Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ब्राजिलका पूर्व राष्ट्रपति लुला रिहा : पुरै ब्राजिल भ्रमण गर्ने

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक २३, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ब्राजिलका पूर्व राष्ट्रपति लुइज इन्सिओला लुला दा सिल्भा शुक्रवार दिउँसो रिहा भएका छन्। उनी ब्राजिलको जेलमा ५८० दिन बन्दी रहेका थिए। जेलबाट छुटेपछि शुक्रबार साँझ उनले आफ्ना योजना बताउनुका साथै जेलमा रहेको ५८० दिनका समयमा आफूलाई सहयोग र समर्थन गर्ने सबै व्यक्तिहरुलाई धन्यवाद दिए।

    “तपाईलाई थाहा छैन म तपाईहरुमाझ रहनु परेको कुराले कत्ति अर्थ राख्दछ। मैले ब्राजिलका जनताहरूसँग जीवनभर बातचित गरेको थिएँ। ५८० दिनसम्म यहाँ रहेर मैले ‘शुभ-प्रभात, लुला,’ ‘शुभ-साँझ, लुला’  भन्ने महिला र पुरुषसँग कुराकानी गर्न पाउनेछु भन्ने मैले सोचेको थिइन। चाहे आँधी आओस् वा लू चलोस् वा बरफ जमोस्,  प्रजातन्त्रको जीवित शक्ति तपाईंहरुका लागि म जस्तोसुकै तागतसँग पनि प्रतिरोध गर्नेछु।” उनले जम्मा भएका आफ्ना समर्थकलाई भने।

    “म  ७४ वर्षको उमेरमा तपाईंहरुसँग विछोडिएको थिएँ र मेरो हृदयमा प्रेमले वास गरेको छ। प्रेमको नै  यस देशमा विजय हुनेछ, “पूर्व राष्ट्रपतिले भने।

    शुक्रबार दिउँसो सुप्रीम कोर्टको फैसलापछि लुलालाई रिहा गरिएको थियो। उक्त अदालतले मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई मात्र र अपीलको सम्भावना समाप्त भएपछि मात्र जेल सजाय दिइन्छ भन्दै रिहाइ गर्न आदेश दिएको थियो।

    यसै बेला पूर्व राष्ट्रपतिले  “लुला  रिहा गर” को अभियान चलाउने संस्थाहरूलाई धन्यवाद दिए। उनले भाषणका क्रममा बताए कि उनको रिहाइका लागि खासगरी भूमिहीन मजदुर आन्दोलन (एमएसटी), वर्कर्स पार्टी (पीटी), एकीकृत मजदुर केन्द्र (सीटी), बाँधबाट प्रभावित जनताको आन्दोलन (एमएबी) ), पराना स्टेट शिक्षक शिक्षक संघ (एपीपी-सिंडिकैटो), र लेफ्टिस्ट पलटिकल अर्गानाइजेशन कन्सल्टा पपुलर नामक संगठन रहेका थिए। यसका साथै उनले धेरै व्यक्ति र संस्थाका नाम उल्लेख गर्नुका साथै जेलमा रहँदा उनलाई भेट्न गएका त्यहाँ उपस्थित सबै कार्यकर्ताहरूसँग अँगालो मारेका थिए।

    लुलाले आफ्नो मिडिया टोली र साउ पाउलो फर्नान्डो हददका पूर्व मेयर तथा वर्कर्स पार्टी (पीटी) का अध्यक्ष ग्लेसी होफम्यान जस्ता राजनीतिज्ञहरूको समर्थनलाई पनि धन्यवाद दिए। यसैगरी उनले सोसलिज्म एण्ड फ्रिडम पार्टी र ब्राजिल कम्युनिष्ट पार्टीजस्ता सहयोगी राजनीतिक पार्टीहरूलाई पनि धन्यवाद दिएका थिए।

    पूर्व राष्ट्रपतिले भने कि उनी जेलबाट निराश भएर होइन उत्साहित भएर आएकाछन् र ब्राजिलका जनताकालागि लड्न अझ फूर्तिला भएका छन्। उनले  भने –  ब्राजिललाई विदेशी शक्तिको हातमा सुम्पने राष्ट्रपति जेयर बोलसनोरोको कुनै  पनि कदमलाई सफल हुन दिइने छैन।

    उनले हरेक दिन जेलमा प्राप्त भएका समाचारपत्र हेर्दा उनी देशको राजनीतिक अवस्थाप्रति आक्रोशित भएको  र “उनीहरूले देशमा कति परिवर्तन गरे” भन्ने कुरा रोजगारहरुको जोखिमपूर्ण अवस्था र न्यूनतम ज्याला नबढ्नुले नै प्रष्ट पारेको बताए।  “जनता भोक भोकै, दिनप्रतिदिन कष्टमय जीवन बिताउँदै, उबरका गाडी हाँक्दै पिज्जा धनाढ्यकहाँ डेलिभर गर्दै, अत्यन्तै नाजुक अवस्थामा काम गरिरहेका छन्,” उनले दुख व्यक्त गरे।

    वर्कर्स पार्टीका नेता लुलाले जनताको संघर्षमा  “वफादार रहिरहने” कबूल गर्दै आफ्नो भाषण समाप्तीको क्रममा भने कि “ब्राजिली जनताको ढोका खुला छ,”  अब म चाँडै नै देशव्यापी भ्रमण गर्नेछु।

    “म  ७४ वर्षको  भएँ र मेरो हृदयमा प्रेमले मात्र वास गरेको छ। अन्तत:  प्रेमको नै यो देशमा विजय हुनेछ” लूला  भने।

    लुला सहितको प्रदर्शन योजना

    आजको शनिबार मेटल वर्कर्स युनियन साओ बर्नार्डो डो क्याम्पो  (Metal Workers’ Union in São Bernardo do Campo) को प्राङ्गणमा हुनेछ। लुलाको रिहाइका लागि अभियान चलाउने  पिपुल्स ब्राजिल एण्ड दी पिपुल विदाउट फियर फ्रन्ट नामक  संस्थाद्वारा आयोजित रेली नै सभामा परिणत भएपछि लुलाले भाषण दिनेछन्।

    साओ बर्नार्डो डो क्याम्पोमा हुने जुलुसका साथसाथै, आउने शुक्रवार उत्तरी ब्राजिलको बेलममा प्रदर्शन हुनेछ भने ; ब्रासिलिया, देशको राजधानी शहर; पोर्टो एलेग्रे, दक्षिणी शहरमा; साउ पाउलो, दक्षिण पूर्वमा; र उत्तरपूर्वी शहरहरू रेसिफे, साल्भाडोर र मारान्हो पनि प्रदर्शन र सभाहरु हुने बताइएको छ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.