Friday, January 22, 2021
  • Login
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो: १३ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

by पत्रपत्रिकाबाट
July 10, 2020
in समाचार
42 1
0
देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो: १३ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
32
SHARES
Share on FacebookShare on Twitter

लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो आउँदा जनधनको क्षति भएका विवरणहरू आएका छन्।राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका उप-सचिव मुरारी वस्तीका अनुसार बिहीवार र शुक्रवारसम्म गरी देशका विभिन्न स्थानमा १३ जनाको मृत्यु भइसको पुष्टि भएको छ। दर्जनौँ बेपत्ता भएका छन्।

विभिन्न स्थानबाट थप बाढी र पहिरोको खबर आउने तथा क्षतिको विवरण सङ्कलन कार्य जारी छ। त्यसैले मृतक, घाइते र बेपत्ताको सङ्ख्या निरन्तर बढिरहेको उनले बताए।उद्धार र राहतका लागि भने स्थानीय सरकारका प्रतिनिधिले स्रोत र साधनको अभावले समस्या भोगेको गुनासो गरेका छन्।उनका अनुसार बिहीवार राति कास्कीमा सात र लमजुङमा तीन जनाको पहिरोमा परी मृत्यु भएको छ।

त्यस्तै शुक्रवार सबेरै पहिरोमा परेर म्याग्दीमा एक जनाको ज्यान गएको छ। त्यहाँ ३० जना बेपत्ता भएका छन्।वस्तीले भने, “म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा पहिरोले ३७ घर भत्किएको विवरण आएको छ।””त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि तीन तिरबाट पहिरो गएकाले घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न कठिन भइरहेको छ।”

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित
बाढीले बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा रघुगङ्गा नदीमा पुलमा क्षति पुर्‍याएको छ

यसैगरी रुकुम पश्चिममा पनि पहिरोले पुर्दा दुई जनाको ज्यान गएको छ।बिहीवार गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको र छ जना घाइतेको उद्धार गरी काठमाडौ‌ं ल्याइएको जनाएको थियो।

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

फिल्म भाँडाकुटीको कोर टिम लोकेसन हन्टमा, फिल्मको छायांकन माघ १५ बाट

फिल्म भाँडाकुटीको कोर टिम लोकेसन हन्टमा, फिल्मको छायांकन माघ १५ बाट

2 months ago
प्रा.डा. दिव्या सिंह शाहलाई डिन बनाएपछि अनेरास्ववियुले गर्‍यो आइओएममा तालाबन्दी

प्रा.डा. दिव्या सिंह शाहलाई डिन बनाएपछि अनेरास्ववियुले गर्‍यो आइओएममा तालाबन्दी

7 months ago

Popular News

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist