भारतको समाजवादी पार्टीका पूर्व राष्ट्रीय महासचिव अमर सिंहको शनिबार सिंगापुरमा निधन भएको छ। ६४ वर्षीय सिंहलाई लामो समयदेखि अस्पतालमा भर्ना गरिएको थियो। हाल अमर सिंह राज्यसभा सांसद थिए।

सन् २०१० मा समाजवादी पार्टीका पूर्व राष्ट्रिय अध्यक्ष मुलायम सिंह यादवको नजीकका अमर सिंहले मतभेदका कारण पार्टी छोडे। त्यसपछि उनले राष्ट्रिय लोक मञ्चको गठन गरे र उत्तर प्रदेशमा आफ्नै राजनीतिक आधार निर्माण गर्न खोजे। अमर सिंहसँगै जय प्रदाले पनि समाजवादी पार्टीबाट विदा लिएकी थिइन्। पछिल्लो लोकसभा चुनावमा जया प्रदाले भाजपाको टिकटमा उत्तर प्रदेशको रामपुर सीटबाट चुनाव लडेकी थिए तर समाजवादी पार्टीका उम्मेदवार आजम खानसँग पराजित भइन्। लोकसभा चुनाव २०१९ भन्दा अघि अमरसिंहको भाजपासँग नजिकको सम्बन्ध बढेको थियो र विश्वास गरिन्छ कि भाजपाले उनको इशारामा जय प्रदालाई मात्र टिकट दिएको छ।

भनिन्छ कि समाजवादी पार्टीका राष्ट्रिय महासचिव रामगोपाल यादवसँगको बढ्दो राजनीतिक झगडाका कारण अमर सिंहले पार्टी छोड्नु परेको थियो र मुलायम सिंह पनि यी दुईबीच मेलमिलापमा असफल भएका थिए। भनिन्छ रामगोपाल यादवसँगै पार्टीका राष्ट्रिय अध्यक्षहरू अखिलेश यादव र आजम खानले पनि अमर सिंहलाई मन पराउदैनथे। एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया