नेकपाका नेता लिलामणी पोखरेलले अहिलेको संसदले एमसीसी पारित गरे त्यसले पार्टीमा ठूलो द्वन्द निम्त्याउने भाँडभैलो सिर्जना गर्ने बताएका छन्। उनले एमसीसी पारित गर्ने कि नगर्ने भन्ने कुरा संसदको विषय भएपनि यथास्थितिमा पारित गर्न नमिल्ने धारणा राखेका छन्।
पोखरेलले एमसीसी इण्डाप्यासिफिक अन्तर्गत अमेरिकी शैन्य रणनीति भएकाले अहिलेको अवस्थामा नेपालले पारित गराउन नमिल्नेसमेत दावी गरे। उनले नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत नराखिएको र नीति तथा कार्यक्रमा नआएको विषय संसदबाट पारित हुनै नसक्ने जनाए।
नेता पोखरेलले अहिले कोरोना संक्रमण नियन्त्रण र रोजगारीका विषयहरु ल्याउनुपर्ने समयमा एमसीसीको विषय उठाउन आवस्यक नभएको भन्दै सरकारले नीति तथा कार्यक्रममा ठूलो ओयोजना नराख्ने भन्ने पनि ४ सय केभिको प्रसारण लाइन ल्याउने कुरा कसरी आएको हो, त्यो विचारणनीय भएको बताए।
उनले हिजोको बैठकमा एमसीसीमा भएका विषयहरुको टेक्निकल कुरामा छलफल भएको भएको भन्दै यसको औचित्य र आवस्यकताका विषयमा नेपालका लागि आवस्यक हो कि हैन भन्ने छलफल भएको जानकारी दिदै एमसीसी अहिले नेपालको हितमा नभएको धारणा राखेका छन्।
यो इण्डोप्यासिफिक मातहत भएको र यसले नेपाललाई इण्डोप्यासिफिक क्षेत्रभित्र राख्न खोजेकोले यो नेपालको हित नभएको पोखरेलको भनाइछ। उनले अमेरिकाले पटक पटक यो शैन्य गठबन्धनसँग सम्बन्धित भएको बताइरहेकाले नेपाल सरकार त्यो संगठनमा कुनै पनि किसिमले सहभागि हुन नसक्ने दावी गरे। उनिहरुको डकुमेन्टहरु हेर्दा पनि यो एमसीसीको परिचालन अमेरिकाको रक्षामन्त्रालयले चलाउने भनिसकेको अवस्थामा नेकपा पारित गराउने पक्षमा जान नहुने उनले बताए।
केन्द्रीय कमिटीको बैठकमा एमसीसीबारे अध्यायन गर्न तिन सदस्य समिति गठन भएको र त्यो समितिले अहिलेकै अवस्थामा एमसीसी पारित गराउन नसकिने सुझाव दिएकाले नेपालको संविधान विपरित गएर संसदले पारित गर्न नसक्ने पोखरेलको भनाइछ। अन्तर्राष्ट्रिय कानुन अनुसार सर्तहरु राखिनुले पनि यसलाई प्रस्ट पारेको उनले भने,‘ यसलाई मुलुकको हित भन्दा बाहिर गएर पारित गर्न सकिदैन्। अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले पार्टीमा द्वन्द सुरु हुन्छ’। रिपोर्टर्स नेपाल