Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आगो लाग्नुका कारण र न्यूनीकरणका ८ उपाय

nepal_readers nepal_readers
चैत्र २६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल, भारतलगायत दक्षिण एशियामा वनको सांस्कृतिक तथा आर्थिक महत्व छ। यसकै छत्रछायाँमा यहाँको सभ्यता र संस्कृतिको विकास भएको छ। भौतिक विकाशले ठूलो छलाङ मार्र्दै गर्दा उपभोक्तावादी संस्कृतिले सिर्जना गरेको प्रदुषणका कारण पनि वनको महत्व झनै बढ्न गएको छ। सही शब्दमा भन्नुपर्दा पृथ्वीमा जीवन जिउनका लागि वन रहनु एकदमै जरुरी छ किनकी जनावर र पशुपंक्षीहरूको घर हो वन।

    तर आज जंगलको अवस्था देख्दा जो कोहीको पनि मन विचलित हुन्छ। आज मानिस यति स्वार्थी र लोभी भयो कि उ लगातार रुख काट्छ तर त्यसको क्षतिपूर्ति हुने गरी त्यसको बदलामा रूख रोप्दैन। जसका कारण दिनप्रतिदिन जंगल उजाडिदै गएको छ। त्युसमाथि विकाशका नाममा सडक, रेलमार्ग, विमानस्थल, रंगशाला र नहर बनाउने नाममा पनि जंगल विनास गरिँदैछ । जंगलको क्षेत्र कम हुँदै जानुको मुख्य कारण पनि यो हो।

    यो कुरा जगजाहेर छ कि गएको वर्षको सुरुमा लामो समयसम्म अस्ट्रेलियाको जंगलमा विशाल आगलागी भयो। आगोलाई नियन्त्रणमा लिनका लागि अवलम्बन गरिएका प्रयासहरू असफल भए। यसबाट करोडौँ पशुपक्षी जलेर मरे। नेपालका वनमा पनि वर्षेनी सुख्खायामको समयमा डढेलो लाग्ने गरेको छ। डढेलोबाट वन विनाशमात्रै होइन, त्यहा बसोबास गर्ने कतिपय पशुपंक्षी ढडेर मरेका छन् भने कतिपय बास छाडेर अन्यत्र जान बाध्य भएका छन्। त्यसबाट त्यहाँका बन पैदावार नष्ट भएका छन् र त्यहाँको जैविक विविधितममा असर पार्ने गरेको छ । नेपालमा यसवर्ष डढेलोका कारण देशभरी प्रदुषण समेत बढेको छ।

    आगो किन लाग्छ ?

    जंगलमा आगो लाग्नुका मुख्य तीन कारण छन् : इन्धन, अक्सिजन र गर्मी। यदि गर्मीको मौसम छ भने चुरोटको ठुटाबाट पनि एकैछिनमा जंगलमा आगलागी हुनसक्छ। यसका अलावा कहिलकाहीँ प्राकृतिक रुपबाटै पनि आगो लाग्ने गर्छ। बिजुलीका तार सर्ट हुँदा आगो लाग्न सक्छ । जंगलमा हुने अधिकांश आगलागी भने मानिसकै लापरवाहीका कारणले हुने गर्छ। जस्तैः मान्छेले गर्ने आगजनी, बनभोज तथा क्याम्पफायरमार्फत आगो सल्कनु, चुरोट खाएर ठुटा फाल्नु, बलिरहेको फोहोर वन तथा खोल्छातिर फ्याँक्नु तथा चुरोट सल्काएर सलाई तथा प्रज्वलनशील सामग्री जंगलमा फाल्नु ।

    आगलागी नियन्त्रणका ८ रणनीति र उपायहरू :

    १. गर्मी याममा वनभोज या क्याम्पफायर जाँदा सबैले अत्यन्तै सचेत हुने । चुरोटका ठुटा या सलाईका काँटीलाई पुरै निभाएर मात्रै फोहर फाल्ने ठाउामा फाल्ने ।

    २. जंगलका बीचबीचमा सानासाना ड्याङ बनाउने । त्यसो गर्दा अन्यत्रबाट आएको आगो सर्वत्र पुग्न पाउँदैन ।

    ३. जंगलमा सुकेका काठपातहरू बेलाबेला निकाल्ने। स्थानीयहरूलाई सहज रूपमा सुकेका काठपातको उपयोग गर्न दिने रणनीति स्थानीय सरकारहरूले अपनाउने ।

    ४. आगलागी फैलाउन सक्ने घाँस र खरहरूलाई गर्मी याम सुरु हुनुअघि नै पोल्ने, हटाउने ।

    ५. आगो लागेको सूचना वा संकेत दिने व्यक्तिलाई स्थानीय वातावरणीय संस्था वा स्थानीय निकायहरूले पुरस्कार र सम्मानको व्यवस्था गर्ने। आगो लगाउने व्यक्तिलाई पहिचान गरेर कारवाही गर्ने, गराउने।

    ६.जंगल हाम्रो अक्सिजन उत्पादक हो। यसर्थ, त्यति महत्वपूर्ण सम्पत्तिलाई आगोबाट जोगाउन केन्द्र, प्रदेश र स्थानीय सरकारहरूले पर्याप्त कर्मचारी, दमकल र अन्य उपकरणहरूको बेलैमा तयारी गर्ने। दमकलले आगो नियन्त्रण गर्न नसकिने अवस्था रहे अन्य सहज स्थानीय उपाय अवलम्वन गर्ने, गराउने । कमसेकम हिउँदे याममा अस्थायी रूपमै भएपनि प्रत्येक स्थानीय निकायले कर्मचारीहरूको व्यवस्था गरे तिनले आगलागी नियन्त्रणमा काम गर्नेछन् ।

    ७.रुख काट्ने, आगो लगाउने र बन मास्नेविरुद्ध कडा नियम र कानून तर्जुमा गर्ने।

    ८. बन र वातावरण संरक्षणको विषयलाई प्राथमिकतामा राख्न सरकारलाई दवाव दिने । सरकारले शिक्षा र स्वास्थ्यजत्तिकै महत्व वन र वातावरणलाई दिने ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.