Thursday, March 4, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

‘सेटिङ’बाहेक अरु तरिकाले संसद पुनर्स्थापनालाई रोक्न सक्दैन- नेता भुसाल

by nepal_readers
January 17, 2021
- समाचार
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल
Share on FacebookShare on TwitterEmail

नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुनर्स्थापना भए पार्टी एकता जोगिने बताएका छन् । संसद विघटनपछि नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनर्स्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुने उनले बताए ।

नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद पुनर्स्थापनाको विकल्प नभएको स्पष्ट पारे । उनले सेटिङबाहेक अर्को कुनै तरिकाले संसद पुनर्स्थापनालाई रोक्न नसक्ने दाब गरे । संसद पुनर्स्थापना नभए मुलक डरलाग्दो भूमरीमा फस्ने र अहिलेसम्म प्राप्त उपलब्धिहरू नाँसिने उनको भनाइ छ ।

न्यायलयलाई प्रभावित पार्न नदिनको लागि दबाब दिनुपरेकोले सडक आन्दोलन गर्नुपरेको बताउँदै नेता भुसालले तीन महिनाभित्र संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । संसद पुनर्स्थापना हुन नदिने षड्यन्त्रविरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमी एकै ठाउँमा गोलबन्द हुनुपर्ने बताउँदै उनले देशका बुद्धिजीवी, संविधानविद्, कानुनविद् सबै संसद विघटनको विपक्षमा रहेकोले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए ।

‘संविधानलाई ट्रयाकमा ल्याउन, संविधानलाई च्यातिन नदिन पनि संसद पुनर्स्थापना हुनुपर्छ’ उनले भने, ‘प्रधानमन्त्री संविधान भत्काउने योजनामा हुनुहुन्छ । त्यसको फायर संसद विघटनबाट खोल्नुभएको छ । सबै कुरा आफ्नो नियन्त्रणमा राख्न नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो ।’

पूर्वमन्त्रीसमेत रहेका भुसालले पार्टी कब्जा गर्ने, विधि/प्रक्रियाअनुसार नचलाउने, घोषणापत्रअनुसार सरकारका नीति तथा कार्यक्रम नल्याउने कुरामा बाहेक पार्टीले प्रधानमन्त्रीलाई कुनै काममा अवरोध नगरेको बताए । त्यस्तै, नेता भुसालले वैशाखमा चुनाव नहुने र पछि भइहाले पनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रवृत्तिले मुलुकमा कहिल्यै स्थिरता नआउने बताए । शान्ति, स्थिरता, विकासको लागि नेपाली जनताले नेकपालाई अभूतपूर्व अभिमत दिए पनि प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्न नसकेको बताए ।

सोही कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्य वामदेव क्षेत्रीले प्रधानमन्त्रीको एकात्मवादी सोंच र व्यवहारका कारण समस्या आएको बताउँदै संसद विघटनले राजवादी सल्बलाउने अवसर पाएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सडकबाटै संसद पुनःस्थापना गरिने उनको भनाइ छ । -शिलापत्र

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

2 years ago
संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.