्द्रियता कि सर्वसम्मति?

5 months ago
निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

10 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.