Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कृषिको विकासका लागि कृषिमन्त्री भुसाल र प्रदेश मन्त्रीहरुबीच पाँच बुँदे समझदारी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २७, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सङ्घीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बुँदे समझदारी भएको छ । हिजो र आज सङ्घीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी कायम गरेको हो ।कृषिमन्त्री घनश्याम भुसालले सातवटै प्रदेशका कृषिमन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालीन विकासका लागि प्रदेशका विभागीय मन्त्रीसँग सुझाव लिन दुईदिने बैठक आयोजना गरेका थिए।

    बैठकले नेपालको कृषिको विकासका लागि पाँच बुँदे समझदारी कायम गरेको बताइएको छ । बैठकले कृषि विकासका लागि सङ्घीय र प्रादेशिक मन्त्रालयबीच योजना, कार्यक्रम, बजेट निर्माण समन्वयात्मक ढङ्गले गरिने पहिलो समझदारी कायम गरेको छ ।यसैगरी समझदारीको दोस्रो बँुदामा कृषि विकासका योजना र कार्यक्रम कार्यान्वयनमा आवश्यक सहकार्य गर्ने, तेस्रो बुँदामा कृषि क्षेत्रको संरक्षण र विकासका लागि तिनै तहका सरकारबाट प्रदान गरिने सेवासुविधा, स्रोत परिचालनमा एकरुपता कायम गरिने समझदारी भएको छ।

    त्यस्तै चौथो बुँदामा कृषि नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सङ्घ र प्रदेश सरकारबीच मन्त्री र सचिवस्तरीय संयन्त्र बनाउने, पाँचौँ बुँदामा तिनै तहका सरकारबीच समन्वय र सहकार्य गर्न छिटै स्थानीय तहसँग समन्वय बैठक गर्ने समझदारी भएको छ ।मन्त्री भुसालले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर कृषिको विकासका आगामी योजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीसँग सुझाव लिए।

    मन्त्री भुसालले कृषि प्रधान मुलुक भनेर परिचित नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने गरी कृषिको योजना अगाडि सार्ने रणनीति बनाएको बताइएको छ ।राष्ट्रिय पूँजीको विकासमा योगदान दिने हिसाबले तिनै तहका सरकारबीच आवश्यक सहकार्य तथा समन्वय गरेर निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कृषि मन्त्रालयले योजना बनाइरहेको छ।

    मन्त्री भुसालले कृषिमा युवापुस्तालाई प्रत्यक्ष संलग्न गराएर नेपालका बाँझाबारी र खेतलाई हराभरा गराउने विषयमा योजना बनाएका हुन् ।बैठकमा सातवटै प्रदेशबाट सहभागी भएका कृषिमन्त्रीले आ–आफ्नो प्रदेश सरकारले कृषि क्षेत्रको सम्बन्धमा लिएको नीति, कार्यक्रम, योजना र बजेट सम्बन्धमा जानकारी गराएका थिए।

    बैठकमा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री प्रदेश १ का राम राना, प्रदेश २ का शैलेन्द्र साह, वाग्मती प्रदेशका दावा दोर्जे लामा, गण्डकी प्रदेशका लेखबहादुर थापा, प्रदेश ५ का आरती पौडेल, कर्णाली प्रदेशका बिनिता देवी चौधरी र सुदूरपश्चिम प्रदेशका विमला केसीको सहभागिता थियो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.