Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालमा कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग? दैनिक उत्पादन कति हुन्छ?

सहयोगीबाट सहयोगीबाट
बैशाख १४, २०७८
- कोभिड–१९, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएसँगै आम नागरिकले अक्सिजन पनि पाइने हो कि हैन भन्ने चिन्ता व्यक्त गरिरहेका छन्। दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको हो।

    भारतमा जस्तै नेपालमा समेत अक्सिजनको अभाव हुने पो हो कि? भन्ने आम मानिसको चासो र चिन्ता छ। कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राख्ने गरिन्छ। तर, अक्सिजनको उपलब्धको विषयबारे ठोस जानकारी नआउँदा आम नागरिकमा चिन्ता बढेको देखिन्छ।

    आवश्यक परेका बेला उपयोग गर्न सकिने गरी अक्सिजन उपलब्ध गराउने गरी सरकारले पछिल्लो समय अक्सिजन उत्पादक (व्यवसायी)हरुसँग छलफल गरेको छ। कोरोना संक्रमितको जीवनरक्षाका लागि अक्सिजनक आवश्यक पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गरिदिन पनि आग्रह गरेको छ।

    अक्सिजनको प्रयोग गरिने उद्योग तत्कालका लागि बन्द गरिदिन भनेर स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै पठाएर लिखित रुपमा समेत आग्रह गरेको छ।

    कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग ?
    नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगहरु छन्। तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग छन्।

    यसका साथै केही ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट समेत छन्। ती प्लान्टबाट उत्पादित अक्सिजन ती अस्पतालहरुमा पर्याप्त मात्रामा पुग्ने गर्छ। तर केही अस्पतालमा भने प्लान्ट बिग्रिएका कारण उद्योगका अक्सिजन र सिलिन्डरमा भर पर्नु पर्ने अवस्था छ।

    काठमाडौं उपत्यकामा रहेका ८ वटा उद्योगमध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले बताए। एउटा सिसा उद्योगले आफ्नो लागि मात्र अक्सिजन उत्पादन गर्ने गरेको छ। अन्य उद्योगहरुले भने बजारकै लागि उत्पादन गर्ने गरेको उनले बताए।

    उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरुलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ।नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशसत औद्योगिक प्रयोगमा खपत हुने गर्छ। महामारीका बेला अक्सिजन प्रयोग गरिने उद्योग बन्द हुने भएकाले मेडिकल प्रयोजनका लागि अक्सिजनको अभाव नहुने अध्यक्ष शारडा बताउँछन्।

    महामारी बढ्दै गएपछि पछिल्लो समय अक्सिजनको माग भने पहिलेको तुलनामा बढेको अध्यक्ष शारडा बताउँछन्। मागअनुसार आपूर्ति पनि भइरहेको उनले बताए।अहिलेको अवस्थामा अक्सिजनको भन्दा पनि अक्सिजन भर्न प्रयोग हुने सिलिण्डरको अभाव हुनसक्ने शारडा बताउँछन्। मानिसहरुले अक्सिजन किनेर घरमा भण्डारण गर्न थाल्दा सिलिण्डरको अभाव हुने उनको भनाइ छ।

    ‘हिजोआज अक्सिजनसँगै सिलिण्डर खोज्ने मानिसको संख्या पनि बढेको छ। एउटा भएपनि मलाई सिलिण्डर चाहियो भन्न थालेका छन्,’ अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले भने, ‘मानिसहरुले सिलिण्डर लगेर घरमा भण्डारण गर्न लागेका छन्।’अध्यक्ष शारडा खाना पकाउने (एलपी) ग्यास जस्तै अक्सिजन पनि घरमा स्टक गरेर राख्न जरुरी नभएको बताउँछन्। अक्सिजन उद्योगले पनि यसरी दिने कार्य गर्न नहुने उनको भनाइ छ।

    ‘नेपालगञ्जमा संक्रमित बढेपछि अक्सिजनको माग बढेको छ। व्यक्तिका घरमा र अस्पतालमा समेत अक्सिजनका थप सिलिण्डर जान थालेका छन्,’ उनले भने, ‘गत वर्षको कोभिडमा पनि हामीले पर्याप्त मात्रामा उपलब्ध गराएका थियौं। अहिले उक्त अवस्थामै पुगेको छैन, तर मानिसहरु धेरै आत्तिएको देखिन्छ।’

    आवश्यक परेको अवस्थामा काठमाडौं उपत्यकामा सहज रुपमै उपलब्ध गराउन सक्ने गरी उद्योगहरुले अक्सिजनको आपूर्ति गरिरहेको शारडाले बताए। अध्यक्ष शारडाका अनुसार कोरोना संक्रमितको सपोर्टका लागि प्रयोग हुने अक्सिजनका सिलिण्डर धोएर तथा पूर्ण रुपमा सेनिटाइज गरेर पुन: प्रयोगमा ल्याइन्छ।

    बिरामी भएका घरलाई मात्र अक्सिजन
    अध्यक्ष शारडा आफूहरुले अहिले अक्सिजनको सपोर्ट आवश्य पर्ने बिरामी भएका घरमा मात्रै अक्सिजन भरेर सिलिण्डर पठाइरहेको बताए। अहिले धेरैजसो मानिसले अक्सिजनको सानो सिलिण्डर लैजान खोजेपनि आफूहरुले घरमा अक्सिजनको सपोर्ट आवश्य पर्ने बिरामी भए–नभएको यकीन गरेर मात्रै पठाउने गरेको उनी बताउँछन्।

    ‘धेरै जनाले अहिले सानो सिलिण्डर लैजान खोजिरहेका छन्। तर, हामीले माग भएको घरमा अक्सिजन आवश्यक पर्ने बिरामी भए–नभएको यकीन गरेर, रेकर्डमा राखेर मात्रै पठाइरहेका छौं,’ उनले भने, ‘यसरी दिदाँ फोन नम्बर र नाम लेखिन्छ। अक्सिजनको सिलिण्डर लगेका व्यक्तिले ७ देखि १० दिनभित्र अनिवार्य रुपमा खाली सिलिण्डर फिर्ता गर्नुपर्ने शर्त समेत राखिएको हुन्छ।’

    सिलिन्डर लगेका मानिसहरुलाई फोन गरेर सम्झाउने गरेको र तोकिएको अवधि भन्दा धेरै राखेमा प्रत्येक दिनको अतिरिक्त २ रुपैयाँ शुल्क लिने गरिएको उनले बताए। ‘जसलाई अक्सिजनको आवश्यकता परेको त्यस्ता व्यक्तिले पाओस्, नचाहिनेले घरमा स्टक नगरोस् भनेर जरिवाना समेत लगाएका छौं,’ शारडाले भने।

    आवश्यक परेको खण्डमा व्यवसायीहरु जुनसुकै समयमा पनि अक्सिजन उपलब्ध गराउन सक्ने अवस्थामा रहेको उनले बताए। ‘अस्पतालले माग गरेमा अहिले पनि रातिको १२ बजे समेत हामीले अक्सिजन उपलब्ध गराउँदै आएका छौं,’ शारडाले भने, ‘काठमाडौंमा अक्सिजन नपाइने पो हो कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन।’

    कान्तिपुर अक्सिजन उद्योगका म्यानेजर कुमार चुडाल पनि अक्सिजन अभाव नहुने बताउँछन्। मानिसमा अक्सिजन अभाव हुन्छ कि भन्ने चिन्ता बढेपछि अवस्था त्यस्तो नरहेको उनले बताए। गएको वर्ष उच्च दरमा संक्रमितहरु बढ्दा समेत अक्सिजन अभाव नभएको उल्लेख गर्दै चुडालले संक्रमितको संख्या समेतलाई ख्याल गर्दा अक्सिजन अभाव हुन्छ कि भनेर अहिले धेरै आत्तिनुपर्ने अवस्था नभएको उनको भनाइ छ।

    ‘गत वर्ष कोभिड संक्रमण पिकमा पुग्दा पनि अक्सिजनको अभाव भएको थिएन, उत्पादन र आपूर्ति नियमित भएको थियो,’ चुडालले भने, ‘अहिले त्यो अवस्था पनि छैन। अहिले सवै उद्योगहरु चालू अवस्थामै छन्, क्षमता अनुसार नै उत्पादन गरिरहेका छन्।’

    अहिले सिभिल र वीर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट समेत स्थापना भएकाले अभाव नहुने उनको भनाइ छ। यद्यपि केही व्यक्तिले भने आपत्‌कालीन अवस्था आउँछ कि भनेर अक्सिजनका सिलिन्डर स्टक गरेर राख्ने प्रवृति भने बढेको उनले बताए।

    नेपालमा लिक्विडबाट अक्सिजन सप्लाइ नहुने भएकाले सिलिन्डरको भने अभाव हुनसक्ने चुडाल पनि स्वीकार्छन्। ‘भएका सिलिन्डरहरु बजारमै हुने र केही घरमा थन्किने भए भने सिलिन्डर अभाव हुनसक्छ,’ चुडालले भने, ‘यसका लागि सिलिन्डर स्टक नराख्ने र खाली सिलिन्डर उद्योगलाई तत्काल उपलव्ध गराउने व्यवस्था हुनुपर्छ।’

    आफूले दैनिक २२ घन्टा उद्योग चलाएर अक्सिजन उत्पादन गरेको आपत्‌कालीन अवस्थामा २४ घन्टा उद्योग सञ्चालन गरेर पूर्ति गर्न सकिने चुडाल बताउँछन्।केही उद्योगहरुले अहिले आफ्नो प्लान्ट १८ घन्टा चलाएर उत्पादन गरिरहेको उनले बताए। १८ घण्टाको समयलाई बढाएर उत्पादन बढाउन सकिने उनी बताउँछन्।

    यद्यपि पछिल्लो समय विद्युत् आपूर्तिमा भइरहेको समस्याले केही अप्ठेरो परहेको उनले सुनाए। ‘बीचमा झ्याप झ्याप बत्ती जाने गरेकाले केही समस्या उत्पन्न भएको छ। विद्युत् आपूर्तिमा भएको समस्या भने समाधान गर्नुपर्ने देखिन्छ,’ चुडालले भने। – स्वास्थ्य खबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      झलक सुवेदी
      अशोज २६, २०८०

      गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमाथि यस अघि कल्पना नगरिएको स्तरको एकीकृत हमला गरेपछि अहिले पश्चिम एशिया क्षेत्रमा तनाव...

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      नेपाल रिडर्स
      अशोज २०, २०८०

      विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै...

      सल्किन नपाओस् धरानको झिल्को!

      सल्किन नपाओस् धरानको झिल्को!

      रोहेज खतिवडा
      भदौ ९, २०८०

      मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      नेपाल रिडर्स
      साउन २८, २०८०

      पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकाको दबावमा सत्ताबाट हटाइएको अमेरिकाकै अनलाइन पत्रिका द इन्टरसेप्टले खुलासा गरेको छ। दक्षिण तथा मध्य एसिया...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.