लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here