Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Saturday, September 30, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

समाजवादी मित्रहरुलाई हियाउन अर्वेलले प्रयोग गरेका भाषा लेबर नेता जेरेमी कर्बिन र तिनका समर्थकहरूमाथि प्रयोग हुँदैछः

जेम्स ब्लडवर्थ जेम्स ब्लडवर्थ
आइतवार, माघ ११, २०७७
- यो हप्ता, सामयिक
A A
1
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जर्ज अर्वेल ४६ वर्षमै बिते, यदि उनी जीवित थिए भने तिनी ११५ बर्षका हुने थिए। यसो हुँदाहुँदै पनि, हरेकले इटन कलेजबाट विद्वत ती वृद्धका विचारहरु हाम्रा लागि खासमा के के महत्वपूर्ण छन् बुझ्नु जरुरी छ।

    यस अवसरमा मैले अर्वेललाई सम्झे। हिचकिचाउनु पर्दैन; अर्वेल बीसौं शताब्दीका एक महान लेखक हुन्। त्यस्तै, उनको प्रभाव जताततै छ। युद्ध र शान्ति, तानाशाही विरुद्ध स्वतन्त्रता, समाजवाद वा पूँजीवाद – सम्बन्धी राजनीतिक प्रश्नहरूको निश्चित धारणामाथि वहस गर्नु पर्दा अर्वेलका विचारहरुलाई निरन्तरता दिनु पर्नेहुन्छ। र, त्यसैले अर्वेललाई उद्धृत गर्नु एउटा मान्यता नै बनेको छ, यसो नगर्नु पाप नै हो।

    “जर्ज अर्वेल भए के गर्थे होला?” (WWGOD) बाट प्रारम्भ गरिने स्तम्भहरु र पक्षधर लेखनहरु सर्वत्र पाइन्छन्। मैले के भन्न खोजेको भनेर बुझ्न गुगलमा `अर्वेल र ब्रेक्जिट´ टाइप गर्नुहोस्- तपाईले सन् २०१६ को ब्रेक्जीट–जनमत संग्रहबारे जर्ज अर्वेलले के गर्थे/ भन्थे भन्ने विषयमा असंख्य वेपपेजहरु पाउनु हुनेछ।

    ब्रेक्जिट भनेको जर्ज अर्वेल भए के गर्थे होला?” (WWGOD) को एक पछिल्लो प्रशङ्ग मात्र हो। एक दशक भन्दा अघिका प्रशङ्गमा जस्तै इराकमाथिको अमेरिकी आक्रमणताका, आक्रमण पक्षधर र विरोधी पक्षका दुवै पंडितहरूले आफ्ना अडानलाई अघि बढाउन अर्वेलको नैतिक प्राधिकारको अवधारणाको सहारा लिएका थिए।

    युद्धका हिमायतीहरुले रुचाएर प्रयोग गर्ने अर्वेलवादको शान्तिपक्षधरता भनेको “वस्तुगत रुपमै फासीवाद पक्षधरता हो” भन्ने थियो – जुन वाक्यांश अर्वेलले आफ्ना शान्ति पक्षधर मित्र एलेक्स कम्फर्टसँगको पत्राचारमा प्रयोग गरेका थिए। एलेक्स नाजी यातना गृह र युद्धरत बेलायती राज्य बिचका समानताहरु माथि प्रकाश पार्दथे। तर पछि गएर अर्वेल स्वयंले “प्रोपगान्डाको दाउपेच” जसकोलागि “म स्वयं पनि दोषी छु” भन्दै उक्त वाक्यांश प्रति असहमति ब्यक्त गरेका थिए।

    हालसालै, समाजवादी मित्रहरुलाई हियाउन अर्वेलले प्रयोग गरेका भाषा लेबर नेता जेरेमी कर्बिन र तिनका समर्थकहरूमाथि प्रयोग हुँदैछः

    “कहिलेकाहिँ केवल ‘समाजवाद’ र ‘साम्यवाद’ जस्ता आम शब्दहरूले इङ्गल्याण्डका जुस पिउने, नाङ्गै हिड्ने, चप्पल लगाउने, यौनप्यासी, जोगी, ‘प्राकृतिक चिकित्सा’का वैदाङ्गी, शान्तिवादी र नारीवादीहरुलाई चुम्वकले तानेजसरी आकर्षित गर्दछन्।”

    निश्चय नै षड्यन्त्रमूलक सोचाइ र यहुदि विरोधी धारसँग घनिष्टता भएको कोर्बिनवादसँग अर्वेलको समयका समाजवादतर्फ झुकेका झुन्डहरुसँग गरिएका तुलनामा केही सत्यता छ। कम्युनिष्ट सँगठनको संरचनाबाट अर्वेल त्रसित थिए भन्ने कल्पना जो कोहीले पनि गर्नसक्छ। जे होस् कोर्बिनले यस्तै समाजवादी झुण्डलाई छनौट गरे जस्तो लाग्छ।

    यति हुँदाहुँदै पनि, अर्वेल आफ्नो जीवनभर समर्पित समाजवादी थिए। उनी “म वामपन्थ भित्र छु र मैले त्यसैभित्र काम गर्नुपर्छ” भन्नेमा दृढ थिए। उनको दृढतामा वामपन्थभित्र रहेर त्यहींभित्र जुध्ने सहयात्री कम्युनिष्टहरुको नयाँ पुस्तासँग भन्दा वामपन्थबाटै `पलायन´हुनेहरुसँग ज्यादै कम समानता रहेको देखिन्छ।

    अरवेल ‘आज सबै सम्प्रदाय र समुदायका मानिस भएका छन्’। अर्वेलले चार्ल्स डिकेन्सको बारेमा लेखेको यस्तो प्रशङ्ग आज आएर उनी स्वयंका लागि प्रयोग हुँदैछ। “मार्क्सवादीले उनीलाई ‘लगभग’ मार्क्सवादी भनेर दाबी गर्छन्, क्याथोलिकले ‘लगभग’ क्याथोलिक भनेर दाबी गर्दछन्, र दुबैले उनलाई सर्वहारा वर्गको रक्षक नै भएको दावी गर्छन्”।

    अर्वेलको मामलामा यस्तो दावी गर्नुको कारण आंशिकरूपमा उनीमा रहेको राजनीतिक विसंगतिको परिणाम हो। मैले यो कुरा क्षणिक अर्थमा व्यक्त गरेको होइन। यसको अर्थ गहिरो छ। राजनैतिक लेखकको सबैभन्दा खराब गुण भनेको आफ्नो मन परिवर्तन गर्न चाहना नहुनु वा लामो समयदेखि लागू हुन छाडेको कुनै दृष्टिकोण वा सिद्धान्तमा अडिग हुनु हो।

    महान् भिक्टोरियन उपन्यासकारको परिचयात्मक निबन्धमा अर्वेलले डिकेन्सलाई चित्रित गरे झैं अर्वेल स्वयं “सबै प्रकारका रूढीवादीहरूको समानरुपमा घृणाको पात्र बनेका थिए”। यसैगरी आफ्ना समकालीन जोन मेनार्ड किन्सको “जब तथ्यहरू परिवर्तन हुन्छन् या भए” भन्ने प्रख्यात कथन अनुरुप उनी वस्तुको बारेमा बनेको आफ्नो सोच बदल्न तयार थिए।

    कम्युनिष्टहरूले अर्वेललाई मन पराएनन्। त्यसमाथि उनका दुईवटा उपन्यासहरू – चारखुट्टेको घरजम (Animal Farm) र उन्नाइस चौरासी (Nineteen Eightyfour) – को अर्थ र सन्देशलाई विकृत गरेर नवपुरातनवादीहरुले उनलाई आफ्नै पक्षमा सामेल गरे। यदि तपाईंहरुले गहनकासाथ अर्वेललाई पढ्नु भयो भने तपाईंहरुले आफूले चाहेको कुरा फेला पार्न सक्नुहुन्छ।

    आफ्ना धेरै मतहरुमा अर्वेल धेरै पछि आइपुगे। जब बेलायतीहरु जर्मनीसँगको युद्धको सम्भावना तर्फ मोडिदै थिए, अर्वेलको मत उनले अरुलाई आरोप लगाउने गरे जस्तै “वस्तुगत रुपमै फासीवादी” थियो। अर्वेलको जीवनी लेखक रोबर्ट कोल्स अनुसार मार्च १९३९ सम्म उनी(अर्वेल) माराकेशमा “हाफ सर्ट लगाएर शान्तिवादी उपन्यास लेख्दै थिए।

    धेरै प्रष्ट–दृष्टि भएका उनका समकालीनहरू भन्दा पछिसम्म, अर्वेलले रूढीवादी उग्रवामले भनेजस्तै फासिवादलाई केवल चरम पूँजिवादको रूपमा हेरे। दूरदर्शी जर्ज अर्वेलको यस्तो अडान थियो भन्ने कमै सुन्ने गरिन्छ।

    तथापी यस्तो प्रष्ट विसंगतिले अर्वेलको लेखकीय गुणहरुबाट विकर्षित गर्दैन। यथार्थमा, अर्वेलको महत्त्व यसै तथ्यमा निहित छ कि उनी आफ्ना व्यवहारिक विचारहरुलाई प्रमाणीत गर्नका लागि प्रमुख सिद्धान्तमा अड्डि लिन्थे। यसकारण उनले त्पीडितहरूसँगको ऐक्यबद्धता, सर्वसत्तावादको विरोध र अमूर्त दार्शनिकको सार भन्दा “ठोस वस्तु” को सुन्दरताको खोज गर्नका लागि यस सिद्धान्तलाई बृहत् प्रारम्भिक बिन्दुबाट नै व्यापकरूपमा प्रक्षेपण गर्न चाहेनन्।

    मुलरुपमा अर्वेल निरासावादी ब्यवहारवादी थिए- तर यति हुँदाहुदैं पनि उनी आफ्नो समयको सैद्धान्तिक उचाई भएका वामपन्थी साहित्यिक बुद्धिजीवी थिए।यसैकारण अर्वेलले गरीबीलाई घृणा गरे र निम्न वर्गको भोगाईलाई आत्मसात गर्न खोजे। तर परोपकारी राज्य सजिलै दमनकारी राज्यमा परिणत हुन सक्दो रहेछ भन्ने सत्य स्पेनमा रहँदाको आफ्नै अनुभवबाट थाहा पाए। अर्वेलले प्रत्यक्षरुपमा रूसी–समर्थक कम्युनिष्टहरूले मजदुर-वर्गको क्रान्तिलाई दमन गरेको देखे)।

    उनले युद्धलाई एक “आतङ्कवादीहरुको जाल” को रूपमा देखे। तरपनि हिटलरको जर्मनीलाई बम र गोलाबारुदसहितको युद्धले हराएपछि मात्र शान्ति कायम भएको उनले बुझे। उनी “सार्थक राजनीतिक उद्देश्य” का लागि “समाजवादी संयुक्त राज्य युरोप” बन्ने आशा राख्दथे। जब कि उनको जीवनकालमा यस्तो महासंघको कल्पना गर्नु भ्रमसिवाय केही थिएन।

    अर्वेल तिनीहरुमध्ये कै कुनै पनि थिएनन्। त्यसैले हाम्रो युगमा उनको भावनाको प्रतिनिधित्व गर्ने दावीकर्ताहरु त्यतिकै गुमराहमा छन् जति अर्वेलको समयमा आफ्ना तर्कहरुलाई बलशाली बनाउनका खातिर चिहान उधिनेर चार्ल्स डिकेन्सको प्रेतआत्मालाई बाहिर निकाल्थे। बृहत रुपमा अर्वेलले गरीब र पिडितहरुको पक्ष लिन्थे भन्ने हामीलाई राम्ररी थाहा छ तर त्यसलाई सिद्धान्तको तहमा उकासेर वा नीतिगत अडान बनाएर आजका दिनमा लागू गर्न खोज्नु एकप्रकारको थोत्रो भाषणवाजी मात्र हो।

    आज अर्वेल जीवित भएको भए उनका सबै असंगतीहरूबारे हामी प्रष्ट हुने थियौं। यसरी नै उनीमा घरविहीन, गरीव श्रमिक, तानाशाहीबाट पीडितहरुप्रति लगाव थिएन भन्ने अनुमान त्यस्ता जनताहरुप्रति लगाव नहुने विचारकहरुको ठम्याइ मात्र हो।

    अर्वेलको प्रतिभा आफुले केही वर्ष अगाडि मात्र ब्यक्त गरेका मतहरुमाथि पुनरविचार गर्न तयार रहुनुमा देख्न सकिन्छ। केही व्यक्तिहरु विरलाकोटीका हुन्छन्; उनिहरुको असंगति नै उनिहरुको अदम्य शक्ति हुन्छ, र उनीहरु माथि कुनै सम्प्रदाय र समूहको हो भनेर साँचो अर्थमा कसैले दावी गर्न सक्दैन। आजको सैद्धान्तिक रुपमा कविलायी (जातीय) वातावरणमा, हामीले लेखक अर्वेलबाट लिन सक्ने सबैभन्दा ठूलो शिक्षा यहि नै हुनेछ।

    साभारः फेब्रुअरी २१, २०१९ मा Unherd.com मा प्रसारित।

    जेम्स ब्लडवर्थ एक पत्रकार र Hired: Six Months Undercover in Low-Wage Britain का लेखक हुन्। सो पुस्तक अर्वेल पुरस्कार २०१९ को छनौट-सूचीमा परेको थियो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जेम्स ब्लडवर्थ

      जेम्स ब्लडवर्थ

      जेम्स ब्लडवर्थ एक पत्रकार र Hired: Six Months Undercover in Low-Wage Britain का लेखक हुन्। सो पुस्तक अर्वेल पुरस्कार २०१९ को छनौट-सूचीमा परेको थियो।

      Related Posts

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      चन्द्रदेव जोशी भन्छन्ः अदालतको आदेश कार्यान्वयन गर्दा उल्टै मुद्धा खेप्नुपर्‍यो

      चन्द्रदेव जोशी भन्छन्ः अदालतको आदेश कार्यान्वयन गर्दा उल्टै मुद्धा खेप्नुपर्‍यो

      सागर चन्द
      बुधबार, भदौ १३, २०८०

      झरीमा रुझ्दै केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को कार्यालय अगाडि उभिएको तस्बिर राखेर चन्द्रदेव जोशीले ४ भदौमा सामाजिक सञ्जालमा लेखे, ‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा...

      सल्किन नपाओस् धरानको झिल्को!

      सल्किन नपाओस् धरानको झिल्को!

      रोहेज खतिवडा
      शनिबार, भदौ ९, २०८०

      मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल...

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      २१औं शताब्दीको युक्रेन युद्धमा पुग्नका लागि १२औं शताब्दीको बेलायतबाट सुरू गरौं। त्यसबेला बेलायती समाजमा जमिनमा तारबार हाल्ने लहर चलेको थियो,...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      मङ्लबार, साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      नेपाल रिडर्स
      आइतवार, साउन २८, २०८०

      पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकाको दबावमा सत्ताबाट हटाइएको अमेरिकाकै अनलाइन पत्रिका द इन्टरसेप्टले खुलासा गरेको छ। दक्षिण तथा मध्य एसिया...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist