संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला मुद्धासँगै सम्बन्धित चार न्यायधीसहरूले नै प्रधानमन्त्रीसँग भेटेको भन्दै शुक्रवारको इजलासमा प्रश्न उठको छ। सांसद शशी श्रेष्ठले न्यायाधीशहरू दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले प्रधानमन्त्रीलाई भेटेको सुन्नमा आएको बताउँदै उनले प्रधानन्यायाधीसतर्फ फर्केर सोधिन, ‘यो के हो?’
श्रेष्ठ बोल्दाबोल्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘त्यस्तो कुरा नगर्नुस्, भयो भयो अब नकराउनुहोस्’ भन्दै रोकेका थिए । जबराले रोकेपनि श्रेष्ठले भनिन्, ‘यो आचारसंहिताविपरित हो। जनताले न्यायाधीसमाथि प्रश्न नउठाओस्।’