Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनको कम्युनिष्ट पार्टीले नेता कसरी छान्छ ?

शौएन ली शौएन ली
अशोज १५, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त राज्य अमेरिकामा, राजनीतिमा लाग्दै नलागेका तर धन छ र मतदाताहरूलाई आकृष्ट गर्ने कला छ, भने त्यो व्यक्ति तुरुन्तै राजनीतिमा छाउन सक्छ। जबकि चीनको नेतृत्व छनौट गर्ने संयन्त्र र निर्धारण विधिहरू पूर्णरूपमा फरक छन्, जुन विश्वको सबैभन्दा कडा छ।
    चीनमा, नेता बन्नका लागि तल्लो तहबाट नै राजनीति शुरु गर्नुपर्दछ। उस्ले नौ तहका सरकारी पदहरूको जिम्मेवारी सम्हालेको हुनुपर्छ। केन्द्रीय तहको हुनका लागि उसले क्रमशः सेक्शन प्रमुख, डिभिजन उप–प्रमुख, डिभिजन प्रमुख, जनरल अफिसको उप–निर्देशक, सो अफिसका निर्देशक, उप-मन्त्री, मन्त्री, राज्यका उपनेता, राज्य नेता हुनु पर्छ। यति अनुभव हासिल गरेर नेतृत्वको उम्मेद्वार बन्न सक्छन्।

    चरण १: चीनको कम्युनिष्ट पार्टीको सदस्य बन्नुपर्छ
    चीनमा ८५ मिलियन चिनिया कम्युनिष्ट पार्टीका सदस्यहरू छन्।यदि कोही नेतृत्वको आकंक्षा राख्छ भने सबैभन्दा पहिले उसले पार्टीको सदस्य हुनु पर्छ। चीनमा नयाँ पार्टीका बहुसंख्यक सदस्य विश्वविद्यालयहरूमा प्रशिक्षित गरिएका छन्। र पार्टीको सदस्य बन्ने न्यूनतम मापदण्डहरू: उत्कृष्ट शैक्षिक स्कोर, उत्कृष्ट गृहकार्य, र निश्चित स्तरको व्यवस्थापन अनुभवलाई प्राथमिकता दिइन्छ। तथापी यदि कोही अन्य पेशामा छ तर उसमा उल्लेखनीय कार्यदक्षता छ र कार्यप्रति लगाव छ भने उसलाई पार्टी सदस्य बन्ने अवसर प्राप्छ हुन्छ।

    चरण २: निजामति सेवामा प्रवेश गर्नु पर्छ
    पार्टीको सदस्य बनेपछि उ चीनको सार्वजनिक अधिकारीहरू बन्नुपर्ने हुन्छ। करीव २० लाख आवेदकहरूमध्ये लगभग १०,००० पदको लागि वार्षिक प्रतिस्पर्धा हुने गर्दछ। यसमा प्रति २०० मा एकले मात्र सफलता पाउन सक्छन्। प्रवेश नै गरिसकेपछि पनि सजिलो छैन किनकि देशभरमा उ भन्दा अगाडि ७ करोड लाइनमा रहेका हुन्छन्।

    चरण ३: तल्लो तहबाट सुरू गरेर नौ तहका पदहरु सम्हाल्दै पदोन्नति हुनु पर्छ
    निजामति भई तल्लो तल्लो स्तरबाट शुरू गरेर सामुदायिक कार्य गरेपछि काउन्टीबाट शहरसम्म, त्यसपछि प्रान्तीय तहमा, र त्यसपछि केन्द्रीय स्तरमा पुग्नु पर्नेहुन्छ। यस स्तरमा पुग्न यूरोप र संयुक्त राज्य अमेरिकाले दावी गरे जतिकै हुन्छ। त्यसपछि उ अन्ततः चिनीया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पोलिटिकल ब्यूरोको स्थायी समितिमा प्रवेश गर्न सक्छ। त्यसपछिमात्र उसले चीनको एक केन्द्रीय नेता बन्ने मौका पाउनेछ।

    हालका नेता सि जीनपिङ्ग पनि यस्तै नौ वटा पदको श्रृङ्खला चढेर आइपुगेका हुन्। उनले फुजियान र झेजियांग प्रान्तका र साङ्गाइको एक महानगरपालिका सरकारी जिम्मेवारी लगायतका १६ वटा महत्वपूर्ण पदहरु सम्हाली सकेका छन्। यी पदहरुमा उनको ४० वर्षभन्दा बढि बित्यो। यसरी सिजिपिङ्ग उत्पादन ब्रिगेडको पार्टी सेक्रेटरीबाट, फुजियान र झेजियांग प्रान्त र शंघाईका नम्बर १ नेता र त्यसपछि चीनको उप-राष्ट्रपति, सीपीसी महासचिव, चीनका राष्ट्रपति, र अन्तत: चीनको शीर्ष नेता बनेका हुन्।

    त्यसोभए अब यहाँ प्रश्न आउँछ: पदोन्नतिका मापदण्ड के के हुन्?
    उच्च पदमा पुग्ने उम्मेद्वारको मूल्यांकन गर्न, “मत र भोटहरू” र ‘संगठनको सुपरिवेक्षण र सिफारिस’ सहितको विधिहरू अपनाइन्छन्। मूल्यांकन गर्ने कुरामा नैतिकता आधारभूत महत्त्वको विषय बन्छ। त्यसैले व्यक्तिको नैतिक चरित्र र कार्य क्षमताको मूल्यांकन नियमित गरिइन्छ।

    आर्थिक वृद्धि दरलाई मात्र क्षमताको मूल्या्कन गर्ने मापदण्ड मानिदैन, यसमा आजीविकाको सुधार, बासिन्दाहरूको आय सूचि, व्यावहारिक कार्यप्रतिको समर्पणलाई ध्यानमा राखिन्छ। लाभदायक पदहरू चाहने वा भोट माग्न वकालत गर्ने अधिकारीहरूलाई पदोन्नती हुनेको सम्भावित उम्मेदवारहरूको सूचीबाट हटाइनेछ।

    चिनियाँ नेता बन्नका लागि आवश्यक मापदण्ड के हो?
    पुनः एक पटक सी जिनपिङकै उदाहरण लिनुहोस्। स्थानीय पार्टी सचिवको रूपमा फुजियान निङ्गडेमा काम गर्ने क्रममा उनले नौवटा काउन्टीहरूको जिम्मा लिएका थिए। झेजियाङ्गमा सरुवा गरिसकेपछि उनले आफ्नो कामको ५० प्रतिशत समय स्थानीय जनताको जीवन अवस्थाको अध्ययन गर्नमा बिताए। उनी प्राय: बिहान छ देखि सात सम्म उठ्थे र मध्यरात सम्म काम गर्थे। उनले दुई बर्ष भित्रै प्रान्तको ९० वटा शहर र नगरहरू यात्रा गरे। शंघाईमा हुँदा उनले सबै १९ जिल्ला र काउन्टीको भ्रमण गरे।

    उनका द्रुत कदमहरु र जोडदार प्रयासहरूबाट फलदायी उपलब्धिहरू प्राप्त भएको स्वीकार गरियो। उदाहरणका रूपमा हेर्दा, डेढ वर्षको उनको कार्यकालमा गरीबी निवारण दर –९६ % रेकर्डमा पुगेको थियो। उनी झेजियांगमा रहेको अवधिमा, त्यस प्रान्तको जीडीपी (कुल गार्हस्थ्य उत्पादन) २००२ मा 767 अर्ब युआनबाट बढेर २००२ मा एक ट्रिलियन र सन् २००७ मा ८६३.८४ विलियन अरब युआन पुगेको छ।

    चीनको द्रुत विकासलाई तथ्यले प्रमाणित गरेको छ। ६६ मिलियन चिनियाँहरुले गरीबीबाट मुक्ति पाएका छन्। सी जिनपिङ्ग कै नेतृत्वमा विगत ५ बर्षमा विश्वको १ नम्वर भई आर्थिक बृद्धिमा ३०% भन्दा बढि योगदान पुर्‍याउने काम भएको छ, जुन कारण उनको शासनलाई श्रेय दिन सकिन्छ।

    चीनमा विभिन्न तहका परीक्षण र अभ्यास पार गरेर मात्र १ अर्ब ४० करोड जनसंख्या भएको देशको केन्द्रीय नेता बन्न सक्छ।यसरी नेता छानिएका कारण नै वर्षौसम्म चीनको नीतिका सबै पक्षले आधारभूत स्थायित्व कायम गर्न सक्दछ, आर्थिक वृद्धि निरन्तर बृद्धि भइरहेको छ। चिनियाँहरूको भन्नुस् या विश्वका एकतिहाइ जनताको जीवन केही दशक यता उच्चस्तरमा पुगेको छ। नेतृत्व चयन गर्ने कडा संयन्त्रले चिनिया कम्युनिष्ट पार्टीको उत्कृष्टता सुनिश्चित गर्दछ। यहींभित्र नै देशको दिगो र बढ्दो अर्थव्यवस्थाको कारणको रहस्य खोज्न सकिन्छ।

    https://www.quora.com/बाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शौएन ली

      शौएन ली

      चीनियाँ पत्रकार ली बेजिंङमा बस्छिन्।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.