Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धानको समर्थन मूल्यबाट किसानले फाइदा लिन थाले

सहयोगीबाट सहयोगीबाट
पुस २४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् । सरकारले समर्थन मूल्यसहित खाद्य व्यवस्था कार्यालयमार्फत धान खरिद गरिरहेको छ । विगतमा किसानले उत्पादन गरेको धानको बजारको समस्या थियो भने किसानले बाध्य भएर कम मूल्यमा व्यापारीलाई धान बेच्नुपर्ने अवस्था थियो । सरकारले किसानको धान २०७४ सालबाट खरिद गर्न लागेकोले देशको ठूलो हिस्सामा रहेका किसान लाभान्वित भइरहेका छन् ।

    विराटनगर महानगरपालिकास्थितका खाद्य व्यवस्था कार्यालयले अहिलेसम्ममा १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरिसकेको छ । अघिल्लो वर्ष ५४६ क्विन्टल मात्र धान खरिद गरेको सो कार्यालयले गएको वर्ष नौ हजार ३०० क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । कार्यालय शहर केन्द्रित भएको र किसानलाई शहरसम्म आउन समस्या भएकाले गएको वर्ष अपेक्षित धान खरिद नभएको बताइएको छ ।

    खाद्य व्यवस्था कार्यालय विराटनगरका प्रमुख महेन्द्र सिटौलाका अनुसार सरकारले यस वर्ष धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार ८८५ निर्धारण गरेको छ । यसबाट बजार नपाउने किसानका लागि खाद्य व्यवस्था कार्यालय वरदान भएको प्रमुख सिटौलाले जानकारी दिनुभयो ।

    रञ्जीत र बासमती धानसमेत खरिद गर्ने यो कार्यालयमा अहिलेसम्ममा ती जातका धान किसानले नल्याएको र पछि आउने सम्भावना पनि रहेको प्रमुख सिटौलाले बताउनुभयो । यस्तै झापाको विर्तामोडस्थित रहेको खाद्य व्यवस्था कार्यालयले अहिलेसम्ममा नौ हजार ६१८ क्विन्टल सोना मन्सुली धान खरिद गरिसकेको छ ।

    यस वर्ष २३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको कार्यालयले सरकारको समर्थन मूल्यमै किसानको धान खरिद गरिरहेको कार्यालय प्रमुख देवेन्द्र राईले बताउनुभयो । उहाँले गएको वर्षमा सरकारले सोना मन्सुली धानको मूल्य रु दुई हजार ६७३ कायम गरेको थियो । गएको वर्षमा १९ हजार क्विन्टल सोना मन्सुली र पाँच हजार क्विन्टल रञ्जीत धान खरिद गरेको थियो ।

    कार्यालय प्रमुख राईका अनुसार यस वर्ष बासमती धानको उत्पादन कम भएको र सम्पन्न अवस्थाका उपभोक्ता एवं व्यापारीले किसानको खेतमै गएर धान खरिद गर्ने र मूल्य पनि बढी दिने भएकाले बासमती धान अहिलेसम्ममा नआएको जानकारी दिनुभयो ।

    खाद्य व्यवस्था कार्यालयले जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरिसकेकाले अब किसानले धानको बजार पाएनन् भन्ने अवस्था अन्त्य भएको र कुनै पनि बिचौलियाले अनुचित लाभ नलिउन भन्ने उद्देश्यले जिल्ला प्राथमिक खरिद समितिको संयोजक प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञान केन्द्र, किसान प्रतिनिधि र खाद्य व्यवस्था कार्यालयका प्रमुख सदस्य सचिव रहने समितिको अनुगमन एवं निर्णयले वास्तविक किसान मात्र लाभान्वित भइरहेको प्रमुख राईले बताउनुभयो । प्रदेश नं १ झापाको विर्तामोड र मोरङको विराटनगरमा खाद्य व्यवस्था कार्यालय स्थापना भएको छ । – लोक संवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.