Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘सीमाका विषयमा भारत पन्छियो, नेपाल बलियो रुपमा प्रस्तुत हुन सकेन’

nepal_readers nepal_readers
माघ ४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार अपराह्‍न स्वदेश फर्किएका छन् । भारत भ्रमणमा जानुअघि सीमाको मुद्दालाई जोडतोडको साथ उठाउने एजेन्डा तय गरेका परराष्ट्रमन्त्री ज्ञवाली सीमा विवादबारे कुनै ठोस कुरा नगरेरै स्वदेश फर्किएका छन् ।

    परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली ओर्लिएको केही घण्टापछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विषयमा भारतको अडान कायमै रहेको र त्यसका लागि वार्ता गर्न छुट्टै संयन्त्र भएको बताएका थिए । प्रवक्ता श्रीवास्तवले भनेका थिए, “सीमाका विषयमा हाम्रो अडान जगजाहेर छ । र, म के कुरा स्पष्ट पार्न चाहन्छु भने संयुक्त आयोग एवं सीमा बैठक फरक-फरक संयन्त्र हुन् ।”

    त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने’ सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, परराष्ट्रमन्त्रीको भारतीय समकक्षीसँगको भेट र संयुक्त आयोगको बैठकमा नै सीमा विवाद र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन नेपाल–भारत सम्बन्धका जानकार व्यक्तित्व सम्मिलित प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को विषयमा कुनै कुराकानी हुन सकेन।

    स्वदेश फर्किने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भ्रमणबाट सकारात्मक प्रभाव देखिने अपेक्षा गरेको प्रतिक्रिया दिए । उनले भने, “विकास, निर्माण र समद्धि हासिल गर्ने हाम्रो निरन्तरको प्रयासमा त्यसको सकारात्मक प्रभाव देखिने छ भन्ने मैले अपेक्षा गरेको छु ।”

    तर,परराष्ट्र विज्ञ र सीमाविद्‌हरुले भने तयारी बिनाको भ्रमणमा परराष्ट्रमन्त्री जाँदा नेपालको कमजोर अवस्था उजारगर भएको प्रतिक्रिया दिएका छन् ।

    के भन्छन् विज्ञहरु?

    भेषबहादुर थापा, पूर्वपरराष्ट्रमन्त्री
    भ्रमणलाई मैले संवादहीन अवस्थाबाट संवादको अवस्थामा गएको रुपमा लिएको छु। गन्तव्य स्थानमा कसरी जाने भन्‍ने कुराहरु दुबै पक्ष मौन छन् । सीमाका बारे प्रवेश नगर्नु राम्रो कुरा होइन । विवादित विषयमा कुरा नै नहुने भनेको सकारात्मक संकेत होइन । विवाद कायमै छ । कुन विषयमा कति प्रगति भयो र केही विषयलाई प्रवेश नगर्नु भनेको सम्बन्धलाई कुन दिशामा लैजाने भन्‍ने विषयमा सोच्‍नुपर्छ ।

    डा. दिनेश भट्टराई, परराष्ट्र विज्ञ
    नेपाल-भारतबीच जुन संवादहीनताको अवस्था थियो, त्यो संवादको मार्गतर्फ अघि बढेकोले यो सकारात्मक कुरा हो । तर, यस्तो अवस्थामा तयारी बिनाको भ्रमणमा नेपाल कमजोर देखाउने काम भयो । सीमा विवादका मुद्दा एकैदिन समाधान हुने होइन, तर सीमा विवाद समाधानका कुरा सुन्‍न नै नचाहनु गम्भीर कुरा हो ।

    भारतबाट आउने कर्मचारी र जासुसी संस्थाका प्रमुखसमेत हाम्रो प्रधानमन्त्रीसँग घण्टौं भेट गर्ने गरेका छन् । तर, नेपालको परराष्ट्रमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले भेट नदिनु पनि अपमान र नरमाइले भनेर मैले सम्झेको छु । अहिलेको विशेष परिस्थिति थियो । यस्तो बेलामा भारतीय प्रधानमन्त्रीले भेट दिनु थियो । हाम्रो परराष्ट्रमन्त्रीले भ्रमणमा जानुअघि नै मिनिमम मापदण्ड नभइ आउँदैन भन्‍नुपर्थ्यो । के देखाउनलाई हो, तयारीबिना नै भ्रमणमा गएर नेपाल कमजोर देखिएको छ ।

    दीपकुमार उपाध्याय, भारतका लागि पूर्वराजदूत
    हामी कमजोर भएको समयमा यो भ्रमण जान हुँदैनथ्यो । समय उपयुक्त थिएन । सरकारकै स्टाटस नभएको समयमा कामचलाउ सरकार चल्दैछ । मुद्दा चलिरहेको सयमा विदेशीको पनि हामीलाई सहयोग छ भनेर देखाउनका लागि काम लाग्‍न सक्छ । विदेशीले टेर्ने कुरामा र परिणाम देखाउने कुरामा सकारात्मक हुन सकेन ।

    पहिले सचिवस्तरको वार्ता हुँदा राजनीति तहमा वार्ता गर्ने भनियो । अहिले राजनीतिक तहको संवादका क्रममा यसको छुट्टै संयन्त्र छ भनेर पन्छियो । ईपीजीको बारेमा पनि त्यसमा पनि विमुख नै भइरहेका छन् । यो अहिले हुनेवाला नै थिएन । सामन्त गोयलको भेटपछिको मार्गचित्र हो। अपेक्षा गर्नुपर्ने कारण थिएन । कूटनीतिक संवादले सुरुवात पायो भन्‍ने कुरा सकारात्मक हो ।

    बुद्धिनारायण श्रेष्ठ, सीमाविद्
    एजेन्डामा परेको विषयमा संवाद नहुनु सकारात्मक हुन सक्दैन । भारतले सीमाको कुरा उठाएन । नेपालले उठाउन खोजे पनि त्यसको संयन्त्र अलगै भएका कारण सचिवस्तरीय संयन्त्र र प्राविधिक संयन्त्रले काम गर्ने भनेर पन्छिएको पाइएको छ । नेपालले यसमा आफ्नो प्रस्तुति राम्रो गर्न सकेन । भारतीय विदेश सचिव नेपाल आउँदा पनि परराष्ट्रमन्त्रीको भ्रमणमा सीमासम्बन्धी कुरा हुने संकेत गरेका थिए । हामीले नेपालबाट ‘पुस’ गर्न सकेनौं । -लेखाजोखा

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.