Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

कोरोना संक्रमित बाग्लुङकी अंशु भन्छिन- के अपराध गरेको छु र नाम र फोटो लुकाउनु पर्ने ?

by पत्रपत्रिकाबाट
April 4, 2020
- समाचार
कोरोना संक्रमित बाग्लुङकी अंशु भन्छिन- के अपराध गरेको छु र नाम र फोटो लुकाउनु पर्ने ?
Share on FacebookShare on TwitterEmail

केही दिनअघि बाग्लुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो। त्यसलगत्तै समाचारका हेडलाइन बन्न थाले ‘बाग्लुङ पुरै आतंकित’, ‘कोरोना संक्रमित युवती अस्पताल जान मानिनन्” आदि आदि।

उनी बजार डुलेको, मन्दिर गएको, फिल्म हेर्न गएको अनेकथरी हल्ला चले। हल्ला कहाँ यत्तिमै सीमित रहे र? उनको आत्मसम्मानमै चोट पुग्ने गरेर अनेक लाञ्छना पनि लगाइयो। लाग्थ्यो, उनले कुनै गम्भीर अपराध गरेकी थिइन् र दुनियाँ उनीमाथि खनिएको छ। त्यसपछि भने उनी संशकित बनिन्। त्यसको केही दिनपछि उनको स्वाब परीक्षणको लागि स्वास्थ्यकर्मीको टोली उनको घर पुग्यो

तर, उनको पनि त के दोष थियो र रु उनी आफैंले जन्माएको रोग पनि त थिएन यो। उनी त अनेकौं सपना बुनेर बेल्जियम गएकी थिइन्। श्री कुँडुले माविमा ११ कक्षामा अध्ययनरत अंशु परिवारका अन्य सदस्य उतै भएकाले डिपेन्डेन्ट भिसामा डिसेम्बरमा बेल्जियम गएकी थिइन्। तीन महीनापछि पढाई पूरा गर्ने सोंचले उनलाई नेपाल फर्काएको थियो। ४ चैतमा उनी कतार एयरवेजको ‘क्यूआर ६५२’को जहाजबाट नेपाल फर्किएकी थिइन्। त्यही दिन नै आन्तरिक उडानमार्फत् पोखरा आएकी उनको साथमा बेल्जियमबाट एक जना (काकीकोे आमा) हजुरआमा पनि आएकी थिइन्।

पोखरामा हजुरआमाको ज्वाइँ लिन आएका थिए। त्यसपछि तीनै जना सँगै जीपमा बाग्लुङ पुगेका थिए। विदेशबाट फर्केको खुशी सीमित साथीलाई बाँडिन् पनि। बीचमा उनलाई सामान्य ज्वरो आयो। रुघाखोकी पनि लागेकाले उनले बाग्लुङकै एक मेडिकलबाट औषधि किनेर खाइन्। निको पनि भयो। एउटै जहाजमा आएकी एक युवतीलाई कोरोना भाइरस पोजिटिभ देखिएको भन्ने समाचार उनले थाहा पाइन्। त्यसपछि भने उनी संशकित बनिन्। त्यसको केही दिनपछि उनको स्वाब परीक्षणको लागि स्वास्थ्यकर्मीको टोली उनको घर पुग्यो।

तीन–चार दिनपछि त्यो परीक्षण पोजिटिभ देखिएको भन्दै खबर आएपछि अंशु झस्किइन्। अहिले अंशु धौलागिरि अस्पतालको आइसोलेसन बेडमा छिन् । ६ दिन भयो उनको दैनिकी कोठाभित्र सीमित भएको। हातमा मोबाइल लिएर त्यसैको सहायताले विश्व चियाएकी छन् उनले। मनमा अनेक कुरा खेल्छन् तर, आत्मबल भने गुमाएकी छैनन्। अस्पतालको बेडबाटै उनले यस्तो भनिन्–जिन्दगीको यात्रामा सबै सोंचे जस्तो हुन्न रहेछ। मेरो जीवनमा पनि एक्कासी नसोचेको कुरा भयो। मेरो सामान्य जीवनयापनमा एक्कासी कोरोना संक्रमणले झट्का दियो।

डर पनि लाग्छ अरुको कारणले मलाई संक्रमण देखियो फेरि कतै मेरो कारणले अरुमा पनि देखिन्छ कि भनेर फेरि पनि परिस्थितिसँग जुध्नु त थियो नै। मैले आफूलाई सम्हालेँ र, थप उपचारको लागि तयार भएँ। मोबाइलमा हेर्दा देखेँ, सामाजिक सञ्जालदेखि विभिन्न समाचारमा मेरोबारे निकै नराम्रो टिकाटिप्पणी गरिएको रहेछ। बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले मैले शुरूदेखि नै उपचार गर्न नमानेको र बजारलाई नै आतंकित बनाएको भन्दै अन्तर्वार्ता समेत दिनुभएछ। अस्पतालको आइसोेलेसन बेडबाटै उहाँलाई मेरो प्रश्न छ– एक नगरपिताको पहिलो कर्तव्य स्वास्थ्य अवस्था बुझेर सान्त्वना दिने र आवश्यक उपचारको तयारी गर्नु हो कि हुँदै नभएको कुरा मिडियामा भन्दै हिँडेर आत्मसम्मानमा चोट पुर्‍याउनु हो ?

सम्पूर्ण साथीहरू, इष्टमित्र आफन्त सबैलाई म भन्न चाहन्छु, परीक्षण हुँदासम्म मलाई कोरोना संक्रमणको केही संकेत देखा परेको थिएन। अहिले आइसोलेसनमा बस्दा पनि त्यस्तो अनुभव भएको छैन। एकदम सामान्य छु म। तर, यो रोग आफ्नो गल्ती नहुँदा पनि शिकार हुने र सबैबाट टाढा बनाउने खालको रहेछ। एउटा कोठाभित्र बसेर मैले बेग्लै अनुभव संगालेकी छु। मोबाइलबाट विश्व नियालिरहेकी छु। डर पनि लाग्छ अरुको कारणले मलाई संक्रमण देखियो फेरि कतै मेरो कारणले अरुमा पनि देखिन्छ कि भनेर ।सरकारले बाहिरबाट आएकालाई तत्कालै क्वारेन्टाइनमा राख्ने प्रबन्ध गरेको भए थप समस्या आउँदैन थियो होला।

मलाई मेरो नाम र फोटो गोप्य राख्नुपर्छ भन्ने लाग्दैन। मैले के अपराध गरेको छु र लुकाउनु पर्ने?

कसले पो सामान्य अवस्थामा रोगको शिकार भएको कल्पना गर्छ र रु म पनि नजानिँदो तरिकाबाट संक्रमणको शिकार बनेँ। मैले मास्क, स्यानिटाइजरको प्रयोग गरिरहन्थेँ । सक्दो सतर्कता अपनाएकी पनि थिएँ। बाहिर भनिए जस्तो लापरवाही गर्दै हिँडेकीे पनि थिइनँ ।मलाई पोजिटिभ देखिए पनि अहिले मेरो परिवारका अन्य चार सदस्यमा कोरोना भाइरसको संक्रमण नेगेटिभ आएको छ। अब अरुको पनि नेगेटिभ आओस्। कोरोनाको संक्रमण देखिने बित्तिकै सामाजिक बहिष्कार जस्तो गरेर मनोबल गिराउने काम नगर्र्नुस्।

मनो बल उच्च बनाउन जहाँबाट जे सक्नु हुन्छ त्यो गर्नुस्। मलाई मेरो नाम र फोटो गोप्य राख्नुपर्छ भन्ने लाग्दैन। मैले के अपराध गरेको छु र लुकाउनु पर्ने रु मेरो बारे चिन्ता राख्ने सबै शुभचिन्तकप्रति आइलोसन बेडबाटै कृतज्ञता व्यक्त गर्छु। अब अर्को रिजल्ट कुरेकी छु। आशा छ, त्यो रिजल्ट नेगेटिभ आउने छ र म सामान्य जीवनमा फर्किएर फेरि आफ्नो संसारमा रमाउने छु। यो विषम परिस्थितिमा यहाँहरू सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन अनुरोध गर्छु।हिमालय दैनिक टिभी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

4 months ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.