Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

समाजवादी मित्रहरुलाई हियाउन अर्वेलले प्रयोग गरेका भाषा लेबर नेता जेरेमी कर्बिन र तिनका समर्थकहरूमाथि प्रयोग हुँदैछः

जेम्स ब्लडवर्थ जेम्स ब्लडवर्थ
माघ ११, २०७७
- यो हप्ता, सामयिक
A A
1
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जर्ज अर्वेल ४६ वर्षमै बिते, यदि उनी जीवित थिए भने तिनी ११५ बर्षका हुने थिए। यसो हुँदाहुँदै पनि, हरेकले इटन कलेजबाट विद्वत ती वृद्धका विचारहरु हाम्रा लागि खासमा के के महत्वपूर्ण छन् बुझ्नु जरुरी छ।

    यस अवसरमा मैले अर्वेललाई सम्झे। हिचकिचाउनु पर्दैन; अर्वेल बीसौं शताब्दीका एक महान लेखक हुन्। त्यस्तै, उनको प्रभाव जताततै छ। युद्ध र शान्ति, तानाशाही विरुद्ध स्वतन्त्रता, समाजवाद वा पूँजीवाद – सम्बन्धी राजनीतिक प्रश्नहरूको निश्चित धारणामाथि वहस गर्नु पर्दा अर्वेलका विचारहरुलाई निरन्तरता दिनु पर्नेहुन्छ। र, त्यसैले अर्वेललाई उद्धृत गर्नु एउटा मान्यता नै बनेको छ, यसो नगर्नु पाप नै हो।

    “जर्ज अर्वेल भए के गर्थे होला?” (WWGOD) बाट प्रारम्भ गरिने स्तम्भहरु र पक्षधर लेखनहरु सर्वत्र पाइन्छन्। मैले के भन्न खोजेको भनेर बुझ्न गुगलमा `अर्वेल र ब्रेक्जिट´ टाइप गर्नुहोस्- तपाईले सन् २०१६ को ब्रेक्जीट–जनमत संग्रहबारे जर्ज अर्वेलले के गर्थे/ भन्थे भन्ने विषयमा असंख्य वेपपेजहरु पाउनु हुनेछ।

    ब्रेक्जिट भनेको जर्ज अर्वेल भए के गर्थे होला?” (WWGOD) को एक पछिल्लो प्रशङ्ग मात्र हो। एक दशक भन्दा अघिका प्रशङ्गमा जस्तै इराकमाथिको अमेरिकी आक्रमणताका, आक्रमण पक्षधर र विरोधी पक्षका दुवै पंडितहरूले आफ्ना अडानलाई अघि बढाउन अर्वेलको नैतिक प्राधिकारको अवधारणाको सहारा लिएका थिए।

    युद्धका हिमायतीहरुले रुचाएर प्रयोग गर्ने अर्वेलवादको शान्तिपक्षधरता भनेको “वस्तुगत रुपमै फासीवाद पक्षधरता हो” भन्ने थियो – जुन वाक्यांश अर्वेलले आफ्ना शान्ति पक्षधर मित्र एलेक्स कम्फर्टसँगको पत्राचारमा प्रयोग गरेका थिए। एलेक्स नाजी यातना गृह र युद्धरत बेलायती राज्य बिचका समानताहरु माथि प्रकाश पार्दथे। तर पछि गएर अर्वेल स्वयंले “प्रोपगान्डाको दाउपेच” जसकोलागि “म स्वयं पनि दोषी छु” भन्दै उक्त वाक्यांश प्रति असहमति ब्यक्त गरेका थिए।

    हालसालै, समाजवादी मित्रहरुलाई हियाउन अर्वेलले प्रयोग गरेका भाषा लेबर नेता जेरेमी कर्बिन र तिनका समर्थकहरूमाथि प्रयोग हुँदैछः

    “कहिलेकाहिँ केवल ‘समाजवाद’ र ‘साम्यवाद’ जस्ता आम शब्दहरूले इङ्गल्याण्डका जुस पिउने, नाङ्गै हिड्ने, चप्पल लगाउने, यौनप्यासी, जोगी, ‘प्राकृतिक चिकित्सा’का वैदाङ्गी, शान्तिवादी र नारीवादीहरुलाई चुम्वकले तानेजसरी आकर्षित गर्दछन्।”

    निश्चय नै षड्यन्त्रमूलक सोचाइ र यहुदि विरोधी धारसँग घनिष्टता भएको कोर्बिनवादसँग अर्वेलको समयका समाजवादतर्फ झुकेका झुन्डहरुसँग गरिएका तुलनामा केही सत्यता छ। कम्युनिष्ट सँगठनको संरचनाबाट अर्वेल त्रसित थिए भन्ने कल्पना जो कोहीले पनि गर्नसक्छ। जे होस् कोर्बिनले यस्तै समाजवादी झुण्डलाई छनौट गरे जस्तो लाग्छ।

    यति हुँदाहुँदै पनि, अर्वेल आफ्नो जीवनभर समर्पित समाजवादी थिए। उनी “म वामपन्थ भित्र छु र मैले त्यसैभित्र काम गर्नुपर्छ” भन्नेमा दृढ थिए। उनको दृढतामा वामपन्थभित्र रहेर त्यहींभित्र जुध्ने सहयात्री कम्युनिष्टहरुको नयाँ पुस्तासँग भन्दा वामपन्थबाटै `पलायन´हुनेहरुसँग ज्यादै कम समानता रहेको देखिन्छ।

    अरवेल ‘आज सबै सम्प्रदाय र समुदायका मानिस भएका छन्’। अर्वेलले चार्ल्स डिकेन्सको बारेमा लेखेको यस्तो प्रशङ्ग आज आएर उनी स्वयंका लागि प्रयोग हुँदैछ। “मार्क्सवादीले उनीलाई ‘लगभग’ मार्क्सवादी भनेर दाबी गर्छन्, क्याथोलिकले ‘लगभग’ क्याथोलिक भनेर दाबी गर्दछन्, र दुबैले उनलाई सर्वहारा वर्गको रक्षक नै भएको दावी गर्छन्”।

    अर्वेलको मामलामा यस्तो दावी गर्नुको कारण आंशिकरूपमा उनीमा रहेको राजनीतिक विसंगतिको परिणाम हो। मैले यो कुरा क्षणिक अर्थमा व्यक्त गरेको होइन। यसको अर्थ गहिरो छ। राजनैतिक लेखकको सबैभन्दा खराब गुण भनेको आफ्नो मन परिवर्तन गर्न चाहना नहुनु वा लामो समयदेखि लागू हुन छाडेको कुनै दृष्टिकोण वा सिद्धान्तमा अडिग हुनु हो।

    महान् भिक्टोरियन उपन्यासकारको परिचयात्मक निबन्धमा अर्वेलले डिकेन्सलाई चित्रित गरे झैं अर्वेल स्वयं “सबै प्रकारका रूढीवादीहरूको समानरुपमा घृणाको पात्र बनेका थिए”। यसैगरी आफ्ना समकालीन जोन मेनार्ड किन्सको “जब तथ्यहरू परिवर्तन हुन्छन् या भए” भन्ने प्रख्यात कथन अनुरुप उनी वस्तुको बारेमा बनेको आफ्नो सोच बदल्न तयार थिए।

    कम्युनिष्टहरूले अर्वेललाई मन पराएनन्। त्यसमाथि उनका दुईवटा उपन्यासहरू – चारखुट्टेको घरजम (Animal Farm) र उन्नाइस चौरासी (Nineteen Eightyfour) – को अर्थ र सन्देशलाई विकृत गरेर नवपुरातनवादीहरुले उनलाई आफ्नै पक्षमा सामेल गरे। यदि तपाईंहरुले गहनकासाथ अर्वेललाई पढ्नु भयो भने तपाईंहरुले आफूले चाहेको कुरा फेला पार्न सक्नुहुन्छ।

    आफ्ना धेरै मतहरुमा अर्वेल धेरै पछि आइपुगे। जब बेलायतीहरु जर्मनीसँगको युद्धको सम्भावना तर्फ मोडिदै थिए, अर्वेलको मत उनले अरुलाई आरोप लगाउने गरे जस्तै “वस्तुगत रुपमै फासीवादी” थियो। अर्वेलको जीवनी लेखक रोबर्ट कोल्स अनुसार मार्च १९३९ सम्म उनी(अर्वेल) माराकेशमा “हाफ सर्ट लगाएर शान्तिवादी उपन्यास लेख्दै थिए।

    धेरै प्रष्ट–दृष्टि भएका उनका समकालीनहरू भन्दा पछिसम्म, अर्वेलले रूढीवादी उग्रवामले भनेजस्तै फासिवादलाई केवल चरम पूँजिवादको रूपमा हेरे। दूरदर्शी जर्ज अर्वेलको यस्तो अडान थियो भन्ने कमै सुन्ने गरिन्छ।

    तथापी यस्तो प्रष्ट विसंगतिले अर्वेलको लेखकीय गुणहरुबाट विकर्षित गर्दैन। यथार्थमा, अर्वेलको महत्त्व यसै तथ्यमा निहित छ कि उनी आफ्ना व्यवहारिक विचारहरुलाई प्रमाणीत गर्नका लागि प्रमुख सिद्धान्तमा अड्डि लिन्थे। यसकारण उनले त्पीडितहरूसँगको ऐक्यबद्धता, सर्वसत्तावादको विरोध र अमूर्त दार्शनिकको सार भन्दा “ठोस वस्तु” को सुन्दरताको खोज गर्नका लागि यस सिद्धान्तलाई बृहत् प्रारम्भिक बिन्दुबाट नै व्यापकरूपमा प्रक्षेपण गर्न चाहेनन्।

    मुलरुपमा अर्वेल निरासावादी ब्यवहारवादी थिए- तर यति हुँदाहुदैं पनि उनी आफ्नो समयको सैद्धान्तिक उचाई भएका वामपन्थी साहित्यिक बुद्धिजीवी थिए।यसैकारण अर्वेलले गरीबीलाई घृणा गरे र निम्न वर्गको भोगाईलाई आत्मसात गर्न खोजे। तर परोपकारी राज्य सजिलै दमनकारी राज्यमा परिणत हुन सक्दो रहेछ भन्ने सत्य स्पेनमा रहँदाको आफ्नै अनुभवबाट थाहा पाए। अर्वेलले प्रत्यक्षरुपमा रूसी–समर्थक कम्युनिष्टहरूले मजदुर-वर्गको क्रान्तिलाई दमन गरेको देखे)।

    उनले युद्धलाई एक “आतङ्कवादीहरुको जाल” को रूपमा देखे। तरपनि हिटलरको जर्मनीलाई बम र गोलाबारुदसहितको युद्धले हराएपछि मात्र शान्ति कायम भएको उनले बुझे। उनी “सार्थक राजनीतिक उद्देश्य” का लागि “समाजवादी संयुक्त राज्य युरोप” बन्ने आशा राख्दथे। जब कि उनको जीवनकालमा यस्तो महासंघको कल्पना गर्नु भ्रमसिवाय केही थिएन।

    अर्वेल तिनीहरुमध्ये कै कुनै पनि थिएनन्। त्यसैले हाम्रो युगमा उनको भावनाको प्रतिनिधित्व गर्ने दावीकर्ताहरु त्यतिकै गुमराहमा छन् जति अर्वेलको समयमा आफ्ना तर्कहरुलाई बलशाली बनाउनका खातिर चिहान उधिनेर चार्ल्स डिकेन्सको प्रेतआत्मालाई बाहिर निकाल्थे। बृहत रुपमा अर्वेलले गरीब र पिडितहरुको पक्ष लिन्थे भन्ने हामीलाई राम्ररी थाहा छ तर त्यसलाई सिद्धान्तको तहमा उकासेर वा नीतिगत अडान बनाएर आजका दिनमा लागू गर्न खोज्नु एकप्रकारको थोत्रो भाषणवाजी मात्र हो।

    आज अर्वेल जीवित भएको भए उनका सबै असंगतीहरूबारे हामी प्रष्ट हुने थियौं। यसरी नै उनीमा घरविहीन, गरीव श्रमिक, तानाशाहीबाट पीडितहरुप्रति लगाव थिएन भन्ने अनुमान त्यस्ता जनताहरुप्रति लगाव नहुने विचारकहरुको ठम्याइ मात्र हो।

    अर्वेलको प्रतिभा आफुले केही वर्ष अगाडि मात्र ब्यक्त गरेका मतहरुमाथि पुनरविचार गर्न तयार रहुनुमा देख्न सकिन्छ। केही व्यक्तिहरु विरलाकोटीका हुन्छन्; उनिहरुको असंगति नै उनिहरुको अदम्य शक्ति हुन्छ, र उनीहरु माथि कुनै सम्प्रदाय र समूहको हो भनेर साँचो अर्थमा कसैले दावी गर्न सक्दैन। आजको सैद्धान्तिक रुपमा कविलायी (जातीय) वातावरणमा, हामीले लेखक अर्वेलबाट लिन सक्ने सबैभन्दा ठूलो शिक्षा यहि नै हुनेछ।

    साभारः फेब्रुअरी २१, २०१९ मा Unherd.com मा प्रसारित।

    जेम्स ब्लडवर्थ एक पत्रकार र Hired: Six Months Undercover in Low-Wage Britain का लेखक हुन्। सो पुस्तक अर्वेल पुरस्कार २०१९ को छनौट-सूचीमा परेको थियो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जेम्स ब्लडवर्थ

      जेम्स ब्लडवर्थ

      जेम्स ब्लडवर्थ एक पत्रकार र Hired: Six Months Undercover in Low-Wage Britain का लेखक हुन्। सो पुस्तक अर्वेल पुरस्कार २०१९ को छनौट-सूचीमा परेको थियो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.