चार पूर्व प्रधानन्यायधिसहरूले शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको संसद विघटनको घोषणा असंवैधानिक भएको उल्लेख गरेका छन् ।
पूर्व प्रधानन्यायधिसहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त बक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भङ्ग गरिएको बताएका हुन् ।
संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनीहरुले भनेका छन्, ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुनसक्दैन ।’विज्ञप्ति यसप्रकार छ: