भारतीय पूर्व विदेश सचिव एवं नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएका छन् । नेपाल र भारतबीचको सीमा विवादको चर्चा चलिरहेको बेलामा उनको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी इन्डिगो एयरलाइन्सबाट आइतबार काठमाडौं आएका हुन् । स्रोतका अनुुसार उनी सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल साथै प्रतिपक्षी दलका सभापति शेर बहादुर देउवासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भारतीय समाचार बोकेर उनी नेपालमा आएको स्रोतले जानकारी दिएको छ । उनी ओली, देउवा र प्रचण्डसंग भेटघाट गरेर सीमा विवादको बारेमा छलफल गर्नेछन् । भारतीय राजनीतिक नक्सामा नेपालको भूमि भएको भन्दै विरोध प्रदर्शन भइरहेको छ । यसैबीच उनी नेपाल आएका हुन् । समाचार दैनिकमा खबर छ ।
०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन
नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...