Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मल ठेकदारको पानीमाथि ओभानो हुने स्पष्टिकरण

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ २९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मल आपूर्तिमा ढिलाइ गरेको भन्दै शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेजको चौतर्फी विरोध भएपछि अन्ततः कम्पनी ढिलाइको कारण उल्लेख गर्दै स्पष्टीकरण दिएको छ । कम्पनीले सरकारी सम्झौता प्रक्रियानै गलत भएको उल्लेख गरेको छ ।

    यसअघि विदेशी सप्लायर कम्पनीले मात्र बिड गर्ने गरेकोले नेपाली कम्पनी अनुकुल डकुमेन्ट र सम्झौता प्रक्रिया नरहेको सैलुङको दावी छ । सुरुमा रसियन सप्लायर र उत्पादनकर्ताको नाममा प्रतितपत्र खोलेकामा कोभिड–१९ को कारणले रसियाको पोर्ट तथा अन्य संस्था बन्द भइ सामान लोड हुन नसकेकोले सप्लायर र उत्पादनकर्ता नै परिवर्तन गर्नु परेकोलेले ढिला हुन गएको कम्पनीले जनाएको छ ।

    रासायनिक मल आयातमा ढिलाइ गरेका कारण कारवाहीमा परेका अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले मल आयातमा ढिलाइ हुनुको कारण बाहिर प्रचार गरिएजस्तो नभएको पनि दावी गरेको छ ।भदौ २१ गते कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले समयमै मल ल्याउन नसकेको शैलुङ इन्टरप्राइजेजको २५ हजार मेट्रिकटन मल खरिदसम्बन्धी ठेक्का रद्द गराइसकेका छन् । यद्यपि उनको हातमा अझै मल सम्बन्धी २ ठेक्का बाँकी नै छ ।

    २०७६ माघमा भएको सम्झौता अनुसार पहिलो चरणमा साउन १० गते मल भित्र्याउनु पर्ने भएपनि ठेकेदार कम्पनीले समयमै मल ल्याउन नसक्दा किसानले सास्ती पाए । मल नपाएर हैरानी खेपेका कतिपय किसानले आफ्नो बालीमा मल नै हाल्न पाएनन्, जसका कारण सरकार समेत आलोचित भयो ।

    कम्पनीको दावी–यस्ता छ मल आयात नहुनुको कारण

    १. यस भन्दा पहिला विदेशी सप्लायरहरुले मात्र सामान आपूर्ति गरिरहेकोले टेण्डर डकुमेन्ट तथा सम्झौता पनि सो बमोजिम नै बनाएको, जुन नेपाली सप्लायर र नेपाली परिस्थिती अनुसार सुहाउँदो नभएको ।

    २. कृषि सामग्री कम्पनी लिमिटेडले प्रतितपत्र को ९० प्रतिशत रकम कलकत्ता बन्दरगाहमा सामान आइसकेपछि भुक्तानी गर्ने र बाँकी १० प्रतिशत रकम सामान कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा पुर्याएपछि भुक्तानी गर्ने भनि प्रतितपत्र खोलिएकोमा पछि प्रतितपत्रको सम्पूर्ण १०० प्रतिशत रकम नै सामान कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा पुर्याएपछि मात्र भुक्तानी गर्ने भन्ने प्रावधान थप गरिएको कारण । साथैै प्रतितपत्र पनि सो बमोजम नै पटक पटक संशाोधन गरिरहनु परेकोले ।
    ३. थप प्रावधानको कारण नेपाली वैंक र सप्लायर कम्पनीहरुसँग पहिला गरिसकेको सहमति बमोजिम सप्लायर कम्पनीले सामान सप्लाइ गर्न नसक्ने जानकारी दिए पछि पुन नेगोसियट गर्नुपर्ने भएकोले ।
    ४. थप गरिएको प्रावधानका कारण ठुलो धनराशी आवश्यक पर्ने र सो रकमको लागी टर्म लोन बुक गर्नको लागि आवश्यक धितो व्यवस्थापन गर्नका लागि मालपोत कार्यँलय बन्द भएको अवस्था थियो, ठुलो धनराशीको लोन भएकोले पास गर्नको लागि बैकको संचालक समितिको पटक पटक बैठक बस्नुपर्ने आदि जस्ता प्राविधिक कठिनाइका कारणले ।
    ५. शुरुमा रसियन सप्लायर र उत्पादनकर्ताको नाममा प्रतितपत्र खोलेकामा कोरोनाको कारणले रसियाको पोर्ट तथा अन्य संस्था बन्द भइ सामान लोड हुन नसकेकोले सप्लायर र उत्पादनकर्ता नै परिवर्तन गर्नु परेकोले ।

    ६. दोस्रो प्रतितपत्र ओमानको सप्लायर र उत्पादनकर्ताको नाममा खोलेका साथै भेसल नोमिनेसन भैसकेको बोरा बनाइसकेको ( डीएचएलबाट छपाइ भैसकेको बोराको स्याम्पल पठाएकोमा उक्त स्याम्पल आइपुग्न १६ दिन लाग्ने जनाएको । साथै बोराको फोटो तथा डीएचएल रिसिप्टको प्रतिलिपी प्रमाण स्वरुप पठाइसकेको ) तथा सम्पूर्ण प्रकृया सकिएतापनि कोरोनाको कारणले भेसल लोड हुन नसकेको ।

    ७. सामुद्रिक आँधीका कारण हल्दीया बन्दरगाहमा क्षति भएको र सो मर्मतको लागि अक्टोबर २०२० सम्म लाग्ने व्यहोरा कलकत्ता बन्दरगाहले सप्लायर, लोजेस्टीक सर्भिस, ट्रान्सपोर्टरलाई जानकारी गराएको साथै ३० सेप्टेम्बर २०२० भन्दापछि मात्र जहाज पठाउनु भन्ने सन्देश पठाएको ।

    ८. हल्दीया बन्दरगाहको भौतिक क्षतिको प्रमाणीकरणको लागि सर्भेक्षणको लागि विश्वभर मान्यता प्राप्त एसजीए कम्पनीबाट हालसालै गरिएको सर्भेक्षणले पनि मर्मत सम्भार नगरी बन्दरगाहमा कार्गो सुरक्षित राख्न नमिल्ने व्यहोरा २ सेप्टेम्बर २०२० को प्रतिवेदन तथा क्षतिको विवरणमा प्रष्ट पारेको छ ।

    ९. हल्दीया बन्दरगाहको सेम्टेम्बर २०२० को अन्त्यमा मात्र कार्गो पठाउन मिल्ने भन्ने इमेल पश्चात ओमान पोर्टमा लोड हुुनको लागि गइसकेको जहाजमा सामान लोड हुन नसकेको तथा नोमिनेसन भैसकेको जहाज फिर्ता गर्नु परेकोले क्षतिपर्ति तिर्नु परेको ।

    १०. पुन अर्काे भेसल नोमिनेशन गरी जानकारी गराएको ।

    ११. सम्पूर्ण व्यहोरा जानकारी गराइसकेपछि पनि भेसल नोमिनेसन तथा भेसलको नाम नपठाएकोले ठेक्का तोडिएको भनि २०७७-०५-२१ गते पत्रिकालाई जानकारी गरेको तथा २२ गते मात्र हामीलाइ जानकारी गराएको । रातोपाटी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.