धनकुटामा मंगलबार ५ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन। सोमबार धनकुटा अस्पतालमा कार्यरत सबै स्वाथ्यकर्मी र बिरामी गरी ८३ जनामा स्वाब संकलन गरी पठाइएको थियो।
स्वाब संकलन गरिएकामा ७ जना बिरामी, ३ जना कुरुवा र बाँकी सबै अस्पतालका स्वास्थ्यकर्मी रहेका थिए। तीमध्ये ६७ जनाको परीक्षण गरिएमा ५ जनाको नतिजा पोजेटिभ आएको धनकुटा अस्पतालका निमित्त मेसु पुजन विश्वकर्माले जानकारी दिए। परीक्षण हुन बाँकी रहेका १६ जनाको बुधबार परीक्षण गरिने भएको छ।थपिएका कोरोना संक्रमितमा ४ पुरुष १ महिला रहेका छन्। उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो। यद्यपि यो विषयमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छैन।
धनकुटा अस्पतालमा कार्यरत एक महिलामा आइतबार कोरोना पुष्टि भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो। यो सँगै धनकुटामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ६ पुगेको छ।