Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाभाइरसस् भेन्टिलेटर अभावमा कोभिड-१९ विरुद्ध लड्न ‘सरकारले गर्नैपर्ने चार काम’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र २१, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा सघन उपचार सेवामा कार्यरत चिकित्सकहरूले सरकारलाई समुदाय तहमा कोभिड-१९ फैलन नदिनका लागि थप प्रभावकारी उपायहरू अपनाउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन्।देशैभरि सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटर सहितका शैय्याहरूको कमी रहेको खबरहरू आइरहेका बेला त्यस्ता सेवामा कार्यरत चिकित्सकबाट यस्तो सुझाव आएको हो।

    उनीहरूले सरकारले आईसीयू र भेन्टिलेटर थप्ने घोषणा गरे पनि इटली, स्पेन वा अमेरिकामा जस्तै गरी कोरोनाभाइरस समुदाय तहमा फैलियो भने त्यसले भयावह स्थिति सिर्जना गर्ने चेतावनी दिए।त्यसलाई न्यूनिकरण गर्न थप प्रभावकारी उपायहरू अपनाउन निकै ढिलो भइसकेको उनीहरूको तर्क छ।

    तर अझै पनि सरकारले समुदाय तहमा भाइरस सङ्क्रमण फैलन नदिनका लागि काम गर्नसक्ने उनीहरू बताउँछन्।सघन उपचार कक्षमा कार्यरत तथा अन्य चिकित्सकहरूसँग बीबीसीले गरेको कुराकानीमा उनीहरूले सरकारलाई दिएकामध्ये मुख्य चार सुझावहरू यस्ता छन्

    १. समुदायमा फैलनै नदिनु
    चिकित्सकहरूका अनुसार हालसम्म नेपालमा समुदाय तहमा कोरोनाभाइरस फैलिइसकेको छैन।यसलाई कामय राख्न सकियो भने भेन्टिलेटर र आईसीयूको अभाव रहँदा रहँदै पनि सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ।

    हालसम्म विदेशबाट आएका मानिसहरूमा मात्र सङ्क्रमण पाइएकाले उनीहरूको सम्पर्कमा पुगेका र सम्भावित सङ्क्रमितहरूलाई पहिचान गर्नु नै त्यसको सबैभन्दा उत्तम उपाय रहेको चिकित्सकहरू बताउँछन्।त्यसरी पहिचान गरिएका व्यक्तिहरूलाई क्वारन्टीनमा राखेर समुदायमा रोग फैलनबाट रोक्न सकिने उनीहरू बताउँछन्।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आईसीयू प्रमुख डा। सुभाषप्रसाद आचार्य भन्छन्, ‘अहिले अमेरिकाले त आईसीयू र भेन्टिलेटर पुर्‍याउन सकेको छैन यस्तो बेलामा हामीले ती सुविधा थपेर मात्र बिरामी बचाउँछौँ भनेर हुन्छ ररु अहिलेको मुख्य काम भनेको सङ्क्रमणलाई कुनै पनि हालतमा समुदाय तहमा फैलन नदिनु नै हो।’

    उनी सरकारले आकस्मिक अवस्थामा पर्ने कुराहरूको बन्दोबस्तीका साथै रोकथामका लागि थप प्रभावकारी कदमहरू चाल्न आवश्यक भएको बताउँछन्।त्यसका लागि लक्षणहरू देखिएका जतिसक्दो धेरै मानिसहरूको परीक्षण गर्नुपर्ने सुझाव पनि चिकित्सकहरूको रहेको छ।

    २. सामान्य बिरामीलाई घरैमा उपचार
    सामान्य लक्षण भएका कोरोनाभाइरसका बिरामीहरू घरैमा आइसोलेशनमा अर्थात एकान्तवास बसेर निको भएका कैयौँ उदाहरणहरू दिँदै चिकित्सकहरू नेपालले पनि त्यस्तै विधी अपनाउन सक्ने बताउँछन्।

    भोली सङ्क्रमण धेरै फैलियो र बिरामीहरू निकै बढ्न थाले भने सामान्य लक्षण देखिएका र प्रतिरक्षा प्रणाली बलियो भएका बिरामीलाई घरैमा उपचार गर्न सकिने उनीहरूको सुझाव छ।त्यसले न्यून पूर्वाधार भएका अस्पतालहरूमा चाप कम हुने तथा सङ्क्रमणको फैलावट कम गर्न सहयोग पुग्ने सुझाव उनीहरू दिन्छन्।

    त्यसका लागि सरकारले प्रभावकारी योजना बनाउनु पर्ने आवश्यकता चिकित्सकहरूले औल्याए।नेप्लिज् सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा। हेमराज पनेरु भन्छन्, ‘सामान्य लक्षण देखिएकाहरूलाई जनचेतना दिएर उनीहरूलाई सेल्फ आइसोलेशन र सेल्फ क्वारन्टीनमा जोड दिने गर्नुपर्छ।’

    उनले कोरोनाभाइरस सङ्क्रमितहरूमध्ये सिकिस्त बिरामी हुनेको सङ्ख्या निकै कम देखिएकाले पनि एकदमै सामान्य लक्षण देखिएकाहरूलाई सेल्फ आइसोलेशनमा राखेर घरैमा पनि उपचार गर्न सम्भव हुने बताए।यो भाइरसबाट चीनमा निकै कम मानिसहरू सिकिस्त भएको देखिए पनि युरोप र अमेरिकामा त्यो भन्दा केही बढी भएको उनी बताउँछन्।

    ३. मध्यम खाले बिरामीलाई अक्सिजन दिएर उपचार
    चिकित्सकहरूका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर मध्यमखाले लक्षण देखिएका बिरामीहरूलाई आईसीयूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राखिहाल्नु पर्ने अवस्था आइहाल्दैन।बिरामीको अवस्था जाँच गरेर उनीहरूलाई अक्सिजन दिएर र अन्य चिकित्सकीय सहायतामार्फत् उपचार गर्न सकिन्छ।

    त्यस्तो व्यवस्था मिलाउन सकियो भने सिकिस्त बिरामीहरूका लागि आईसीयू र भेन्टिलेटर अभावलाई कम गर्न सकिन्छ।तर त्यसका लागि सरकारले अक्सिजनलगायत अन्य चिकित्सकीय सहायताका लागि पनि आवश्यक प्रबन्ध गर्नुपर्ने हुन्छ।

    महासचिव डा। पनेरु भन्छन्,’अस्पताल लानै पर्ने बिरामी मानौँ २० प्रतिशत हुन्छन् भने त्यसमा १५ प्रतिशत जतिलाई त अक्सिजन र अन्य सपोर्टिभ केयर दिएर पनि निको बनाउन सकिने देखिएको छ। त्यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ।’उनी कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि भेन्टिलेटर र आईसीयू नै समाधान हो भन्ने खालको सोचाइले काम गर्दा समस्या थप जटिल बन्नसक्ने बताउँछन्।

    ४. जनशक्ति व्यवस्थापन

    कोरोनाभाइरसका कारण सामान्य वा मध्यम खालका लक्षणहरू देखिएका बिरामीको तुलनामा गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका बिरामीको मृत्यु धेरै हुने गरेको छ।त्यस्ता बिरामीहरूलाई आईसीयूमा राख्नुपर्ने वा भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुन जाने चिकित्सकहरू बताउँछन्।

    त्यस्ता बिरामीको उपचारका लागि देशैभर भेन्टिलेटर र आईसीयूको अभाव रहेको चिकित्सकहरूले बताउँदै आएका छन्।तर रहेका भेन्टिलेटरहरू चलाउन जान्ने तथा आईसीयूमा सेवा दिन सक्ने दक्ष जनशक्तिको अभाव रहेको चिकित्सकहरूले बताए।

    नेपाल मेडिकल एसोसिएसनका महासचिव डा.बद्री रिजाल भन्छन्, ‘सबै बिरामीलाई भेन्टिलेटर चाहिन्छ भन्ने होइन तर अरू देशमा जसरी फैलिएको छ त्यस्तै गतिमा फैलियो भने यहाँ भयावह स्थिति आउनसक्छ। हुनत यो भाइरसका कारण पाँच प्रतिशतभन्दा कम मानिस मात्र सिकिस्त हुन्छन् भनिएको छ। तर धेरै सङ्क्रमित भएमा पाँच प्रतिशत नै भए पनि निकै हुन्छ नि।’ उनले अहिले सरकारले पूर्वाधारका मात्र कुरा गरेर जनशक्तितर्फ ध्यानै नदिएको बताए।

    उनले भने, ‘जनशक्ति र व्यवस्थापनको हिसाबले अहिले हामीले हेरेकै छैनौँ। भेन्टिलेटर, भेन्टिलेटर मात्र भनिरहेका छौँ। जस्तो परीक्षणका लागि सिफ्ट अनुसार डाक्टरहरू चाहियो। उनिहरूलाई फेरि क्वारन्टीन पठाउनु पर्‍यो। त्यो खालको व्यवस्थापन छैन। जसले निकै समस्या निम्त्याउन सक्छ।’

    नेपालमा भेन्टिलेटर र आईसीयूको अवस्था
    नेपालमा हालसम्म ६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।यो सङ्ख्या बढ्दै गएमा धेरै बिरामीलाई सघन उपचार आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्। तर नेपालमा हाल सरकारी तथा निजी अस्पतालहरूमा चालू अवस्थामा कति भेन्टिलेटर तथा आईसीयू सुविधा छ भन्ने जानकारी सरकारी अधिकारीहरूले उपलब्ध गराएनन्।

    बिहीवार स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालयका कम्तिमा पाँच जना उच्च अधिकारीहरूलाई यसबारे जानकारी माग्दा उनीहरूले एकले अर्कोलाई ‘उहाँलाई जानकारी छ’ भन्दै पन्छिए। मन्त्रालयका एकजना अधिकारीले भने अनौपचारिक रूपमा आईसीयू र भेन्टिलेटरबारे देशैभरिको विवरण सङ्कलन भने गरिएको बताएका छन्।

    एक सयभन्दा बढी भेन्टिलेटर
    निजी अस्पताल सञ्चालकले पनि त्यसलाई पुष्टि गरे। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सिट्च्युसन अफ नेपाल ९अफिन०का महासचिव हेमराज दाहालले स्वास्थ्य विभागलाई त्यस्तो जानकारी गराइएको बताए।उनका अनुसार काठमाण्डू उपत्यकाभित्र मात्र निजी अस्पतालहरूमा एक सयभन्दा बढी भेन्टिलेटर र दुई सयभन्दा बढी आईसीयू रहेका छन्।

    स्वास्थ्य मन्त्रालयले केही अघि नै देशभर दुई सय ३५ वटा आइसीयू थप गर्ने घोषणा भने गरिसकेको छ।नेप्लिज् सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव पनेरुका अनुसार उनीहरूले गरेको एउटा अध्ययनले काठमाण्डू उपत्यका भित्र सबै अस्पतालमा गरेर ४ सय ८० जति आईसीयू सञ्चालनमा रहेको देखिएको छ।

    त्यसमध्ये दुई सय ६० वटा भेन्टिलेटर सुविधायुक्त रहेका छन्। उनले सरकारी अस्पतालहरूमा भने एक सय ५० को हाराहारीमा आईसीयू शैय्याहरू रहेको बताए।आपत्कालिन अवस्थामा अपरेसनपछि बिरामीलाई राखिने शैय्याहरूलाई पनि आईसीयूका रूपमा प्रयोग गर्न सकिने हिसाबले हेर्दा त्यो सङ्ख्या थप डेढदेखि दुई सयले बढाउन सकिने उनले जानकारी दिए। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.