Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

मनसुनी गतिविधि बिहीबारसम्म बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

by नेपाल रिडर्स
September 18, 2019
- समाचार
मनसुनी गतिविधि बिहीबारसम्म बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
Share on FacebookShare on TwitterEmail

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले गएरातिदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आज साँझ एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश नं १, २, ३, ५ र गण्डकी प्रदेशका केही भूभागका भारी वर्षाको भएको छ । आज साँझदेखि बिहीबार बिहानसम्म मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरै जसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरुमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरुमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन अनुरोध गरेको छ ।

आज राति देशको मध्य र पश्चिम पूर्वी भूभागका धैरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरिएको छ ।भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका करण देशभर बुधबार रातिसम्म मनसुनी गतिविधि बढिरहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आज र बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यमा २५.५ मिलिमिर वर्षा भएको छ । त्यस्तै पोखरामा ७९.५ मिलिमिटर, धरानमा ८३.४ मिलिमिटर, जनपुरमा ९.८ मिलिमिटर, सिमरामा १०.७ मिलिमिटर, दिपालयमा २४.२ मिलिमिटर, दाङमा ०.२ मिलिमिटर, धनगढीमा १९.६ मिलिमिटर र जोमसोममा ११.० मिलिमिटर वर्षाको छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.