Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

बेलायतमा आउँदो १२ डिसेम्बरमा आम निर्वाचन हुने

by नेपाल रिडर्स
October 30, 2019
- समाचार
बेलायतमा आउँदो १२ डिसेम्बरमा आम निर्वाचन हुने
Share on FacebookShare on TwitterEmail

बेलायतमा आउँदो १२ डिसेम्बरमा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनको निर्वाचन प्रस्ताव संसदको तल्लो सदन हाउस अफ कमन्सले बहुमतले पारित गरिसकेको छ । योसँगै अब आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने पक्कापक्की भएको छ ।

डिसेम्बर १२ मा आम निर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्तावमा संसदमा मतदान भएको थियो । निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ र विपक्षमा जम्मा २० मत परेको थियो । यसबाट ४१८ को बहुमतबाट प्रधानमन्त्री बनेका जोनसनको चुनाव गराउने प्रस्ताव सफल भयो । यसअघि प्रधानमन्त्री कोर्बिनले तीन पटकसम्म ल्याएको निर्वाचन प्रस्ताव संसदले अस्वीकृत गरिदिएको थियो ।

तल्लो सदनबाट पास भएको निर्वाचनसम्बन्धी विधेयक अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गर्‍यो भने कानुनको रुप लिने छ । बेलायतमा पछिल्लो पाँच वर्षमा हुन लागेको यो तेस्रो आम चुनाव हो । सन् १९२३ पछि बेलायतमा डिसेम्बर महिनामा गर्न लागिएको यो पहिलो चुनाव पनि हो ।

प्रधानमन्त्री जोनसनले मुलुक र ब्रिटेन ईयूबाट बाहिरिने ब्रेक्जिटबारे ‘निर्णय लिने अवसर’ जनतालाई दिइनुपर्ने बताएका छन्।आमनिर्वाचनले ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्‌मा जारी गतिरोधलाई अन्त्य गर्ने प्रधानमन्त्रीको विश्वास छ।संसद्‌मा उत्पन्न गतिरोधले नै ब्रेक्जिट ज्यानुअरी ३१ तारिखसम्मका लागि लम्बिएको हो।

प्रधानमन्त्री जोनसनले ब्रक्जिट प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका निम्ति सिङ्गो देश एकसाथ उभिन आवश्यक भएको बताए।ब्रेक्जिटलाई लिएर पार्टीबाट विद्रोह गरी निस्केका २१ मध्ये १० जना कन्जरभेटिभ सांसदलाई उनले पार्टीभित्र फर्काएका छन्।

अब उनीहरू कन्जरभेटिभ उम्मेदवारका रूपमा चुनावमा उठ्न पाउने छन्।प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भनेका छन्, ‘मुलुकलाई रुपान्तरण गर्न र निहित स्वार्थलाई पन्छाउनका निम्ति यो निर्वाचन एउटा पुस्ताले पाउने एउटा अवसरजस्तै हो।’ उनले ‘अहिलेसम्म मुलुकले नदेखेको परिवर्तन ल्याउनका निम्ति आफ्नो पार्टीले एकदमै महत्त्वाकाङ्क्षी र फरक किसिमको चुनावी अभियान चलाउने’ बताए।

मङ्गलवारको महत्त्वपूर्ण मतदान प्रक्रियामा एक सयभन्दा बढी लेबर सांसदहरूले सहभागिता जनाएनन् अथवा प्रक्रियाबाट आफूहरूलाई अलग राखे। एघार जनाले विपक्षमा मतदान गरे। कोर्बिनसहित १२७ जना लेबर सांसदले निर्वाचन गराउने विधेयकको पक्षमा मतदान गरे।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.