सबैलाई थाहा छ कि नेपालको राजनीतिक स्थिरताका साथ विकाश गर्ने असाधारण सम्भावना गत निर्वाचनपछि खुलेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने आजको प्रस्तावले त्यसमाथि एउटा गम्भीर धक्का लागेको छ । एक हिसाबले भन्दा यो दुर्घटना हो । कम्युनिष्ट पार्टीमाथिको मात्र संकट होइन यो, वामपन्थी तर उदार राजनीतिक प्रवन्धमाथि पनि केही गम्भीर समस्या आएको कुरा साँचो हो । हामीले, हाम्रो कम्युनिष्ट पार्टीले र नेपालको लोकतान्त्रिक जनमतले यसको सामना गर्नेछ । र, यो क्षतिको पूर्ति गर्न हाम्रो इतिहास सम्झेर हाम्रा शक्तिहरू फेरि लाग्नेछन्, हामी लाग्नेछौं ।
(ओली क्याबिनेटबाट राजिनामा दिएलगत्तै निवर्तमान कृषिमन्त्री तथा नेकपा नेता घनश्याम भूसालले मिडियालाई दिनुभएको अभिव्यक्ति)