Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना संक्रमित बाग्लुङकी अंशु भन्छिन- के अपराध गरेको छु र नाम र फोटो लुकाउनु पर्ने ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र २२, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    केही दिनअघि बाग्लुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो। त्यसलगत्तै समाचारका हेडलाइन बन्न थाले ‘बाग्लुङ पुरै आतंकित’, ‘कोरोना संक्रमित युवती अस्पताल जान मानिनन्” आदि आदि।

    उनी बजार डुलेको, मन्दिर गएको, फिल्म हेर्न गएको अनेकथरी हल्ला चले। हल्ला कहाँ यत्तिमै सीमित रहे र? उनको आत्मसम्मानमै चोट पुग्ने गरेर अनेक लाञ्छना पनि लगाइयो। लाग्थ्यो, उनले कुनै गम्भीर अपराध गरेकी थिइन् र दुनियाँ उनीमाथि खनिएको छ। त्यसपछि भने उनी संशकित बनिन्। त्यसको केही दिनपछि उनको स्वाब परीक्षणको लागि स्वास्थ्यकर्मीको टोली उनको घर पुग्यो

    तर, उनको पनि त के दोष थियो र रु उनी आफैंले जन्माएको रोग पनि त थिएन यो। उनी त अनेकौं सपना बुनेर बेल्जियम गएकी थिइन्। श्री कुँडुले माविमा ११ कक्षामा अध्ययनरत अंशु परिवारका अन्य सदस्य उतै भएकाले डिपेन्डेन्ट भिसामा डिसेम्बरमा बेल्जियम गएकी थिइन्। तीन महीनापछि पढाई पूरा गर्ने सोंचले उनलाई नेपाल फर्काएको थियो। ४ चैतमा उनी कतार एयरवेजको ‘क्यूआर ६५२’को जहाजबाट नेपाल फर्किएकी थिइन्। त्यही दिन नै आन्तरिक उडानमार्फत् पोखरा आएकी उनको साथमा बेल्जियमबाट एक जना (काकीकोे आमा) हजुरआमा पनि आएकी थिइन्।

    पोखरामा हजुरआमाको ज्वाइँ लिन आएका थिए। त्यसपछि तीनै जना सँगै जीपमा बाग्लुङ पुगेका थिए। विदेशबाट फर्केको खुशी सीमित साथीलाई बाँडिन् पनि। बीचमा उनलाई सामान्य ज्वरो आयो। रुघाखोकी पनि लागेकाले उनले बाग्लुङकै एक मेडिकलबाट औषधि किनेर खाइन्। निको पनि भयो। एउटै जहाजमा आएकी एक युवतीलाई कोरोना भाइरस पोजिटिभ देखिएको भन्ने समाचार उनले थाहा पाइन्। त्यसपछि भने उनी संशकित बनिन्। त्यसको केही दिनपछि उनको स्वाब परीक्षणको लागि स्वास्थ्यकर्मीको टोली उनको घर पुग्यो।

    तीन–चार दिनपछि त्यो परीक्षण पोजिटिभ देखिएको भन्दै खबर आएपछि अंशु झस्किइन्। अहिले अंशु धौलागिरि अस्पतालको आइसोलेसन बेडमा छिन् । ६ दिन भयो उनको दैनिकी कोठाभित्र सीमित भएको। हातमा मोबाइल लिएर त्यसैको सहायताले विश्व चियाएकी छन् उनले। मनमा अनेक कुरा खेल्छन् तर, आत्मबल भने गुमाएकी छैनन्। अस्पतालको बेडबाटै उनले यस्तो भनिन्–जिन्दगीको यात्रामा सबै सोंचे जस्तो हुन्न रहेछ। मेरो जीवनमा पनि एक्कासी नसोचेको कुरा भयो। मेरो सामान्य जीवनयापनमा एक्कासी कोरोना संक्रमणले झट्का दियो।

    डर पनि लाग्छ अरुको कारणले मलाई संक्रमण देखियो फेरि कतै मेरो कारणले अरुमा पनि देखिन्छ कि भनेर फेरि पनि परिस्थितिसँग जुध्नु त थियो नै। मैले आफूलाई सम्हालेँ र, थप उपचारको लागि तयार भएँ। मोबाइलमा हेर्दा देखेँ, सामाजिक सञ्जालदेखि विभिन्न समाचारमा मेरोबारे निकै नराम्रो टिकाटिप्पणी गरिएको रहेछ। बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले मैले शुरूदेखि नै उपचार गर्न नमानेको र बजारलाई नै आतंकित बनाएको भन्दै अन्तर्वार्ता समेत दिनुभएछ। अस्पतालको आइसोेलेसन बेडबाटै उहाँलाई मेरो प्रश्न छ– एक नगरपिताको पहिलो कर्तव्य स्वास्थ्य अवस्था बुझेर सान्त्वना दिने र आवश्यक उपचारको तयारी गर्नु हो कि हुँदै नभएको कुरा मिडियामा भन्दै हिँडेर आत्मसम्मानमा चोट पुर्‍याउनु हो ?

    सम्पूर्ण साथीहरू, इष्टमित्र आफन्त सबैलाई म भन्न चाहन्छु, परीक्षण हुँदासम्म मलाई कोरोना संक्रमणको केही संकेत देखा परेको थिएन। अहिले आइसोलेसनमा बस्दा पनि त्यस्तो अनुभव भएको छैन। एकदम सामान्य छु म। तर, यो रोग आफ्नो गल्ती नहुँदा पनि शिकार हुने र सबैबाट टाढा बनाउने खालको रहेछ। एउटा कोठाभित्र बसेर मैले बेग्लै अनुभव संगालेकी छु। मोबाइलबाट विश्व नियालिरहेकी छु। डर पनि लाग्छ अरुको कारणले मलाई संक्रमण देखियो फेरि कतै मेरो कारणले अरुमा पनि देखिन्छ कि भनेर ।सरकारले बाहिरबाट आएकालाई तत्कालै क्वारेन्टाइनमा राख्ने प्रबन्ध गरेको भए थप समस्या आउँदैन थियो होला।

    मलाई मेरो नाम र फोटो गोप्य राख्नुपर्छ भन्ने लाग्दैन। मैले के अपराध गरेको छु र लुकाउनु पर्ने?

    कसले पो सामान्य अवस्थामा रोगको शिकार भएको कल्पना गर्छ र रु म पनि नजानिँदो तरिकाबाट संक्रमणको शिकार बनेँ। मैले मास्क, स्यानिटाइजरको प्रयोग गरिरहन्थेँ । सक्दो सतर्कता अपनाएकी पनि थिएँ। बाहिर भनिए जस्तो लापरवाही गर्दै हिँडेकीे पनि थिइनँ ।मलाई पोजिटिभ देखिए पनि अहिले मेरो परिवारका अन्य चार सदस्यमा कोरोना भाइरसको संक्रमण नेगेटिभ आएको छ। अब अरुको पनि नेगेटिभ आओस्। कोरोनाको संक्रमण देखिने बित्तिकै सामाजिक बहिष्कार जस्तो गरेर मनोबल गिराउने काम नगर्र्नुस्।

    मनो बल उच्च बनाउन जहाँबाट जे सक्नु हुन्छ त्यो गर्नुस्। मलाई मेरो नाम र फोटो गोप्य राख्नुपर्छ भन्ने लाग्दैन। मैले के अपराध गरेको छु र लुकाउनु पर्ने रु मेरो बारे चिन्ता राख्ने सबै शुभचिन्तकप्रति आइलोसन बेडबाटै कृतज्ञता व्यक्त गर्छु। अब अर्को रिजल्ट कुरेकी छु। आशा छ, त्यो रिजल्ट नेगेटिभ आउने छ र म सामान्य जीवनमा फर्किएर फेरि आफ्नो संसारमा रमाउने छु। यो विषम परिस्थितिमा यहाँहरू सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन अनुरोध गर्छु।हिमालय दैनिक टिभी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.