रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले मंगलबार सार्वजनिक गरेको कोरोना औषधिलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ ।
‘कोरोनिल’ नामको उक्त औषधिलाई रामदेवले तामझामपूर्वक सार्वजनिक गरेका थिए । मंगलबार साँझ नै भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधिको प्रचारप्रसारमा पनि रोक लगाएको छ ।
मन्त्रालयले कम्पनिलाई यस किसिमको औषधिको विज्ञापन तत्काल रोक्न समेत आग्रह गरेको छ । मन्त्रालयले यो विषयमा राम्रोसँग अनुसन्धान भइनसकेोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ ।पतञ्जलीले कोरोना उपचारका लागि भनेर सार्वजनिक गरेको औषधिको वैज्ञानिक अध्ययन नभइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।
रामदेवले कोरोनाको बिरामीलाइ आफूले उत्पादन गरेको औषधीको परीक्षण प्रयोग गरेर ठीक पारेका दावी गरेका थिए । मन्त्रालयले उक्त औषधीको कम्पोजिसन, परीक्षण गरिएको अस्पतालको विवरण, प्राटोकल, स्याम्पल साइज, परिक्षणको इथिकल कमिटीको क्लियरेन्स आदि विवरण समेत मागेको छ ।