यदि कोभिड–१९ को मामलाहरुलाई ध्यानदिएर हेर्ने हो यसको पहिलो विरामी २०१९ को नवम्वर १६ मा नै पूर्वी फ्रान्सको कोलमारको अल्बर्ट स्वेइजर अस्पतालमा आइपुगेका थिए भन्नु पर्ने हुन्छ। हालैमात्र सो अस्पतालले जारी गरेको एक विज्ञप्तिमार्फत् चिकित्सकहरूले यसको प्रमाण हामीले पाएका छौं भनेका छन्।
यसो भन्नेमा अल्बर्ट स्वेइजर अस्पतालको मेडिकल इमेजिङ विभागका प्रमुख मेडिकल अफिसर मिशेल स्मिट हुन्। यसो भन्ने अघि उनले नोभेम्बर १ पछिका अप्रिल ३० सम्मका विभिन्न प्याथोलोजी रिपोर्टहरुसँग उनको विभागले गरेको फोक्सो, मुटु र चोटपटकसम्बन्धी २,४५६६ वटा स्क्यान भिडाइँ एक पूर्ववर्ति अध्ययन गरेका थिए।
विज्ञप्ति
डा. स्मिटले सुरुमा “कोभिड- सँग मिल्दो” “(COVID-compatible)” वा “कोभिडसँग ठ्याक्कै मिल्ने” (typical COVID) स्क्यानहरुलाई छुट्याए। त्यसपछि ती दुवै क्याटेगरीको अरु दुई अनुभवी रेडियोलजिस्टहरुलाई पुनः मूल्यांकन गर्न लगाए।
तिनीहरुले फ्रान्सको पहिलो आधिकारिक रिपोर्ट फेब्रुअरी २४ मा हुनुभन्दा केही महिना अगाडि नोभेम्बर १६ मा नै अस्पतालमा केसहरू दर्ता भएको पाए। साथै उनीहरुले के भने कि– फेब्रुअरीको अन्त्यसम्म रोगको मामलाहरु एकदमै ढिलोगरी प्रसार भएको थियो तर मार्च ३१ मा त्यसको द्रुत बृद्धि भई उच्च बिन्दूमा पुगेकोथियो। ।
स्मिटका अनुसार नोभेम्बरको सुरुमा नै यस क्षेत्रमा केही मामलाहरू संचार भइरहेका थिए।डाक्टरले भनेका छन्– त्यसपछि भाइरस धेरै छिटपुटरुपमा फैलियो तर क्रिसमस बजार र पारिवारिक भोज जस्ता जमघट हुँदै फेब्रुअरीको अन्तिम हप्तामा भएको मुलहाउस धार्मिक जमघटपछि महामारीले गति लियो।
नेशनल फेडरेशन अफ मेडिकल रेडियोलोजिस्ट्स (एफएनएमआर) का अध्यक्ष जीन-फिलिप म्यासनले भनेका छन्– डा. स्मिटको अध्ययन तुलनात्मक रूपमा विश्वासयोग्य छ किनकि चारवटा कोभिड–१९ का विशिष्ट घाउहरू पहिचान गरिएका छन् जुन छातीको स्क्यानरमा अवलोकन गर्न सकिन्छ। गाओ यू द्वारा सिजिटिएन २०२० मई ८ १२.४० बाट।