सर्वोच्च अदालतको इजलासमा आज पनि संसद विघटनबारे बहस चलिरहेको छ । संसद विघटन गर्ने सरकारको निर्णय प्रतिरक्षा गर्न इजलासमा उभिएका सरकारी वकिललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानमा विघटनको अधिकार नभएको तर प्रधानमन्त्रीले संसद विघटन गरेको कुनै उदाहरण पेश गर्न आग्रह गरे । तर बहसमा उत्रिएका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आफूसँग त्यस्तो उदाहरण नभएको बताए । त्यसपछि इजलासमा हाँसो फैलियो ।
रेग्मीले बहसका क्रममा भने, ‘संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको अधिकार हुन्छ । त्यसैले संविधानले वर्जित गरेका कुराबाहेक कार्यकारीले सबैथोक गर्न पाउँछन् ।’ रेग्मीले संसद विघटन प्रधानमन्त्रीको राजनीतिक अधिकार हुने भन्दै त्यसको लाभ वा हानी निर्णय गर्ने स्वयंले भोग्न बताए ।
त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रेग्मीलाई संविधानमा नलेखिएको अधिकार प्रयोग गरेरै संसद विघटन गरेको विश्वमा कुनै उदाहरण भएको भए उदाहरण पेश गर्न आग्रह गरे । प्रधानन्यायाधिसले भने, ‘हामीले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार संविधानमा नभएको, तर संसद विघतन भएको यो २०० चानचुन मुलुकमा कुनै छ कि ?’
सहन्यायाधिवक्ता रेग्मीले भने ‘त्यस्तो त मैले भेटेको छैन ।’