भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण (कोभिड – १९) पुष्टी भएको छ । मुखर्जीले ट्वीटरबाट आफूमा संक्रमण भएको जनाएका हुन् ।
उनले पछिल्लो हप्तादेखि आफूसँग सम्पर्कमा आएका सबैलाई आइसोलेशनमा बस्न र कोरोना परीक्षण गर्न अनुरोध समेत गरेका छन् ।
भारतमामा कोरोनाको संक्रमण निरन्तर बढ्दै गइरहेको छ। हालसम्म २२ लाख भन्दा बढी मानिसहरूलाई यो भाइरस संक्रमित भइसकेको छ । भारतमा ४४ हजार भन्दा बढी मानिसको यस महामारीबाट मृत्यु भइसकेको छ । यद्यपि संक्रमित भएका मध्ये हालसम्म १५ लाख बढी उपचार पछि निको भएका छन् ।
On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee— Pranab Mukherjee (@CitiznMukherjee) August 10, 2020