वीरगञ्‍जमा उपचाररत चारजना कोरोना संक्रमित निको भए

वीरगञ्‍जस्थित नारायणी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित चारैजना निको भएका छन्। कोरोनाका बिरामीको उपचारमा खटिएका डाक्टरका अनुसार चैत ३० गते र वैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित दुई साता लामो उपचारपछि निको भएका हुन् ।

वीरगञ्‍‍जस्थित मस्जिदमा रहेका ३ जना भारतीय नागरिक निको भएका हुन्। त्यसैगरि वैशाख २ गते उपचारका लागि भर्ना भएका रौतहटका एकजना युवक पनि कोरोना संक्रमणबाट मुक्त भएका हुन्। चैत ३० गते भर्ना भएका ३४, ४४ र ५५ वर्षीय भारतीय नागरिक निको भएकाले डिस्चार्ज गरेर घर फिर्ता पठाउन लागिएको छ।

त्यसैगरि रौतहटका १९ वर्षीया युवकको पनि कोरोनाको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि निको भएका हुन्। उनी भारतको राजधानी नयाँदिल्लीबाट आएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया