Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Sunday, June 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

काँकडभिट्टा र चारआलीमा मानव मलमुत्र प्रशोधन गरी प्राङ्गारिक मल बनाइँदै

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ ९, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेचीनगरका दुई अलग–अलग स्थानमा मानव मलमुीय फोहोर प्रशोधन केन्द्र स्थापना भएको छ । संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा काँकडभिट्टा र चारआलीमा केन्द्र स्थापना भएको हो । केन्द्रको बुधवार खानेपानी मन्त्री बिना मगरले उद्घाटन गरेकी छन् ।

    सहरी क्षेत्रमा मानव मलमुत्र व्यवस्थापनका लागि सुरक्षित स्थान नभइरहेका बेला यसको दीगो व्यवस्थापनको उपायस्वरुप प्रशोधन केन्द्रको अवधारणा ल्याइएको हो । यसबाट आगामी दुई वर्षपछि प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । चारआलीमा निर्माण गरिएको प्रशोधन केन्द्र दुई विघा ५ कठ्ठा जमिनमा फैलिएको साना सहरी, खानेपानी तथा सरसफाई उपभोक्ता समिति चारआलीका अध्यक्ष लालबहादुर थेबेले बताए ।

    ढल तथा सेफ्टी ट्यांकी सरसफाइ व्यवसायीले सहरबाट सङ्कलन भएको मानव मलमूत्र खोलानाला र बन क्षेत्रमा फाल्दै आएका छन् । बिर्तामोड नगरपालिकाले ५७ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको २९ र मेचीनगरले १४ प्रतिशत लगानी गरेर प्रशोधन केन्द्र निर्माण गरेका हुन् ।

    केन्द्रबाट अग्र्यानिक मल बनाएर किसानलाई बिक्री गर्ने लक्ष्य राखिएको छ । सञ्चालनको दुई वर्षपछि समितिले त्यही बमोजिमको मूल्य तोकेर बिक्री गर्ने लक्ष्य राखेको छ । मलको व्यवसायिक उत्पादन सुरु भएपछि झापाको कृषि उत्पादनमा उल्लेख्य योगदान पुग्ने दाबी थेबेको छ । खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको दुई ठाउँमा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्र निर्माण गरेको हो ।

    झापाको मेचीनगर नगरपालिकाका १३ वटा वडालाई लक्षित गरी काँकडभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ । १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रतिदिन १२ घनमिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाएर कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्र निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले बताए । ६ करोड ७४ लाख रुपैयाँको लागतमा काँकडभिट्टाको प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

    काँकडभिट्टामा अवस्थित प्रशोधन केन्द्रको सञ्चालन काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गर्नेछ । मेचीनगर नगरपालिकाका १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि १३ वडा र बुद्ध शान्ति गाउँपालिकाका १ देखि ७ वडाका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याका लागि लक्षित हुने गरी झापाको चारआलीमा मानव मलमुत्रीय फोहोर प्रशोधन गर्ने गरी प्रशोधन केन्द्रको निर्माण गरिएको छ ।

    २४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्ने गरी प्रशोधन केन्द्र बनाइएको हो । यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत सङ्घीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको लगानी छ । बिल एन्ड मेलिना गेट्स फाउन्डेसनको करिब १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुवै प्रशोधन केन्द्र नेपालमै पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढाइएको हो । speakcorner.com बाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.