Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीले जिते भने श्रमजिवीको गाँस खोसिन्छ : भूसाल

घनश्याम भूसाल घनश्याम भूसाल
माघ २६, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आज हामी २१ औँ शताब्दिमा लोकतन्त्रको प्रशंसा गर्छौँ भने हामीले यो बुझ्नुपर्छ कि लोकतन्त्रका लागि सबैले योगदान गरेका छन्। लोकतन्त्रका लागि लड्ने सबै श्रेयका भागीदार छन्। तर लोकतन्त्रका लागि सबैभन्दा बढी अवाज, आरम्भिक आवाज, निरन्तर आवाज र निरन्तर योगदान यदि कसैले गरेको छ कुनै वर्गका रुपमा भने त्यो वर्ग हो, श्रमजिवी वर्ग। श्रमजिवी वर्गले सबैभन्दा बढी योगदान गरेको इतिहासले देखाउँछ । हामीलाई कहिलेकाहीँ लाग्न सक्छ, लोकतन्त्र बनाउने काम कुनै प्रोफेसरहरूले गरे होलान् वा विद्यार्थी तथा राजनीतिक नेताहरूले गरे होलान्। तिनीहरूले पनि गरेका छन्। तर सबैभन्दा बढी योगदान श्रमजिवी वर्गले गरेका छन्।

    यदि लोकतन्त्र कसैको सबैभन्दा बढी ऋणी छ भने, त्यो हो श्रमजिवी वर्गको। यो संसारभरीको लोकतन्त्र श्रमजिवी वर्गप्रति ऋणी छ। यसैले लोकतन्त्र सबैभन्दा बढी श्रमजिवीलाई चाहिन्छ। किनभने श्रमजिवी वर्ग सबैभन्दा बढी समस्याग्रस्त वर्ग हो। उसका समस्या धेरै छन्। उसका कार्यथलो, परिवार, उसको उभिने ठाउँदेखि लिएर सबै ठाउँमा समस्या छ। यसकारण श्रमजिवीको अवस्थाका कारण उसलाई लोकतन्त्र सबैभन्दा बढी चाहिन्छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सभामुख वा सासंदहरू वा प्रचण्ड वा माधव नेपाल वा नेकपावालाहरूविरुद्ध होला जस्तो हामीलाई लाग्छ। तर यदि लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको श्रमजिवी वर्ग हो र सबैभन्दा बढी चाहिने श्रमजिवीलाई हो भने ओली कदमले सबैभन्दा बढी क्षति पुगेको वर्ग पनि श्रमजिवी वर्ग हो। यदि ओली कदमले सबैभन्दा बढी क्षति पुर्‍याएको पुर्‍याउन खोजेको र पुर्‍याउँदै गरेको कोही एउटा वर्ग छ भने, त्यो हो श्रमजिवी वर्ग।

    ‘प्रतिगमनलाई एक घन्टा पनि नराखौं‌’

    प्रतिगमनले सबैभन्दा बढी समस्या भोगिरहेको श्रमजिवी वर्गको स्वतन्त्रता खोस्दै जान्छ। कमसेकम आफ्ना कुरालाई स्वतन्त्रतापूर्वक राख्ने अधिकार पनि खोसिँदै जान्छ। सबैभन्दा बढी समस्याग्रस्त वर्गको स्वतन्त्रता खोसिनु लोकतन्त्र खोसिनु हो। श्रमजिवी वर्गले सत्ताका हवेली र करिडोरमा के भइरहेका छन् भन्ने कुराको सूचना पाउँदैनन्। किनभने श्रमजिवी वर्गका मानिसहरूले दिनभरी काम गर्नुपर्छ, ओभरटाइम काम गर्नुपर्छ, उनीहरू बहुत कम सुत्छन् वा उनीहरूसँग आफ्नै तमाम समस्या छन्। यसले गर्दा आफ्नो जीवनको अवस्थाले गर्दा पनि उनीहरू धेरै चासो राख्न पाउँदैनन्। जसले सूचना पाउनुपर्ने हो, उनीहरूले नै पाउँदैनन्। त्यसैले तपाईं हामी यसरी भेला हुने साथीहरूले एउटा योजना बनाउनुपर्‍यो, छलफल गर्नुपर्‍यो र बढी भन्दा बढी देशभरीका श्रमिकहरूलाई यो खबर पुर्‍याउनु पर्‍यो कि ओलीले चालेको कदम सबै नेपालीको विरुद्धमा हो र सबैभन्दा बढी श्रमजिवीको विरुद्धमा हो। यो कुरा जतिसक्दो छिटोे बताउनुपर्‍यो।

    प्रतिगमन, प्रतिक्रियावाद, दमन र अत्याचार जति लामो रह्यो, त्यसले समाजलाई त्यति नै बढी क्षति पुग्छ। लोकतन्त्रविरुद्धका गतिविधिहरू जतिबेलासम्म परास्त गरिंदैन, त्यो बेलासम्म क्षति नै पुर्‍याउँछ। यसर्थ आज सबै श्रमजिवी र श्रमिकहरूको काम र दायित्व के हो भने, यदि सकिन्छ भने एक घन्टा पनि नराखीकन यो प्रतिगमनलाई परास्त गरियोस्। एक घन्टा पनि ढिलो हुन्छ। किनभने एक घन्टा ढिलो राखियो भने यसले एक घन्टा बढी क्षति पुर्‍याउँछ। यत्तिको प्रतिनिधित्व भएको क्षेत्रमा तपाईहरू छलफल गर्नुहोस्। तपाईंहरू विभिन्न क्षेत्रका श्रमजिवीहरूका पनि प्रतिनिधिहरू हुनुहुन्छ। तपाईहरूले यो कुरा लगेर बताउनुभयो भने र यो टिमले संकल्प गर्‍यो भने ओलीको प्रतिगमनलाई यसैले हिँडाईदिन्छ।

    समाजको सबैभन्दा बढी समस्याग्रस्त वर्गले प्रतिक्रियावादविरुद्ध थप्पड हान्यो भने समाजमा हुने सुधार र यो संघर्षले ल्याउने उपलब्धि ठूलो हुन्छ। माथिका केही मान्छेले मात्रै संघर्ष गरेर ल्याएको उपलब्धि थोरै हुन्छ। अलि तलका युवा, महिला र नौजवानहरूले उल्टाउँदा यसको उपलब्धि ठूलो हुन्छ। जब श्रमजिवी वर्ग नै उठेर आफ्ना अधिकारहरू स्थापित गर्छ, त्यसले धेरै अधिकारहरू स्थापित गर्छ। इतिहासले यो बताउँछ। यसले गर्दा यो काम तपाइहरूको आफ्नो र आफ्ना लागि हो।

    दलाल पूँजिवादको परिणाम

    कम्युनिष्ट पार्टी जो श्रमजिवी वर्गकै कसम खाएर आयो, र कम्युनिष्ट नेता जो श्रमजिवी वर्गकै बुई चढेर र श्रमजिवी वर्गकै झुपडीमा बसेर आए, आज उ आफैं किन श्रमजिवीको विरुद्ध गयो भन्ने प्रश्न तपाईंहरूले बुझ्नुपर्छ। यदि तपाईंहरूले यो कुरा बुझ्नुभएन भने आज खड्गप्रसाद ओली आए, भोलि पुष्पकमल ओली आउँछन् र पर्सी घनश्याम ओली आउँछन्। यसरी ओली प्रवृत्ति आइरहन्छन्। यसले गर्दा किन यस्तो हुन्छ भन्ने प्रश्नको उत्तर हामी सबैले पाउनुपर्छ।

    श्रमजिवी वर्गले स्कुल र कलेजमा यस्ता शिक्षाहरू पाउँदैनन्। उनीहरूले यस्तै सभा र मैदानहरूमा पाउँछन्। मैदानमा भिडेका र लडेका लडाईहरूका कुरा ल्याएर सभामा छलफल गर्छन् र फेरि मैदानमा भिड्छन्, आफ्नो काममा भिड्छन् र निरन्तर भिड्छन्। अनि अझ सचेत, बलियो र संगठित बन्दै जान्छन्।

    यो संसारमा दोस्रो विश्वयुद्धपछि पनि धेरै प्रजातन्त्रहरू आए। धेरै मुलुकहरूमा प्रजातान्त्रिक, लोकतान्त्रिक र जनवादी व्यवस्थाहरू स्थापित भए। अफ्रिका, अमेरिका, ल्याटिन अमेरिका र एशियाका धेरै मुलुकहरूमा जनवादी सत्ताहरू आए। ती क्रान्तिकारी थिए, तिनका नेतृत्वहरू, तिनका नारा र मागहरू क्रान्तिकारी थिए। तर जब तिनीहरू सत्तामा आए, त्यहाँको दलाल पूँजिवादले त्यो क्रान्तिकारी नेतृत्वलाई विस्तारै विस्तारै आफ्नो पक्षमा ल्याउँदै गयो। किनभने दलाल पूँजिवाद सुरक्षित हुनका लागि क्रान्तिकारी नेतृत्वलाई भ्रष्ट बनाउनुपर्छ।

    जुनसुकै ठाउँमा पनि क्रान्तिकारी नेतृत्वलाई क्रान्तिकारी नै रहन दिएर दलाल पूँजिवाद बाँच्न सक्दैन। यसले गर्दा दलाल पूँजिवादले एउटा यस्तो परिस्थिति निर्माण गर्दै जान्छ, नेतृत्वलाई लोभ्याउँदै जान्छ र रङ्ग रमाइलोमा भिडाउँदै जान्छ। यसमा हेलमेल गराउँदै लैजान्छ र उसलाई विस्तारै पतित बनाउँदै जान्छ। उसले एकैपटक त्यस्तो गर्न सक्दैन। दलाल पूँजीवाद बाठो छ साथीहरू, लाटो छैन।
    दलाल पूँजिवादले नेतृत्वका चारजना मान्छेमात्रै तानेर मात्रै सुरक्षित हुन सकिन्छ भन्ने कुरा सोच्दैन। उसलाई यो कुरा थाह छ कि क्रान्तिकारी जमात रहेसम्म र तल श्रमजिवी वर्गको क्रान्तिकारी पंक्ति रहेसम्म नेतृत्वलाई किनिहाल्न सकिदैन। यदि त्यस्तो भयो भने उनीहरूले नेतृत्वको विरुद्धमा विद्रोह गर्छन् र अर्को नेतृत्व ल्याईहाल्छन्। त्यसले गर्दा उसले एकातिर पार्टी र राज्यको नेतृत्वलाई क्रमशः आफूतिर ल्याउँदै गर्छ, रंग रमाइलोमा भुलाउँदै जान्छ भने श्रमजिवी वर्गको नेतृत्वमा पनि उसले विस्तारै फूल पार्दै जान्छ।

    माखाले औंसा पारेजस्तै दलाल पूँजीले त्यहाँ पनि औंसा पार्छ र श्रमजिवी वर्गलाई श्रमबाट विमुख बनाउँछ, आन्दोलन र क्रान्तिबाट विमुख बनाउँछ। क्रान्ति, सिद्धान्त र विचारबाट विमुख बनाउँछ। तल मैदानमा लडाकुहरूलाई उसले यस्तै विचार सिद्धान्त आदिमा औंसा पारेर त्यसलाई सडाएर बर्बाद पार्छ भने नेतृत्वलाई पनि त्यस्तै पार्छ।

    यो हाम्रोसहित सबै ठाउँमा भयो। ल्याटिन अमेरिका, अफ्रिका र एशियाका कयौँ मुलुकमा भयो। आज हाम्रै आँखा अगाडि भइरहेको छ। यो कसरी भयो भनेर हेर्नुहुन्छ भने हाम्रै क्रान्तिकारी पार्टीहरूबाट आएका कमरेड, कमरेडकै रुपमा प्रधानमन्त्री भएका मान्छे आज जहाँ पतित भएका छन्, यसैभित्र हेर्नुपर्छ।

    जबज : चुनावदेखि चुनावसम्म !

    मदन भण्डारी, पार्टीको पाँचौँ महाधिवेशन र चौथो महाधिवेशनले गरेको जनताको बहुदलीय जनवाद जबजको अर्थ अर्कै थियो। त्यसको अर्थ के थियो भने अब हामीले भूमिगत रुपमा साना टुकडी बनाएर लडाकु दलले मात्रै लडेर हुँदैन। अब खुल्ला रुपले मैदानमा गएर र दुनियाँलाई लल्कारेर श्रमजिवी वर्गको हकको कुरा गर्नुपर्छ। अब चुनावमा पनि जानुपर्छ, सत्तामा जानुपर्छ, त्यतिखेरको संसदमा जानुपर्छ, यदि संभव छ भने मन्त्रालयमा पनि पुग्नुपर्छ र श्रमजिवी वर्गकै कुरा गर्नुपर्छ भनेर जबजको व्याख्या गरियो।

    अहिले खड्गप्रसाद ओलीलाई हेर्दा के देखिन्छ भने अगाडि बढ्दै गरेको आन्दोलनलाई उहाँले क्रमशः भुत्ते पार्नका लागि त्यसलाई पहिला विचारमा फूल पार्नुपर्थ्यो। क्रान्तिको परिभाषालाई फितलो बनाउँदै जानुपर्थ्यो। विस्तारै विस्तारै दलाल पूँजिवादको लसपसमा ओलीले के गराउनुभयो भने, जबज के हो भन्दा चुनाव लड्ने हो, चुनाव लडेर के गर्ने हो? जित्ने हो। जितिएन भने के गर्ने हो? फेरि चुनाव लड्ने। जितियो भने के गर्ने? अर्कोपटक जित्ने। चुनावका लागि चुनावसम्म जाने जबजका लागि श्रमजिवी वर्ग, क्रान्तिकारी युवा विद्यार्थी, क्रान्तिकारी महिला संगठन र क्रान्तिकारी बुद्धिजिवी संगठन चाहिँदैन। त्यसमा त चाकरहरू र गुटबाजहरूको संगठन भए पुग्छ।

    संगठनमा पस्ने दलाल पूँजिवाद भनेको हप्ता उठाएर र अरुसँग आश्रित भएर खानेहरू हुन्। यसरी जब संगठनका मान्छेहरू हप्ता उठाएर खान्छन् र नकमाएका सम्पत्तिमा बाँच्न थाल्छन्, त्यहाँ क्रान्तिकारी नेतृत्व पतित् हुँदै जान्छ। उद्योग नखोल्नेहरू उद्योगी, पूँजिपति र अर्थतन्त्रको नेता हुन्छन्। यदि उसले उद्योग खोल्थ्यो भने गाउँका श्रमिक र बेरोजगारहरूले रोजगारी पाउँथे । यो समाज प्रगतितर्फ अगाडि बढ्थ्यो। त्यस्तो पनि छैन।

    आम रुपमा पूँजिवादको चरित्र हेर्ने हो भने कारखाना खोल्ने पूँजि होइन। यो त गाडी र साडी ल्याउने पूँजिवाद ह । गाडी ल्याउँछ, साडी ल्याउँछ, बेच्छ र पैसा लिएर जान्छ। त्यो पैसा हाम्रा छोराछोरी अरब गएर ५२ डिग्रीको धूपमा काम गरेर पठाएका हुन्छन्। सके कमाएर ल्याउँछन् नसके मरेर आउँछन्। त्यसरी आएको पैसामा साडी र गाडी बेचेर सत्ता चलाउने यो पूँजिपतिको नेतृत्व अर्थतन्त्रमा छ । अनि राजनीतिमा पनि के भयो भन्दा, नकमाउनेहरूले राजनीति गर्ने अनि राम्रै जिन्दगी बाँच्ने, जबज त्यस्ताहरूको नीति सिद्धान्त बन्दै गयो।
    स्वयं तत्कालिन एमालेको जनताको बहुदलीय जनवाद, जसलाई क्रान्तिकारी सिद्धान्तका रुपमा व्याख्या गरिन्छ त्यही क्रान्तिकारी सिद्धान्तलाई क्रमशः व्याख्या गर्दै लगेर जनताको बहुदलीय जनवाद भनेको चुनावदेखि चुनावसम्मको कुरा बनाइदिएपछि तलका क्रान्तिकारी, श्रमिक, युवा नौजवान, विद्यार्थी र महिला आन्दोलन कमजोर हुँदै जाने भयो। तर पनि फेरि मुलुकको आन्दोलनले जबरजस्ती रुपमा एउटा ठूलै कुरा लिएर आयो, अहिलेको संविधान। यो संविधानलाई कम्युनिष्ट पार्टीले समर्थन गर्नुको अर्थ यसमा कसरी जाति, जनजातिका कुरा उठाइएको छ, समावेशिता र विभिन्न समुदालयहरूलाई कसरी ठाउँ दिइएको छ भन्ने आधारमा हो। त्यसमाथि पनि यसले मान्छेका रुपमा खासगरी मौलिक अधिकारका रुपमा जुन जुन अधिकारहरू राखिएका छन्, त्यसकारण अझै बढी श्रमजिवी वर्गले यसलाई समर्थन गर्नुपर्ने हो।

    संविधानले गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरेका कारण यो सबैभन्दा बढी श्रमजिवी वर्गको हो। यसले हरेक नागरिकलाई आज २१ औँ शाताब्दिका मान्छेका रुपमा बाँच्ने कुराको ग्यारेन्टी गर्छ। त्यसकारण हामीले यो संविधानको समर्थन गरेका हौँ। त्यसैले ओलीको यो कदम ती जाति, जनजाति, महिला, मजदुर, दलित लगायतका सबैको विरुद्ध हो । त्यसैले यो असंवैधानिक कदमले सबैभन्दा बढी घाटा श्रमजिवी वर्गलाई भएको छ। ओलीको कदम सबैका विरुद्ध हो, सबैभन्दा बढी श्रमजिवी वर्गका विरुद्ध हो।

    च्यांङकाई शेकको टाउको र प्रतिगमन

    ओलीको कदम किन, कसरी भयो र यसबाट कसलाई, के असर हुन्छ भन्ने कुरा सबैले बुझेपछि मात्रै हाम्रो शक्ति एकठाउँमा खडा हुन्छ। मान्छेले जब बुझ्छन्, तिनले आत्मसात गर्छन्। श्रमजिवी वर्गले अत्मसात गर्छन्। सिद्धान्त नबुझेको मान्छे बाटोमा आउनु र सिद्धान्त बुझेको मान्छे आउनु एकदमै फरक कुरा हो। एउटा चिनियाँ उपन्यासको सानो किस्सा यहाँ सुनाउँछु: जनमुक्ति सेना आफ्नो शिविरमा एउटा खेल खेल्छन्। त्यो खेलमा, एउटा ठूलो घन उठाएर दर्शन ढुंगोमा हान्नुपर्ने हुन्छ कसले कतिपटक हान्न सक्यो भन्ने कुराको प्रतिश्पर्धा चल्छ। जनमुक्ति सैनिकहरू पालोपालै आउँछन् र घन उठाएर हान्छन्। बलिया र वजन बढी भएका सैनिकहरूले पनि हान्छन्।

    सबैभन्दा बढी ४५,५० र ५५ पटक हानिन्छ। त्यही बीचमा एउटा लुखुरे केटो आउँछ र उसले पनि हान्न थाल्छ। उसले हान्दै जान्छ, १ सय ८० पटक सम्म हान्छ। त्यहाँ भएका सबै सैनिकहरू छक्क पर्छन् र सोध्छन्, ‘तैँले कसरी हानिस् ?’ उसले भन्छ्, ‘हेर तिमीहरूले यो ढुंगा उठाएर हान्दा साथीहरूबिचको प्रतिश्पर्धा मात्रै सोच्यौँ, र ५०/५५ पटक मात्रै हान्न सक्यौँ। मैले त चीनलाई गरीब बनाउने, चीनलाई विदेशीहरूको खेल मैदान बनाउने र सारा मजदुर किसानहरूलाई लुट्ने च्यांङकाई शेकको टाउको सम्झिएँ, त्यसपछि मलाई तागत आयो र म हानेको हानै भएँ। त्यसैले १ सय ८० पटकसम्म हानेँ।’

    तपाईले आज सोच्ने कुरा के हो भने यहाँ हिजो सांसदहरू संसद जान्थे र आज जान छोडे भन्ने कुरा मात्रै छैन। यो प्रतिगमन सफल हुने र ओलीले जित्ने हो भने यो संविधान हिँड्छ। जब साँच्चै संविधान हिँड्छ, यो संविधानमा लेखिएका तर हामीले अझै पाउँन नसकेका हाम्रा हक अधिकार, हाम्रा गाँस वास र कपासका कुरा हिँड्छन्। ओलीले जित्ने हो भने तपाई हाम्रो गाँस खोसिन्छ, बास खोसिन्छ र भएकै काम पनि खोसिन्छ। बच्चाबच्चीको शिक्षा र कपडा खोसिन्छ भन्ने कुरा यदि हामीले सम्झिने हो र सडकमा निक्लिने हो भने त्यही जनमुक्ति सेनाको साथीले जस्तै प्रतिगमनलाई हान्न सक्छौँ। तपाई हामीले अहिलेको यो सानोतिनो होइन, साच्चिकै ठूलो आन्दोलनको ‘ब्लो’ को धक्का छिट्टै सिर्जना गर्न सक्छौँ।

    केवल यो कुरा अब आवश्यक छ कि हामीले यो कुरा दुनियाँलाई बताउनु छ। आज अदालतमा ओली जी हार्दै हुनुहुन्छ, यो कुरा दुनियाँलाई प्रष्ट भइसकेको छ। अब उनीहरू अरु कदम चलाउन सक्छन् भन्ने कुरा पनि गरिंदैछ। तर एकचोटी कान्लाबाट निकालेपछि बाँदरलाई फेरि रुख चढ्ने अवसर दिदैनौँ। हामी हाम्रो आन्दोलनले नै ठिकठाक पार्छौँ । अदालतबाट हराउँछौँ । अदालतबाट हार्छन् । हार्दैनन् भनेपनि क्रान्तिले हराउँछ। जनताले हराउँछन् भन्ने कुरा हामी जति जोडले बताउन सक्छौँ, जुन विश्वासका साथ बताउन सक्छौँ, जति धेरै भएर बताउन सक्छौँ, त्यति बढी र त्यति छिटो हामी ओलीजीलाई हराउन सक्छौँ र हाम्रो संविधान, शान्ति र स्थिरतालाई बचाउँन सक्छौँ। यसर्थ आफ्नै अधिकार, लोकतन्त्र र श्रमजिवी वर्गको सबैभन्दा ठूलो उपलब्धि बचाउन सबै साथीहरूलाई बताउन म यो कुरा अपिल गर्दछु।

    (आइतबार प्रज्ञा भवनमा नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भूसालले दिएको भाषण।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.