उखु किसानको पैँसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने गृह मन्त्रालयको निर्णय

0
138

नेपाल सरकारले उखु किसानको पैँसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने भएको छ। आज गृह मन्त्रालयमा बसेको बैठकले पैँसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भूसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी बैठकमा उपस्थित भएका थिए । बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एआइजी पनि सहभागी जनाएका थिए ।

पैँसा नपाएपछि अहिले उखु किसानहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया